पैसा!

यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं ? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन, पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्किनुपर्छ किनभने सित्तैमा कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं। 

कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने कसले पैसा सजिलो प्रकारले पाउने बाटो हेर्दछन्। कतिले लटरीमा गोला हालेर वा अन्य तरिकाहरूले एकैचोटि धेरै पैसा प्राप्त गर्ने आशा गर्छन्। कतिले ‘सोझो औंलाले घिउ आउँदैन’ भन्छन् र अरुलाई ठग्‍छन् वा छल गरेर अरुको सम्पत्तिमा हात हाल्छन्। यसरी नै धनी हुन खोज्नेहरू अति धेरै भइसके। यसले गर्द पैसा कामउने बाटो यही हो भन्ने विचार प्राय: सबैको हुन्छ। कुन शहर, कुन बजार, वा कुन गाँउ र बस्तीमा चोर लाग्दैन ? डकैती र हत्याको बारेमा हामी घरीघरी सुन्दछौं। संसारमा जिउन हामीलाई डर लागेको छ। यस्तो किन भएको छ ? के पैसाको खातिर होइन र ?

पैसा!

मानिसको निम्ति पैसा सबभन्दा मुख्य चीज भएको छ। पैसाको लागि मानिस जे पनि गर्न तयार छ। पैसा कमाउनको लागि मानिसहरू आफ्नो घर छोडेर हिँड्छन्, पैसाको पछि लागेर मानिसहरू आफ्नो शरीर र आत्मा बेच्छन्। पैसा कस्तो चीज रहेछ! हामी छक्कै पर्दछौं।

अब यो नभई नहुने पैसाको सम्बन्धमा हामीलाई एक-दुई कुरा बुझ्न खाँचो छ, नत्रभने पैसा र धनसम्पत्तिको पछि लागेर हामीले आफ्नो आत्मालाई गुमाउनुपर्छ। यसैले हामी तपाईलाई पवित्र बाइबलबाट पैसाको सम्बन्धमा हाम्रो सृष्टिकर्ता परमेश्‍वरको विचार के हो, सो बताउन चाहन्छौं।

“रुपियाँ-पैसाको प्रेमचाहिँ सबै खराबीको जरा हो। यसको लोभ गर्दा कतिजना विश्‍वासबाट भड्किएका छन् र आफैलाई अनेकौं पीडाहरूले छेंडै-छेंड पारेका छन्।” (१ तिमोथी ६:१०)

अवश्य पनि हामीलाई पैसा चाहिन्छ, तर पैसालाई माया गर्नुहुँदैन। किनभने यसैमा खराबीको जरा छ। पैसाको लोभ गर्नु चाहिँ सबै खराबीको शुरु हो। यसो गर्नेले जीवनको सत्य बाटो बिराउँछौँ र धेरै दु:ख पाउनैपर्छ।

“तर धनी हुन खोज्नेहरू (पापका) परीक्षा र पासोमा पर्छन्, साथै धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्दछन्, तिनैले मानिसहरूलाई बरबादी र विनाशभित्र डुबाउँछन्।” (१ तिमोथी ६:९)

पैसा चाहिन्छ नै, तर धनी हुन खोज्नु खतरा कुरा हो, किनकि धनको खोजमा लाग्नेहरूको मनमा पापका अनगिन्ती अभिलाषाहरू जाग्दछन्। उनीहरू कहिल्यै सन्तुष्ट रहन सक्दैनन्। उनीहरूलाई यो चाहिन्छ, त्यो पनि चाहिन्छ; सबै थोक चाहिन्छ। यस्तो गर्दा गर्दै उनीहरू कता पुग्छन भन्ने कुरा तपाई याद गर्नुहोला – यस्तो हानि कसले भोग्न चाहन्छ र ? यसैकारण होशियार हुनुहोस् प्रिय मित्र, होशियार !

हावार्ड भन्ने व्यक्त्तिको जन्म अमेरिकामा भएको थियो पछि उनी एक ज्यादै धनी र प्रसिद्ध व्यक्त्ति बने। उनले आफूले चाहेको जे पनि किन्न सक्थे र आफूले चाहेको ठाउँमा जान सक्थे। काठमाडौंमा भएका सबै मानिसको सम्पत्ति एकै ठाउँमा राखे पनि उनीसित त्यो भन्दा धेरै सम्पत्ति थियो। तर उनी सन्तुष्ट चाहिँ थिएनन्। उनी त्यो भन्दा पनि बढी चाहन्थे। उनलाई उझ धेरै पैसा चाहिएको थियो। जसबाट उनले आफ्नै पैसा लगानी गरेर खरबौं डलर बनाउन चाहन्थे। उनलाई अझ धेरै ख्याति चाहिएको थियो। त्यसैले उनी एक फिल्म निर्माता बने र चलतित्रको हिरो पनि बने। उनी अझ धेरै मोजमज्जा गर्न चाउन्थे। त्यसैले उनले थुप्रै पैसा अनैतिक कार्यहरूमा लगाए। उनलाई अझ धेरै मनोरञ्जन चाहिएको थियो। त्यसैले उनले संसारको सबैभन्दा छिटो उड्ने हवाइजहाज बनाए र उडाए पनि। जहिले पनि उनी धेरै भन्दा धेरै खोजिरहन्थे। यदि आफूसँग धेरै भएमा मात्र उनलाई सन्तुष्टि मिल्छ भन्ने उनको अवधारणा थियो। जब हामी उनको इतिहासलाई हेर्दछौं, हामी के देख्छौ भने हावार्डले आफ्नो जीवनमा खोजेको जस्तो सन्तुष्टि उनले कहिल्यै पाएनन्। यो व्यक्त्तिले आफ्ना शरीरलाई ज्यादै दुब्लो, सुकेको छाती, नकाटिएको लामो फोहर नङ, कालो किरा लागेको दाँत, अनगिन्ती लागु पदार्थहरूद्धारा सुईका खतहरू बनाई आफ्नो जीवनको अन्त्य गर्‍यो। हावार्ड आफूसँग धेरै भएमा मात्र आफू खुसी रहन सक्ने विश्‍वासमै मरे। उनी लागु पदार्थ लिने एक खरबौंपति व्यक्त्ति थिए र अन्त्यमा उनी पागल भई मरे। उनको सम्पूर्ण पैसा, सम्पत्ति, ख्यातिले उनलाई शान्ति दिन सकेन।

“तर सन्तुष्टतासितको भक्त्ति नै ठूलो लाभ हो। किनभने हामीले यस संसारमा केही पनि ल्याएनौं अनि यो निश्चित छ, हामी केही लैउान सक्दैनौं। तर खानेकुरा र वस्त्र छन् भने हामी त्यसैमा सन्तुष्‍ट होऔं।” (१ तिमोथी ६:६-८)

हाम्रो भरोसा हामीले एकमात्र साँचो जिउँदो परमेश्‍वरमाथि राख्नुपर्थ्यो, हामीले केही ल्याएनौ र केही लैजान पाउँदैनौं भन्ने कुरा भुलेका छौं कि ? खाना र लाउनुमा को सन्तुष्ट रहन चाहन्छ ? परमेश्‍वरको भक्त्ति गर्नुमा कसले ठूलो लाभ देखेको छ ?

पैसाको लागि मानिस विदेश जान्छन्

राम एक काठमाडौंका जवान मानिस हुन्। उनको परिवार धनी छ र उनको बुवा सरकारी जागिरको उच्च पदमा छन्। यद्यपि उनको बुवा जहिले पनि धेरै पैसा खोजिरहन्छन्। त्यसैले उनको आफ्नो छोरालाई कामको लागि विदेशमा पठाए। यही रामले इमेलबाट पठाएका केही उनका भावनाहरू यहाँ उदृत गरेका छौं :

“मैले आँसु नखसाली सुतेको कुनै रात नै छैन। जब म आफ्नो भविष्य, प्रेम, जीवन, मृत्यु, आफन्त र विगतलाई विचार गर्छु, आँसुहरू आफै बरर्र झर्न थाल्छन्। म आफ्नो टाउकोलाई सिरकले छोप्छु र सुत्न कोशिस गर्छु तर म सक्दै सक्दिनँ। तपाईलाई थाहा छ, म ईश्वरलाई एउटा कुराको लागि धन्यवाद दिन्छु, त्यो हो, “हरेक नै मर्नैपर्छ।” यदि ईश्वरले मृत्यु नबनाएको भए यी स्वार्थी र क्रूर मानवजातिले के गर्ने थिए होला ? तिनीहरूलाई थाहा छ, कुनै दिन तिनीहरू मर्नेछन् र पनि तिनीहरू अझै धेरै धेरै पैसा कमाउनको लागि दौडिरहेका छन्।

म काठमाडौंमा हुँदा मैले केही असल मित्रहरूलाई भेटेको थिएँ। तिनीरु अमेरिकन सेन्टरमा टोफल तयारीको लागि गएका थिए। मैले तिनीहरूलाई किन तपाईहरू त्यहाँ जानुहुन्छ भनी सोधेँ।  तिनीहरूलको जवाफ सरल थियो, “अमेरिका” मैले सोधे, त्यहाँ गएर के गर्नुहुन्छ ? तिनीहरूले जवाफ दिए, “पैसा” त्यसपछि मैले प्रेम र ईश्वरको बारेमा सोधे, “के तपाई अमेरिकामा शान्ति र सन्तुष्टिको जीवन पाउनुहुन्छ भनेर विश्‍वास गर्नुहुन्छ ? तिनीहरूले भने, “सायद, पाउँछु होला” मैले तिनीहरूलाई सोधे, “नेपालमा उदाउने सूर्य र तारा, अमेरिकाको पनि त्यही होइन र ? यहाँ देखिने आकाश त्यहाँ पनि उस्तै होइन र ?” मैले तिनीहरूलाई विश्वस्ततासाथ आफ्नो भित्र हृदयमा शान्ति पाउने कोशिश गर्न अनुरोध गरें। अमेरिका, बेलयत, क्यानाडा, अस्ट्रेलिया जस्ता देशहरूमा आँखै नहेरि कुद्‍नुले तपाईलाई झन् धेरै अन्धा बनाउँछ।

एउटा कुरा मैले के भेट्टाए भने तिनीहरू जो विदेश जान कोशिश गर्छन्, तिनीहरू गरिब परिवारहरूबाटका होइनन् तर धनी र सम्पन्न परिवारहरूबाटका हुन्। मैले भन्न खोजेको चाहिँ यी व्यक्त्तिहरू बाहिर जानुमा कुनै कारण नै छैन। तिनीहरूसँग पैसा, खानदानी घर र सम्पन्न परिवार छ। वास्तविक रुपमा कसैलाई थाहा छैन के ले तिनीहरूलाई खुसी बनाइरहन सक्छ ? तिनीहरू खाली जान, जान, जान मात्र चाहन्छन्।”

पैसाको दौडको कहिल्यै पनि अन्त्य हुँदैन, बरु हाम्रो अन्त्य हुँदैछ। हामीहरू यसलाई जित्नको लागि यता उता दौडिरहेका छौं जुन हामीलाई थाहा छ कि त्यो हामीले कहिल्यै पनि पाउँदैनौं।

“पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, तब यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३)

हामी पशु होइनौं, तर मानिस भएका हुनाले खालि गाँस, वास र कपास खोज्नु ठीक छैन। हामीले आफ्नो सृष्टिकर्ता परमेश्‍वरलाई चिन्नुपर्छ, उहाँको अधीनतामारहीकन उहाँको इच्छाअनुसार चल्नुपर्छ; तब उहाँप्रति हामीले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छौं। तब उहाँले हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ। के तपाई उहाँको खोजीमा हुनुहुन्छ ?

यही कुरा गरेपछि हामी तपाईलाई सबैभन्दा मुख्य कुरा बताउन चाहन्छौं। किनभने पैसाले धेरै काम गर्न सक्छ, तर हाम्रो आत्मालाई बचाउन सक्दैन।

“परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्दछ।” (सपन्याह १:१८)

प्रिय मित्र, एकदिन हामीलाई मर्नुछ। त्यसपछि हामी न्यायमा परमरश्वरको सामु उभिनुपर्छ। त्यतिखेर हाम्रो सम्पत्ति कुनै कामको हुँदैन। पापले गर्दा परमेश्‍वरले हाम्रो न्याय गर्नुहुन्छ। पैसाले मानिसको पाप क्षमा हुन सक्दैन। पैसाले भैतिक खाँचो मात्र पूरा गर्छ तर आत्मिक खाँचो भने केवल परमेश्‍वरले मात्र पूरा गर्न सक्नुहुन्छ। तपाईको पाप परमेश्‍वरमा ज्यादै घृणित  कुरा हो। आज सबै मानिसमा पाप छ। मानिसमा पाप छ भन्ने कुरा दिनहुँ मानिसको जीवनबाट प्रदर्शन भइरहेको हुन्छ। मानिस चोरी गर्दछन्, मानिस झूट बोल्दछन् , मानिस लोभ गर्छन्, मानिस आफ्नो हृदयमा खराब-खराब कुरा जन्माउँछन्। . यी सबै कुराहरू पापको उपज हो।

यही पापकै कारण मानिसमा मृत्युको सजाय पनि आयो। अनि यही पापको कारण नै परमेश्‍वरले हाम्रो शरीर र आत्मालाई सदाको लागि नरकको ननिभ्ने आगोमा फाल्नुहुन्छ।

“आफ्नो धनसम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धनको प्रशस्ततामा अहङ्गर गर्नेहरूमध्ये कसैले पनि कुनै रीतिले आफ्नो भाइलाई मोल तिरेर छुटाउन सक्दैन, न त्यसको छुटकाराको दाम परमेश्‍वरलाई दिन सक्छ; किनभने तिनीहरूको प्राणको दाम ज्यादै छ र त्यो कहिल्यै पुग्दैन।” (भजनसंग्रह ४९:६-८)

के नरकको आगोबाट छुटाउने दाम तपाईसँग छ ? तपाईले आफ्नो आत्माको बदलामा परमेश्‍वरलाई के दिनुहुन्छ ? यसको दाम ज्यादै छ। तपाईले जे दिनुभए तापनि तपाईले तिर्नुपर्ने दाम कहिल्यै पुग्दैन। 

“किनभने सारा संसार प्राप्त गरे तापनि मानिसले आफ्नो प्राणलाई चाहिँ गुमायो भने उसलाई के फाइदा भयो ? अथवा आफ्नो प्राणको सट्टामा मानिसले के देला ? (मत्ती १६:२६)

मानिसको लागि भौतिक कुरा जति महत्त्वपूर्ण छ। त्यो भन्दा आत्माको कुरा सयौँ गुणा महत्त्वपूर्ण छ। मानिसको शारीरिक जीवन छोटो छ। कोही पनि सँधैभरि बाँचिरहन सक्दैन। एकदिन सबै मर्नैपर्छ। मृत्युपछि मानिसको धनको थुप्रोलाई परमेश्‍वरले हेरर आहो तिमीसँग त निकै धन रहेछ, ल अब तिमी मेरो न्यायबाट बाँच्यौं भनेर भन्नुहुन्न। तर जसको पाप क्षमा भएको छ, त्यो व्यक्‍तिलाई उहाँ ग्रहण गर्नुहुन्छ।

मित्र के तपाईको पाप क्षमा भएको छ ? छैन भने तपाईको लागि खुशीको कुरा यो छ: येशू प्रभु तपाईको पाप-क्षमा गरि तपाईलाई सधैभरि रहिरहने शान्ति दिन चाहनुहुन्छ। पैसाले पुर्याउन नसक्ने आनन्दको ठाउँमा तपाईको पाप क्षमा गरी प्रभु येशू पुर्‍याउन चाहनुहुन्छ। 

Jesus dying on the Cross

यसकारण न्यायमा पर्नुअघि नै हामी तपाईलाई यो सन्देश सुनाउन चाहन्छौ: संसारको धनको पछि लागेर आफ्नो अनमोल आत्मालाई नगुमाउनुहोस्, तर समयमै आफ्ना पापदेखि परमेश्‍वरतिर फर्कनुहोस् र प्रभु येशूमाथि विश्‍वास गरि मुक्‍ति पाउनुहोस; किनभने जब प्रभु येशू काठको क्रूसमा कष्ट सही मर्नुभयो, तब उहाँले हाम्रो सबै पापका निम्ति छुटकारको दाम तिर्नुभयो। उहाँले हामीलाई अपार प्रेमले प्रेम गर्नुभयो र हामीले आफ्नो आत्माको लागि तिर्न नसक्ने दाम तिर्नुभयो। प्रभु येशूमा मुक्‍ति छ, उहाँमा अनन्त जीवन छ। पश्‍चाताप गर्नुहोस् र जिउँदो प्रभु येशूलाई पुकार्नुहोस् र बिनापैसा, सित्तैमा मुक्‍तिको दान ग्रहण गर्नुहोस्।

Share via:

Similar Posts

  • ख्रीष्टमस — तपाईंलाई परमेश्‍वरको उपहार

    तपाईंले ख्रीष्टमसको विषयमा अवश्‍य सुन्नुभएको छ। ख्रीष्टमस यस्तो उत्सव हो जुन सारा संसारभरि मनाइन्छ। यस समयमा मानिसहरू खुसीयाली मनाउँछन् र एक-अर्कामा उपहारहरू साटासाट गर्छन्। तर ख्रीष्टमस किन मनाइन्छ ? यसको विशेषता के हो ? ख्रीष्टमसचाहिँ येशू ख्रीष्टको जन्मको सम्झनास्वरूप मनाइने दिवस हो। यस संसारमा भएका सबै मानिसहरू जन्मेकै हुन् तर…

    Share via:
  • येशू ख्रीष्टको सुसमाचार

    करिब ६००० वर्ष अगाडि, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो र उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। तर मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरी पाप गरे र पतन भए। त्यसैलेमानिसको हृदय “सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र?” सबैजना परमेश्वरको महिमारहित हुन गएका छन्।…

    Share via:
  • बाटो

    के सबै बाटोहरूले एउटै ईश्‍वरकहाँ पुर्‍याँछ? यो हप्ता मैले धेरै बाटोहरू हिँड्ने र गुड्ने अवसर पाएँ। लगभग पाँच घण्टा एकोहोरो हिँड्ने अवसर पाएँ भने लगभग २५ घण्टा बसमा गुड्ने अवसर पाएँ। मेरो हिँड्ने र गुड्ने कार्यले मलाई बाटोको बारेमा तपाईंसँग कुरा गर्न अहिले बाध्य बनाएको छ। मित्र, यो छोटो जीवनको…

    Share via:
  • येशू किन मर्नुभयो?

    येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्। लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने गाउँमा जन्मनुभएको थियो। इस्राएल एशियाको पश्‍चिमी भागमा अवस्थित छ। यो इजिप्ट र लेबानोनको बीचमा भूमध्यसागरसँगै अवस्थित छ। येशू साधारण मानिस…

    Share via:
  • ख्रीष्टमस के हो ?

    येशू ख्रीष्टको जन्मको आदरस्वरूप ख्रीष्टियनहरूद्वारा मनाइने दिवसलाई ख्रीष्टमस भनिन्छ। यो डिसेम्बर २५ (पौष १०)मा मनाइन्छ। येशूको जन्म करिब २,००० वर्ष अघि इस्राएलको बेथलेहेम शहरमा भएको थियो। इस्राएल एशियाको पश्‍चिमतर्फ पर्दछ। यो मिश्रको उत्तर पट्टीको भू-मध्य सागर नजिक अवस्थित छ। तथापि येशू कुनै साधारण मानिस हुनुहुन्न थियो। उहाँ परमेश्‍वरको अनन्त पुत्र…

    Share via:
  • अनन्त विनाशबाट बाँच्ने उपाय

    जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्‍नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ, “तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;…

    Share via: