ख्रीष्टमस के हो ?

येशू ख्रीष्टको जन्मको आदरस्वरूप ख्रीष्टियनहरूद्वारा मनाइने दिवसलाई ख्रीष्टमस भनिन्छ। यो डिसेम्बर २५ (पौष १०)मा मनाइन्छ।

येशूको जन्म करिब २,००० वर्ष अघि इस्राएलको बेथलेहेम शहरमा भएको थियो। इस्राएल एशियाको पश्‍चिमतर्फ पर्दछ। यो मिश्रको उत्तर पट्टीको भू-मध्य सागर नजिक अवस्थित छ।

Middle East

तथापि येशू कुनै साधारण मानिस हुनुहुन्न थियो। उहाँ परमेश्‍वरको अनन्त पुत्र र संसारको सृष्टिकर्ता हुनुहुन्थ्यो। येशूको जन्म हुनुभन्दा सयौँ वर्षअघि ख्रीष्टिय बाइबलमा उहाँको सम्पूर्ण जीवनको बारेमा लेखिएको थियो।

थुप्रै धार्मिक ग्रन्थहरूमध्ये बाइबलमा चाहिँ सयौँ भविष्यवाणीहरू भएको हुनाले यो एउटा अनौठो पुस्तक हो। यी भविष्यवाणीहरू कुनै ज्योतिषी र जोखाना हेर्नेहरूले बनाएका जस्ता अनिशिचत भविष्यवाणीहरू होइनन्। बाइबलका भविष्यवाणीहरू ठोस छन्। तिनीहरूले मानिसहरूका र स्थानहरूका नामहरू बताउँछन्; तिनीहरूले निश्‍चित मितिहरू र विवरणहरू दिन्छन्।

Nepali Bible
पवित्र बाइबल

बाइबलमा येशू ख्रीष्टको आगमनको बारेमा थुप्रै भविष्यवाणीहरू छन्। ती भविष्यवाणीहरूले उहाँको जन्मस्थान, कन्या स्त्रीद्वारा उहाँको जन्म, उहाँको पापरहित जीवन, उहाँका आश्‍चर्यकर्महरू, क्रूसीकरणद्वारा उहाँको मृत्यु, र उहाँको पुनरूत्थानहरूको व्याख्या गरे।

येशू आफ्ना भाइहरू र बहिनीहरूका साथ ठूलै परिवारमा हुर्कनुभयो, तर उहाँका अभिभावकहरू धनवान् थिएनन्। उहाँको वुवा एउटा सिकर्मी हुनुहुन्थ्यो जसले आफ्नो जीविका चलाउन साधारण कमाई आर्जन गर्नुहुन्थ्यो। येशू १२ वर्षको हुनुहुँदा, यहूदी मन्दिरका धार्मिक अगुवाहरूलेभन्दा पनि धेरै जान्नुहुन्थ्यो। जब उहाँ ३० वर्षको हुनुभयो, उहाँले इस्राएलको वरिपरि घुम्दै, असंख्य भीडहरूलाई शिक्षा दिँदै, र आश्‍चर्यकर्महरू गर्दै आफ्नो सार्वजनिक सेवकाइ सुरू गर्नुभयो। दुई पटक त उहाँले अचम्म तरिकाले हजारौँ मानिसहरूलाई खुवाउनुभयो। उहाँले अन्धो, बहिरो, र लङ्गडो साथ-साथै हरेक प्रकारका रोगहरू निको पार्नुभयो। उहाँले मरेकोलाई फेरी जीवित पार्नुभयो। उहाँले उर्लिरहेको आँधी-बेहरीलाई शान्त पार्नुभयो।

तर यहूदी धार्मिक अगुवाहरू येशूप्रति डाहाले भरिए र उहाँलाई मार्ने षड्यन्त्र रच्न थाले। त्यस ताका, इस्राएलमा यहूदीहरू रोमी साम्राज्यको अधीनतामा थिए, र यहूदी अगुवाहरूलाई रोमी सरकारको अनुमति बिना कुनै पनि मानिसलाई मृत्युदण्ड दिने कुनै अधिकार थिएन। त्यसैले, तिनीहरूले उहाँलाई मार्ने उद्देश्यले उहाँले तत्कालिन राज्यको अन्त्य गर्ने प्रयास गर्दै हुनुहुन्छ भन्दै येशूको बारेमा झूट बोले, जुन कुरा सत्य थिएन। जब तिनीहरूले उहाँको गिल्ला गरे र उहाँलाई निर्ममता पूर्वक हिर्काए, रोमी सेनाहरूले येशूलाई उहाँका हातहरू र खुट्टाहरू काठको क्रूसमा किलाले ठोके अनि उहाँलाई त्यहाँ मर्नको निम्ति छोडिदिएर मृत्युदण्ड दिए। यसलाई क्रूसीकरण भनिन्छ।

Cross

येशूको मृत्युपश्‍चात उहाँको दफन एकजना धनी चेलाको चिहानमा गरियो। तीन दिनपछि उहाँ आफूले प्रतिज्ञा गर्नुभए मुताबिक मृत्युबाट बौरिउठ्नुभयो। उहाँको बौरिउठाइपछि, उहाँ सैयौँ मानिसहरूद्वारा देखिनुभयो। एक समय ५०० जनाभन्दा बढी मानिसहरूले एकैसाथ उहाँलाई देखे। उहाँको बौरिउठाइपछि येशूले आफ्ना चेलाहरूलाई ४० दिनसम्म सिकाउनुभयो, र त्यसपछि उहाँ माथि स्वर्ग फर्किजानुभयो।

अब हामी फेरी त्यस प्रश्नमा आइपुग्छौँ, “ख्रीष्टमस के हो?” जवाफ यो हो कि ख्रीष्टमस भनेको परमेश्‍वरका पुत्र येशू, मानिसको पापहरूको लागि मर्न आउनुभएको घटनाको उत्सव हो।

बाइबलले बताउँदछ कि पहिलो पुरूष र स्त्रीले परमेश्‍वरको आज्ञालाई तोडेर उहाँको विरूद्धमा पाप गरे। जब त्यो घटना घट्यो, मानिस पवित्र परमेश्‍वरबाट अलग भयो र उसको हृदय अँध्यारो र पापमय भयो। त्यस समयदेखि यता, यस संसारमा जन्मेको हरेक मानिसमा पापी स्वभाव छ। त्यसैले गलत काम गर्न हाम्रो निम्ति निकै सजिलो हुन्छ। त्यसैले हाम्रो हृदयहरूमा दुष्ट कुराहरू छन्। त्यसैले सारा संसार दु:ख, पिडा, लडाइँ, युद्ध र शोकले भरिएको छ।

Adam and Eve

पापको कारण परमेश्‍वरले मानवजातिलाई नष्ट गर्न सक्नुहुन्थ्यो, तर बाइबलले भन्दछ, परमेश्‍वरले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई बचाउन चाहनुहुन्छ। तल लेखिएका शब्दहरू बाइबलको निकै प्रख्यात पदका शब्दहरू हुन्:

“…परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।

परमेश्‍वरको एक मात्र जन्माइएको पुत्र येशू हुनुहुन्छ। उहाँ यस संसारमा कन्या स्त्रीबाट जन्म लिनुभयो। उहाँले पापरहित जीवन बिताउनुभयो। त्यसपछि उहाँ क्रूसमा त्यो दण्ड भोगेर मर्नुभयो जुन दण्ड हाम्रो पापको कारणले परमेश्‍वरबाट भोग्न हामी ऋणी थियौँ। हामीले परमेश्‍वरका आज्ञाहरू तोडेका छौँ, तर येशूले हाम्रो दण्ड स्वीकार गर्नुभयो।

परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ र उहाँ व्यवस्था र न्यायको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफ्ना आज्ञाहरू ३,५०० वर्ष अघि इस्राएललाई दिनुभयो र ती बाइबलमा लेखिए, तर सबै मानिसहरूले परमेश्‍वरका आज्ञाहरू भङ्ग गरेका छन्। परमेश्‍वरको पहिलो आज्ञाले भन्दछ:

“मेरो सामु तिम्रा अरू कुनै ईश्‍वरहरू हुनुहुँदैन।  तिमीले आफ्‍ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनू, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वीमनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनूः तिमीले तिनीहरूलाई दण्डवत् नगर्नू, र तिनीहरूको पूजा(आरधना) नगर्नू; किनकि म, परमप्रभु तिम्रा परमेश्‍वर जलन राख्ने ईश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु” (प्रस्थान २०:३-५)

Idol worship

मानिसहरूले परमेश्‍वरका आज्ञाहरू तोडेको हुनाले, हामीले दण्ड भोग्नैपर्छ। बाइबलले भन्दछ, “…पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)।

यो मृत्यु भनेको शारीरिक मृत्यु र आगोको झीलभित्र अनन्त मृत्यु हो।

यदि म येशूद्वारा मेरो पापहरूको क्षमा नपाइकन मर्छु भने, म सदाको लागि दण्डित भएर नरक जानेछु।

तर जब येशू क्रूसमा मर्नुभयो, उहाँले आफैमाथि हाम्रो दण्ड लिनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, र उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्दछ, उसले क्षमा पाउनेछ र अनन्त जीवनको उपहार पाउनेछ।

येशू किन मर्नुभयो त?” खुशीको असल सन्देश यो कि उहाँ तपाईंका पापहरूको निम्ति मर्नुभयो। अनि तीन दिनपछि उहाँ चिहानबाट बौरेर उठ्नुभयो। आज उहाँ स्वर्गमा जीवित हुनुहुन्छ र तपाईंलाई ग्रहण गर्न पर्खिरहनुभएको छ। उहाँ भन्नुहुन्छः “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु; अनि तिमीहरूले आ-आफ्‍नो मनमा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो, र मेरो भारी हलुका छ” (मत्ती ११:२८-३०)।

बाइबलले बताउँदछ कि मैले येशूलाई मेरो मुखले स्वीकार गर्नैपर्छ र उहाँलाई मेरो हृदयमा विश्‍वास गर्नैपर्छ:

“यदि तिमीले आफ्‍नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौं भने, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौं भने तिमीले मुक्ति पाउँनेछौं। किनकि धार्मिकताका निम्ति हृदयले विश्‍वास गरिन्छ अनि मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्रशास्‍त्रले भन्दछः ‘उहाँमाथि विश्‍वास गर्ने हरेक शर्ममा पर्नेछैन। किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्नेहरूका निम्ति धनवान हुनुहुन्छ। किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” (रोमी १०:९-१३)”

प्रिय मित्र, ख्रीष्टमसको खुसीको सन्देश ख्रीष्टकै मुखबाट सुन्नुहोस् जुन बाइबलमा छ:

“किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। किनभने संसारलाई दोषी ठहर्‍याउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्‍वरले आफ्‍ना पुत्रलाई संसारमा पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, ऊ दोषी ठहरिदैन; तर जसले विश्‍वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्‍वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्‍वास गरेको छैन।” (यूहन्ना ३:१६-१८)

येशू ख्रीष्टको जन्म हुँदा स्वर्गका स्वर्गदूतले यो घोषणा गरेका थिए:

“हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ – आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ।”

यो अवश्य नै बडो आनन्दको शुभ समाचार हो! प्रिय मित्र, यो तपाईंको लागि हो।

Share via:

Similar Posts