Rasuwa-Bhotekoshi flood


हालैमा घटेको भोटेकोशी बाढीको प्रकोपले हृदय नझस्काएको मानिस सायदै कोही होला। यो लेख्दासम्मको तथ्याङ्कअनुसार १३०० भन्दा बढीको लास भेट्टिएको छ र अझै लगभग ५००० जना बेपत्ता छन्। त्यो भिषण प्रलयरूपी बाढीका तस्बिरहरू अझै पनि हाम्रो आँखाकै सामु छन्।


त्यो दिन बिहान सबै कुराहरू ठीकठाक नै देखिन्थ्यो। मौसम राम्रै देखिन्थ्यो, पानी परेको थिएन। मानिसहरू साधारणतयाझैं त्यस दिन आ-आफ्नो कामकुरामा लागिरहेका थिए। कसैले पनि त्यो दिन उनीहरूको अन्तिम दिन हुनेछ भनी कल्पनाधरि गरेका थिएनन्। तर एक्कासि, अपेक्षा नै नगरेको अवस्थामा त्यो प्रलयरूपी बाढी आयो र सबै स्वात्तै लिएर गयो।

नेपालले विशाल मात्रामा जनधनको क्षति भोगेको छ। सम्पूर्ण संसारले मृत्यु भएकाहरूको लागि शोक गरिरहेको छ। मृत शरीरहरू कुन अवस्थामा भेट्टिएका छन् भनी सुन्दा पनि जिउ सिरिङ्ग हुन्छ। यतिको सङ्ख्यामा मानिसहरूको एकै दिनमा यति छोटो समयमा ज्यादै डरलाग्दो तरिकाले निधन हुनु ज्यादै शोकपूर्ण र दु:खमय कुरा हो। तर हामी हरेकले आफूलाई यो प्रश्न सोध्नैपर्छ। ती मानिसहरूले यो संसार छोडेर गए, तर तिनीहरू कहाँ गए ?

यो प्रश्‍नको जवाफ परमेश्‍वरले मात्र दिनसक्नुहुन्छ किनकि मृत्युपछिको गन्तव्य निर्धारण गर्नुहुने उहाँ नै हुनुहुन्छ। परमेश्‍वरले बाइबलमा भन्नुहुन्छ कि हामी सबै पापको कारणले मर्दछौं, “पापको ज्याला मृत्यु हो”। तर शरीरको मरण नै अन्त्य होइन। हाम्रो मृत्युपछि परमेश्‍वरले न्याय नियुक्त गर्नुभएको छ। पवित्र, पापरहित र न्यायधीश परमेश्‍वरले हाम्रो न्याय गर्नुहुन्छ भने हामीलाई दोषी पापीहरूको रूपमा भेट्टाउनुहुन्छ र हामी अनन्त दण्डका निम्ति योग्य भेट्टाइन्छौं। परमेश्‍वर भन्नुहुन्छ, “तर डराउनेहरू, विश्‍वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको तालभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।”

Lake of Fire

हामी सबै जना कुनै न कुनै समय कुनै न कुनै माध्यमद्वारा मर्नेछौं, त्यो प्रकोपद्वारा हुन सक्छ, वा दुर्घटनाद्वारा, वा रोगद्वारा, वा साधारण मृत्युद्वारा, मृत्यु निश्‍चित छ। तर त्यस मृत्यु पश्‍चात हामी परमेश्‍वरको विरोधमा गरेका पापहरूको कारणले अकल्पनिय दण्डमा जानेछौं, जुन दण्ड अनन्तसम्म हुनेछ, र त्यहाँ अकल्पनिय पिडा, वेदना, रूवाबासी र दाह्रा किटाइ हुनेछ। हाम्रा पापहरूको कारणले हामी त्यही न्यायका लायक छौं।

तर परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएर पापहरूको क्षमा र अनन्त दण्डबाटको छुटकाराको प्रबन्ध गर्नुभएको छ। उहाँले हामी पापीहरूलाई मुक्त गराउनलाई पापको दण्ड आफैमाथि लिने निर्णय गर्नुभयो।

येशू ख्रीष्ट

दुई हजार वर्ष अगाडि परमेश्‍वरले येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। येशू ख्रीष्टले पापरहित जीवन बिताउनुभयो। तर अन्तिममा उहाँले आफैलाई क्रूसमा टाँगिन सुम्पनुभयो। त्यो क्रूसमा पापरहित येशूले तपाईं र मेरो पापको दण्ड भोगेर मर्नुभयो। मुक्ति काम पूरा गर्नुभएपछि उहाँ तीन दिनसम्म चिहानमा रहनुभएर तेस्रो दिनमा फेरि जीवित भई उठ्नुभयो र अहिले उहाँ स्वर्गमा हुनुहुन्छ। त्यसैले तपाईंले येशू ख्रीष्टमा पापहरूको क्षमा पाउन सक्नुहुन्छ। बाइबलमा लेखिएको छ, “पापको ज्याला मृत्यु हो; तर परमेश्‍वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”

जो-जति पापहरूको क्षमा नपाइकन बाढीले बगाइए उनीहरूको लागि त अर्को मौका छैन, तर तपाईं जो अझैं जीवित हुनुहुन्छ, तपाईंसँग पापहरू क्षमा पाउने र अनन्त दण्डबाट बाँच्ने मौका अझैं पनि छ, ढिलो नगर्नुहोस्, आउन लागेको क्रोधबाट भाग्नुहोस्।

हामी, यस बाढीमा नपरेकाहरूलाई यो प्रलयरूपी बाढीले के सन्देश दिइरहेको छ ? हामीलाई के भन्न खोजिरहेको छ ? स्वयम् येशू ख्रीष्टले यसको जवाफ दिनुभएको छ, “अथवा ती अठारजना, जसमाथि सिलोआमको धरहरा खस्यो, र तिनीहरूलाई मार्‍यो, के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ ? म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौं।”

हामी जीवित हुनेहरूको लागि यस रसुवा बाढीको सन्देश यही हो कि यदि हामी पश्‍चात्ताप गरेर परमेश्‍वरकहाँ फर्कदैनौं र येशू ख्रीष्टमाथि विश्‍वास गरेर पापहरूको क्षमा पाउँदैनौं भने हामी पनि नाश हुनेछौं। जसरी बाढीबाट बच्नलाई मानिसहरू भागेका थिए, त्यसरी नै तपाईं पनि अनन्त दण्डबाट बाँच्नलाई येशू ख्रीष्टकहाँ भाग्नुहोस्, अनि तपाईं बाँच्नुहुनेछ। येशूले भन्नुभयो, “अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्।”

Share via:

Similar Posts

  • क्रिसको कथा

    मेरो जीवनको एउटा मात्र आशा थियो— हातमा चुरोट, गाँजाको चिलिम, बियरको बोतल र हक्की स्टिक लिएर मर्नु। ममा बाँच्ने कुनै आशा थिएन। म सधैं आत्महत्या गर्ने बारे सोचिरहन्थेँ।

    Share via:
  • बाटो

    के सबै बाटोहरूले एउटै ईश्‍वरकहाँ पुर्‍याँछ? यो हप्ता मैले धेरै बाटोहरू हिँड्ने र गुड्ने अवसर पाएँ। लगभग पाँच घण्टा एकोहोरो हिँड्ने अवसर पाएँ भने लगभग २५ घण्टा बसमा गुड्ने अवसर पाएँ। मेरो हिँड्ने र गुड्ने कार्यले मलाई बाटोको बारेमा तपाईंसँग कुरा गर्न अहिले बाध्य बनाएको छ। मित्र, यो छोटो जीवनको…

    Share via:
  • येशू ख्रीष्टको सुसमाचार

    करिब ६००० वर्ष अगाडि, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो र उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। तर मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरी पाप गरे र पतन भए। त्यसैलेमानिसको हृदय “सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र?” सबैजना परमेश्वरको महिमारहित हुन गएका छन्।…

    Share via:
  • पैसा! पैसा! पैसा!

    यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं ? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन, पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्किनुपर्छ किनभने सित्तैमा कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।  कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने…

    Share via:
  • तपाईंले आफ्नो सम्पूर्ण अनन्तता कहाँ बिताउनुहुनेछ?

    कृपया ! तपाईंकै खातिर यसलाई वेवास्ता नगर्नुहोस्।यस लेखलाई समय लिएर ध्यानपूर्वक पढ्नुहोस्। नरकको अनन्त दण्डबाट कसरी उम्कन सक्छु र मृत्युपछि स्वर्ग नै जानेछु भनेर कसरी निश्‍चित हुन सक्छु भनेर थाहा पाउने यो नै तपाईंको एकमात्र र अन्तिम मौका हुनसक्छ। धेरै मानिसहरू विचार गर्छन् कि मानिसहरू मरेपछि कहाँ जान्छन् भन्ने कुरा…

    Share via:
  • अनन्त विनाशबाट बाँच्ने उपाय

    जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्‍नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ, “तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;…

    Share via: