येशू ख्रीष्टको सुसमाचार

करिब ६००० वर्ष अगाडि, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो र उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। तर मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरी पाप गरे र पतन भए। त्यसैलेमानिसको हृदय “सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र?”

परमेश्‍वरले संसार सृष्टि गर्नुभयो

सबैजना परमेश्वरको महिमारहित हुन गएका छन्। अर्था्त्, परमेश्वरले राख्नुभएको धर्मी मापदण्ड अनुसार जिउने कोही पनि छैन। बाइबलले बताउँदछ, “धर्मी कोही छैन, एउटै पनि छैन” र “हामी सबै अशुद्ध थोकजस्ता छौं, र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्।”

आदम र हव्वा
पापको कारणले परमेश्‍वरदेखि अलग

परमेश्वरको नियम तोड्नु नै पाप हो। परमेश्वरले हामीलाई आफ्नो वचनमा बताउनुहुन्छ कि उहाँले रिसलाई हत्याको रूपमा र कुनै स्त्रीप्रतिको अभिलाषालाई व्यभिचारको रूपमा न्याय गर्नुहुन्छ। जीवित, सत्य परमेश्वर र सृष्टिकर्तालाई बिर्सी सृष्टिका थोकहरू र निर्जिव मूर्तिहरूलाई पूज्ने, लोभ गर्ने, चोर्ने र झूट बोल्ने कार्यहरूलाई परमेश्वरले गम्भीर पापहरूको रूपमा न्याय गर्नुहुन्छ।

परमेश्‍वरका दश आज्ञाहरू

सबै बाटोहरू एउटै होइनन्। बाइबलले भन्दछ, “एउटा बाटो छ, जो मान्छेको दृष्टिमा ठीक देखा पर्छ, तर त्यसको अन्तचाहिँ मृत्युका बाटाहरू नै हुन्।” येशूले भन्नुभयो, “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो हुन्छ, र बाटोचाहिँ चौडा हुन्छ; अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ; अनि यो भेट्टाउने थोरै हुन्छन्।”

फराकिलो बाटो र साँघुरो बाटो
फराकिलो बाटो र साँघुरो बाटो

परमेश्वरको न्याय र नरक एकदमै गम्भीर छ। “तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।”

नरक

तर परमेश्वर पिताले संसारलाई प्रेम गर्नुभई आफ्नो अनन्त पुत्र येशू ख्रीष्टलाई स्वर्गबाट पठाउनुभयो। परमेश्वरको सामर्थ्यले उहाँ एक कन्या स्त्रीबाट जन्मनुभयो र सिद्ध, पापरहित जीवन जिउनुभयो। अनि आफ्नो धर्मी रगत बहाई, सिद्ध बलिदानको रूपमा उहाँ मात्रै हाम्रा पापहरूका निम्ति क्रूसमा मरिदिनुभयो।

येशू ख्रीष्ट
रित्तो चिहान

त्यसपछि उहाँ गाडिनुभयो; तर तेस्रो दिनमा, बाइबलको भविष्यवाणीमुताबिक मृत्युलाई जित्नुभई बौरेर उठ्नुभयो। अनि ४० दिनसम्म उहाँ यस पृथ्वीमा गवाहीको रूपमा रहनुभयो र त्यसपछि उहाँ महिमामा स्वर्ग उचालिनुभयो। अब यी अन्तिम दिनहरूमा उहाँ स्वर्गबाट फेरि आउनुहुनेछ र सदासर्वदाको निम्ति न्याय र राज्य गर्नुहुनेछ।

परमेश्‍वरतर्फ फर्कने

हामी आफ्नो पापपूर्ण मार्गबाट फर्कनुपर्छ र येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ, जो मानिसको एकमात्र साँचो प्रभु र मुक्तिदाता हुनुहुन्छ। अनि त्यसपछि, परमेश्वरसित हाम्रो मेलमिलाप र नयाँ सम्बन्ध स्थापना हुनेछ। अनि प्रभुले हामीलाई नयाँ हृदय, मन, र अनन्त जीवन दिनुहुनेछ।

ख्रीष्ट बाटो हुनुहुन्छ
Share via:

Similar Posts

  • अनन्त विनाशबाट बाँच्ने उपाय

    जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्‍नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ, “तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;…

    Share via:
  • ख्रीष्टमस के हो ?

    येशू ख्रीष्टको जन्मको आदरस्वरूप ख्रीष्टियनहरूद्वारा मनाइने दिवसलाई ख्रीष्टमस भनिन्छ। यो डिसेम्बर २५ (पौष १०)मा मनाइन्छ। येशूको जन्म करिब २,००० वर्ष अघि इस्राएलको बेथलेहेम शहरमा भएको थियो। इस्राएल एशियाको पश्‍चिमतर्फ पर्दछ। यो मिश्रको उत्तर पट्टीको भू-मध्य सागर नजिक अवस्थित छ। तथापि येशू कुनै साधारण मानिस हुनुहुन्न थियो। उहाँ परमेश्‍वरको अनन्त पुत्र…

    Share via:
  • तपाईंले आफ्नो सम्पूर्ण अनन्तता कहाँ बिताउनुहुनेछ?

    कृपया ! तपाईंकै खातिर यसलाई वेवास्ता नगर्नुहोस्।यस लेखलाई समय लिएर ध्यानपूर्वक पढ्नुहोस्। नरकको अनन्त दण्डबाट कसरी उम्कन सक्छु र मृत्युपछि स्वर्ग नै जानेछु भनेर कसरी निश्‍चित हुन सक्छु भनेर थाहा पाउने यो नै तपाईंको एकमात्र र अन्तिम मौका हुनसक्छ। धेरै मानिसहरू विचार गर्छन् कि मानिसहरू मरेपछि कहाँ जान्छन् भन्ने कुरा…

    Share via:
  • क्रिसको कथा

    ✦ ✦ ✦ क्रिसको कथा मैले सोचिरहेको याद छ, ‘यदि मलाई एक हप्ता वा १० दिनमै यति राम्रो महसुस भइरहेको छ भने, एक वर्षमा कस्तो होला?’ मेरो जीवनको एउटा मात्र आशा थियो— हातमा चुरोट, गाँजाको चिलिम, बियरको बोतल र हक्की स्टिक लिएर मर्नु। ममा बाँच्ने कुनै आशा थिएन। म सधैं…

    Share via:
  • पैसा! पैसा! पैसा!

    यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं ? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन, पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्किनुपर्छ किनभने सित्तैमा कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।  कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने…

    Share via:
  • येशू किन मर्नुभयो?

    येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्। लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने गाउँमा जन्मनुभएको थियो। इस्राएल एशियाको पश्‍चिमी भागमा अवस्थित छ। यो इजिप्ट र लेबानोनको बीचमा भूमध्यसागरसँगै अवस्थित छ। येशू साधारण मानिस…

    Share via: