Way of Life Correspondence School

जीवन मार्ग पत्राचार स्कूल

बाइबल बुझ्नलाई सहायता गर्ने केही पाठहरू

जीवनमार्ग पत्राचार स्कूल यहाँलाई हार्दिक स्वागत गर्दछ। मानिसले आफ्नो जीवनको सम्बन्धमा जान्नैपर्ने विषयहरू पवित्रशास्त्र बाइबलमा स्पष्टसाथ उल्लेख गरिएको छ। तपाईं बाइबलको विषयमा जान्न चाहनुहुन्छ भने हामीसँग तपाईंका लागि केही पाठहरू छन्। यी पाठहरू पूरा गर्नुभएपछि तपाईंले पवित्रशास्त्र बाइबलको सार बुझ्नुहुनेछ साथै तपाईंको जीवनको लागि पवित्रशास्त्र बाइबलले दिने सन्देश बुझ्न सक्नुहुनेछ जो तपाईंको जीवनको निम्ति महत्त्वपूर्ण मार्ग दर्शन र ठूलो आशिष साबित हुन सक्छ। तपाईंले यी पाठहरू लिनुभयो भने बाइबल के हो, परमेश्‍वर को र कस्तो हुनुहुन्छ, बाइबलले के सिकाउँछ र यसको मुख्य विषय के हो, संसार किन खराबीले ग्रस्त छ, हामी यस संसारमा किन छौं, हामी किन मर्छौं, के मृत्युपछि पनि जीवन छ जस्ता कुराहरू सिक्न पाउनुहुनेछ। तसर्थ यस पाठहरूलाई नियमित र परिश्रमसाथ अघि बढाउन हामी यहाँलाई उत्साह दिन चाहन्छौं।

तपाईंले यी पाठहरू गरिसक्नुभएपछि बाइबल पढ्नुभएको होस् र बुझ्नुभएको होस् भनेर उपहार स्वरूप तपाईंलाई एउटा बाइबल दिइनेछ।

यस अध्ययनलाई शुरू गर्नुअघि यहाँले निम्नलिखित सल्लाहहरू पढ्नुहोस् र त्यस बमोजिम अघि बढ्ने विचार गर्नुहोस्:

१. तपाईंले गर्नुहुने पाठको अध्ययन राम्रोसँगले गर्नुहोस्। बुझ्न कठिन भएमा दोहोर्‍याई, तेहर्‍याई पढ्नुहोस्।

२. हाम्रो अध्ययनमा जम्मा सात पाठहरू समावेश छन् र पाठहरू सक्नुभएपछि तपाईंले बाइबल सँगसँगै अरू अध्ययन सामाग्रीहरू पनि पाउनुहुनेछ।

३. तपाईंले कुनै पनि पाठको राम्रो अध्ययन गर्नुभइसकेपछि पाठको कार्यपत्र भएका प्रश्‍न उत्तरहरू गर्नुहोस्।

Some Lessons to help understand the Bible

We gladly welcome you to the Way of Life Correspondence School. The Holy Bible clearly describes the subjects related to life that man must know. If you want to know about the Bible we have some lessons which will help you with it. After you complete the lessons you will know the essence of the Bible and moreover you will get to know the message of the Bible for your life which can prove to be the most important guidance and great blessing for your life. If you take these lessons, you will learn answers to the most vital questions like what is the Bible?, who is God and what are his characters?, what does the Bible teach and what is the main message of it?, why is the world full of evil?, why am I in the world?, why do I die?, is there life after death? and such. Therefore, we encourage you to study the lessons daily and with much labor.

After you complete the lessons you will be given a Bible as a gift so that you can read and understand it.

Before you start the study consider the following suggestions and get going according to that:

1. Study the lesson you take carefully. If you find something difficult to understand read it twice or even thrice.

2. There are seven lessons in our study and after you complete those lessons you will be given a Bible with other study materials.

3. After you study a lesson carefully fill out worksheet.