बाइबलको विषयमा जान्न र अध्ययन गर्नको लागि जीवन मार्ग पत्राचार स्कूलका पाठहरू रोज्नुभएकोमा धेरै-धेरै धन्यवाद। यी पाठहरू राम्ररी अध्ययन गर्नलाई तपाईंले आफ्नो सक्दो दिनुभयो भने तपाईंले साँचो परमेश्वरलाई चिन्नुहुनेछ।
फेरि पनि तपाईंले तल उल्लेखित सुझावहरूलाई ध्यान दिएर त्यसअनुसार पाठहरू गर्न हामी अनुरोध गर्छौंः
१. तपाईंले गर्नुहुने पाठको अध्ययन राम्रोसँगले गर्नुहोस्। बुझ्न कठिन भएमा दोहोर्याई, तेहर्याई पढ्नुहोस्।
२. हाम्रो अध्ययनमा जम्मा सात पाठहरू समावेश छन् र पाठहरू सक्नुभएपछि तपाईंले बाइबल सँगसँगै अरू अध्ययन सामाग्रीहरू पनि पाउनुहुनेछ।
३. तपाईंले कुनै पनि पाठको राम्रो अध्ययन गर्नुभइसकेपछि पाठको कार्यपत्र भएका प्रश्न उत्तरहरू गर्नुहोस्।
तपाईंले पाठहरू गर्न सुरू गर्नुभन्दा अघि कृपया तल आफ्ना जानकारी भर्नुहोला। यी जानकारीले तपाईंसँग सम्पर्कमा रहन हामीलाई मद्दत गर्नेछ।
तपाईंले क्रमैसँग पाठहरू अध्ययन गर्नुहोस् भनी हामी सुझाव दिन्छौं। त्यसले तपाईंलाई पाठहरू सुव्यवस्थित तरिकाले बुझ्न मद्दत गर्नेछ।