Why did Jesus die

येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्।

लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने गाउँमा जन्मनुभएको थियो। इस्राएल एशियाको पश्‍चिमी भागमा अवस्थित छ। यो इजिप्ट र लेबानोनको बीचमा भूमध्यसागरसँगै अवस्थित छ।

येशू साधारण मानिस मात्र हुनुहुन्नथ्यो। उहाँ परमेश्‍वरका अनन्त पुत्र र संसारका सृष्टिकर्ता हुनुहुन्थ्यो। सयौं वर्ष पहिले येशूको जन्म भयो। उहाँको सम्पूर्ण जीवनकथा ख्रीष्टियानहरूको बाइबलमा लेखिएको छ।

बाइबल अरू धार्मिक पुस्तकहरूका बीचमा अद्वितीय छ, यो हिसाबमा कि यसमा सयौं भविष्यवाणी समावेश छन्। यी भविष्यवाणीहरू चाहिँ ज्योतिषीहरू र हात हेर्नेहरूले गर्ने जस्तो अनिश्चित(पूरा हुन पनि सक्‍ने नहुन पनि सक्ने खालको) भविष्यवाणी होइनन्। बाइबलका भविष्यवाणीहरू एकदम निश्‍चित र पक्का छन्। बाइबलले ठीक मितिहरू र विवरणहरू दिनुको साथसाथै विभिन्न मानिसहरू र ठाउँहरूको नाम उल्लेख गरेको छ।

बाइबलमा येशू ख्रीष्टको आगमनको विषयमा धेरै भविष्यवाणीहरू छन्। तीमध्ये कैयौैं भविष्यवाणीहरू पूरा भइसकेका छन्। जस्तै उहाँको जन्मस्थान, उहाँको कन्याबाटको जन्म, उहाँको क्रूसमा हुने मृत्यु र उहाँको बौरिउठाइ। अनि अझै अरू पूरा हुन बाँकी छन्।

येशू ख्रीष्ट एउटा ठूलै परिवारमा आफ्‍ना भाइहरू र बहिनीहरूसँग हुर्कनुभयो यद्यपि उहाँका बुवा एक सिकर्मी हुनुहुन्थ्यो र साधारण स्तवरको जीवन थियो। समय अनुसार येशू १२ वर्षको हुनुहुँदा नै उहाँ यरूशलेमा भएका यहूदी धर्म गुरूलाई भन्दा बढ्ता थाह थियो। जब उहाँ ३० वर्षको हुनुभयो तब उहाँले इस्राएल वरिपरि घुम्दै, ठूला भीड़हरूलाई प्रचार गर्दै, अद्‍भुत आश्‍चर्यकर्महरू गर्दै आफ्‍नो सार्वजानिक सेवाकाइ शुरू गर्नुभयो। दुईपटक त उहाँले आश्‍चर्यमय तरिकाले हजारौं मानिसहरूलाई खुवाउनुभयो। अन्धो, बहिरो र लङ्गडो लगाए सबै किसिमका रोगहरू उहाँले निको पार्नुभयो। मरेकाहरूलाई पनि जिउँदो पार्नुभयो। उहाँ समुद्रमाथि हिँड्नुभयो र उर्लिरहेका आँधीबतासहरूलाई शान्त पार्नुभयो।

उहाँले गर्नुभएका यी सबै आश्‍चर्यमय कामहरूका कारणले मानिसहरूको माझमा उहाँ लोकप्रिय हुनुभएको थियो। अनि यो कुरा देखेर यहूदी धर्मगुरूहरू उहाँप्रति डाही हुन थाले र उनीहरूले उहाँलाई मार्ने षड्यन्त्र रचे। त्यस समयमा इस्राएलका यहूदीहरू रोमी साम्राज्यको अधिकारमनि थिए। यहूदी अगुवाहरूसँग रोमी सरकारको अुमतिबिना कसैलाई मृत्यु दण्ड दिने अधिकार थिएन। त्यसकारण तिनीहरूले रोमी सरकारको सामु ‘येशूले राज्य आफ्‍नो हातमा लिन खोजिरहेको छ’ भन्नु झूटो आरोप लगाए। जुनचाहिँ वास्तवमा सत्य थिएन तर येशूलाई मृत्युदण्ड दिलाउने आज्ञा पाउनको लागि लगाइएको झूटो आरोप थियो। अन्ततः रोमी सरकारले येशूलाई मृत्युदण्ड दिने आदेश दियो। त्यसपछि उनीहरूले उहाँलाई गिल्ला गरे र निर्दयी तरिकाले पिटे। रोमी सिपाहीहरूले क्रूसमा उहाँका हातहरू र खुट्टाहरूमा किल्ला ठोकेर उहाँलाई मर्नका निम्ति छोड़िदिए। यसरी उनीहरूले येशूलाई मारे। यसलाई नै क्रूसीकरण भनिन्थ्यो।

येशू मर्नुभएपछि उहाँलाई चिहानमा गाड़ियो। तर उहाँ मरेको मरेकै हुनुभएन। जसरी उहाँले प्रतिज्ञा गर्नुभएको थियो ठीक त्यसरी नै उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो। सयौं मानिसहरूद्वारा देखिनुभयो। एकपटक त उहाँ एकैचोटी पाँचसय भन्दा बेसी मानिसहरू कहाँ देखा पर्नुभयो। उहाँको बौरिउठाइ भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई चालीस दिनसम्म शिक्षा दिनुभयो, त्यसपछि उहाँ स्वर्गमा उठाइनुभयो।

अब हामी “येशू किन मर्नुभयो?” भन्ने प्रश्‍नतिर फर्कौं। जवाफ यही हो कि येशू मानिसहरूका पापहरूका निम्ति मर्नुभयो। बाइबलले बताउँछ, संसारकै सबभन्दा पहिलो पुरुष र स्‍त्री जसलाई परमेश्‍वरले बनाउनुभएको थियो उनीहरूले परमेश्‍वरको आज्ञा भङ्ग गरी उहाँको विरुद्ध पाप गरे। अनि जब उनीहरूले पाप गरे तब मानिस पवित्र परमेश्‍वरबाट अलग पारियो र उसको हृदय पापपूर्ण भयो। त्यसबेला देखि, जति पनि मानिसहरू संसारमा जन्मेका छन् तिनीहरू सबै पापपूर्ण स्वभाव लिएर जन्मेका छन्। यही कारणले हामी बेठिक कुराहरू गर्दछौं। मानिसहरूले गर्ने बेठिक कुराहरूकै कारणले संसार आज समस्या, पिड़ा, लड़ाइँ, झै-झगड़ा र दुःखहरूले भरिएको छ।

पापको कारण परमेश्‍वरले मानिसलाई नष्ट गर्न पनि सक्‍नुहुन्थ्यो तर बाइबलले भन्दछ, परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र बचाउन चाहनुहुन्छ। बाइबलमा भएको सबभन्दा प्रसिद्ध पदले हामीलाई निम्न कुराहरू बताउँदछः

“किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो- उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।”(यूहन्ना ३:१६)।

परमेश्‍वरको एकमात्र जन्माइएको पुत्र येशू हुनुहुन्छ। उहाँ संसारमा आउनुभयो, कन्याद्वारा जन्मनुभयो, र पापरहित जीवन जिउनुभयो। त्यसपछि उहाँ दण्ड भोग्‍न क्रूसमा मर्नभयो। हाम्रो पापको कारणले हामी परमेश्‍वरको सामु ऋणी छौं। हामीले परमेश्‍वरको व्यवस्था भंग गरेका छौं।

परमेश्‍वर पवित्र हुनुहुन्छ। उहाँ नियम(व्यवस्था)  र न्यायका परमेश्‍वर हुनुहुन्छ। उहाँले आफ्‍नो व्यवस्था ३५०० वर्ष अगाडि मानिसहरूलाई दिनुभयो अनि यो बाइबलमा लेखिएको छ। तर सबै मानिसहरूले उहाँका नियम तोडेका छन्। परमेश्‍वरको नियमले यस्तो भन्दछः

१. मेरो सामु तिम्रा अरू कुनै ईश्‍वरहरू हुनुहुँदैन।

२. तिमीले तिनीहरूलाई दण्डवत नगर्नू, तिनीहरूको पूजा नगर्नू;

३. तिमीले परमप्रभु आफ्‍ना परमेश्‍वरको नाम व्यर्थैमा नलिनू;

४. विश्राम दिन पवित्र मान्नलाई यसको सम्झना राख्‍नू!

५. आफ्‍ना बाबु र आफ्‍नी आमालाई आदर गर,

६. तिमीले हत्या नगर्नू!

७. तिमीले व्यभिचार नगर्नू!

८. तिमीले चोरी नगर्नू!

९. तिमीले आफ्‍नो छिमेकीको विरोधमा झूटा गवाही नदिनू!

१०. तिमीले आफ्‍नो छिमेकीको घरको लालच नगर्नू,(प्रस्थान २०ः१-१७)!

मानिसहरूले परमेश्‍वरका नियमहरू तोडेका हुनाले दण्ड पाउनैपर्छ। बाइबलले भन्दछ, “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६ः३२)।

यदि म मेरा पापहरूको क्षमा नपाइकन मरें भने, मैले सदासर्वदाको निम्ति जलिरहेको नरकको झीलमा दण्ड़ भोग्‍नुपर्नेछ।

तर जब येशू क्रूसमा मर्नुभयो तब उहाँले आफैमाथि हाम्रा पापहरूको दण्ड़ लिइदिनुभयो। यसकारण जतिले उहाँमाथि विश्‍वास गर्छन् र उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्छन्, उनीहरूले दण्ड़ भोग्‍नुपर्दैन तर उनीहरूका पापहरू क्षमा गरिनेछ र उनीहरूले अनन्त जीवन पाउनेछन्।

“येशू किन मर्नुभयो त?” खुशीको असल सन्देश यो कि उहाँ तपाईंका पापहरूको निम्ति मर्नुभयो। अनि तीन दिनपछि उहाँ चिहानबाट बौरेर उठ्नुभयो। आज उहाँ स्वर्गमा जीवित हुनुहुन्छ र तपाईंलाई ग्रहण गर्न पर्खिरहनुभएको छ। उहाँ भन्नुहुन्छः “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु; अनि तिमीहरूले आ-आफ्‍नो मनमा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो, र मेरो भारी हलुका छ” (मत्ती ११:२८-३०)।

बाइबलले यो पनि भन्दछ, “किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो- उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। किनभने संसारलाई दोषी ठहर्‍याउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्‍वरले आफ्‍ना पुत्रलाई संसारमा पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, ऊ दोषी ठहरिदैन; तर जसले विश्‍वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्‍वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्‍वास गरेको छैन।” (यूहन्ना ३:१६-१८)

यदि तिमीले आफ्‍नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौं भने, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौं भने तिमीले मुक्ति पाउँनेछौं। किनकि धार्मिकताका निम्ति हृदयले विश्‍वास गरिन्छ अनि मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्रशास्‍त्रले भन्दछः ‘उहाँमाथि विश्‍वास गर्ने हरेक शर्ममा पर्नेछैन। किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्नेहरूका निम्ति धनवान हुनुहुन्छ। किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” (रोमी १०:९-१३)

धन्यवाद

परमेश्‍वरको वचन पवित्र बाइबल नेपाली वा अङ्ग्रेजी माध्यमबाट तपाईं अझै विस्तृत रूपमा अध्ययन गर्न चाहनुहुन्छ भने हामीसँग निशुल्क अध्ययन सामग्रीहरू पनि उपलब्ध छन्। त्यसको लागि निम्न ठेगानामा पत्रचार गर्न सक्नुहुन्छ।

जीवनमार्ग पत्राचार

पोष्ट बक्स ६५६

काठमाडौं, नेपाल

मोबाइल नं. ९८२८-५६७३६५; ९८४९-४५०७९७

Email: info@nepalgoodnews.co

Share via: