The way

के सबै बाटोहरूले एउटै ईश्‍वरकहाँ पुर्‍याँछ?

यो हप्ता मैले धेरै बाटोहरू हिँड्ने र गुड्ने अवसर पाएँ। लगभग पाँच घण्टा एकोहोरो हिँड्ने अवसर पाएँ भने लगभग २५ घण्टा बसमा गुड्ने अवसर पाएँ। मेरो हिँड्ने र गुड्ने कार्यले मलाई बाटोको बारेमा तपाईंसँग कुरा गर्न अहिले बाध्य बनाएको छ।

मित्र, यो छोटो जीवनको यात्रामा मानिस धेरै चोटी धेरै बाटोहरूमा हिँड्नु पर्ने हुन्छ। मैले मेरो जीोनमा धेरै बाटोहरूमा धुलो उड़ाइसकें। तपाईले पनि धेरै बाटोहरूमा धुलो उडाइसक्नु भयो होला। हुन सक्छ मैले भन्दा तपाईंले धेरै बाटोहरूमा धुलो उडाइसक्नुभयो होला। मैले भन्दा धेरै जुत्ता फटाइसक्नुभयो होला। जुत्ता फटाउने धुलो उडाउने क्रममा कहिल्यै तपाईं बाटो हराउनु भएको छ? अथवा कहिल्यै तपाईं बाटो छल्लिनु भएको छ?

कहिले काहिँ हामी बाटो छल्लिन्छौं। बाटो छल्लिएर हामीले धेरै दुःख पाउँछौ। बाटो छल्लियौं भने हामी पुग्‍ने ठाउँमा ठीक समयमा पुग्‍न नसक्दा हामीले धेरै नोक्सानी भोग्‍नुपर्छ।

बाटो हराएर ठीक समयमा पुग्‍न नसक्दा धेरै काम बिग्रन सक्छ। दश बजे नयाँ कामको लािग अन्तर्वार्ता(interview) दिन जानुपर्ने मान्छे हिजो गएको बाटो आज बिर्संदा अन्तर्वार्ता दिन जाने बेलामा एघार बजेछ। परेन त आपद्! अफिसमा बल्ल बल्ल एघार बजे पुगियो। तर के गर्ने अन्तर्वार्ता दिनै पाइएन। यसरी धेरै कुरा बाटो छल्लिँदा अथवा बाटो हराउँदा हामीले  गुमाउनुपर्छ।

बाटो हराउँदा धेरै किसिमको समस्या हाम्रो जीवनमा आउन सक्छ। कति चोटि हाकिमले ठीक समयमा ल्याउ भनेको सामान बाटो हराएकै कारण ठीक समयमा पुर्‍याउन सकिँदैन र हाकिमको ठूलो गालीलाई पनि पचाउनु पर्ने हुन्छ। दुई दिनमा आउनुपर्ने विचरा परदेशी साथी बाटो हराएकै कारण पाँच दिन पनि लाग्‍न सक्छ।

अरूको मात्र कुरा नगरूँ। मेरै जीवनमा म नराम्रोसँग बाटो छल्लिएँ। कुरा के भने एउटा विशेष कामले गर्दा म र मेरो साथी ललितपुरको ले-ले भन्ने ठाउँमा जानुपर्ने भयो। हामी दुबै जना मोटरसाइकलमा ले-ले तिर लाग्यौं हामी ले-ले जान सातदोबाटोबाट हात्तीवन हुँदै गयौं। दुई जना मज्जाले गफ गर्दै ढुक्कसँग मोटरसाइकलमा जाँदै थियौं। हामी लगभग गोदावरी भन्ने ठाउँ नजिक आइपुगि सकेका थियौं तर पनि हामी ले-ले पुग्‍न सकेनौं।

मित्र, किन हामीले ले-ले पुग्‍न सकेनौं थाहा छ तपाईंलाई? हामीले ले-ले जान ठीक बाटो थाहा नभएको कारण अथवा बाटो छल्लिएको कारण हो। बाटो थाहा नपाई हामी आफ्‍नै विचारमा अनुमान गरेर हिँडेका थियौं। त्यसैले हामी ले-ले पुग्‍न सकेनौं। त्यसपछि मेरो साथीलाई मैले भने, साथी हामीले पहिला नै बाटो जान्ने व्यक्तिलाई सोधेको भए हामी यसरी छल्लिनु पर्ने थिएन र यसरी दुःख पनि पाउनु पर्ने थिएन। त्यसपछि गोदावरी पुगेर हामी फर्कियौं र फर्किंदै गर्दा एकजना अपरिचित मानिसलाई दाई, ले-ले जाने बाटो कुन हो हामीलाई बताइदिनु हुन्छ कि भनेर सोध्यौं। हाम्रो नम्र प्रश्नको जवाफ त्यो दाईले स्पष्टसँग दिनुभयो। उहाँद्ये हामीलाई स्पष्टसँग कुन बाटो गयौं भने ले-ले पुगिन्छ भन्ने कुरा बताउनुभयो। अनि उहाँले दिनुभएको निर्देशन अनुसार हामी गयौं अनि मात्र हामी ले-ले पुग्‍न सफल भयौं।

आज संसारमा मानिसहरू विचार गर्छन् र भन्छन्, जुन बाटो गएपनि एउटै ईश्‍वरकहाँ त पुगिने हो नि। बाटो फरक भएतापनि पुगिने चाहिँ एउटै ईश्‍वरकशाँ हो। मित्र, यदि हामीलाई ईश्‍वरकहाँ पुग्‍ने सही बाटोको बारेमा सत्य जानकारी छैन भने जुनसुकै बाटोबाट हामी ईश्‍वरकहाँ पुग्‍न सक्दैनौ। मेरो साथी र म आफ्‍नै विचार र इच्छामा ले-ले पुिग हालिन्छ नि भनेर सोच्दै नसोचि वास्तविक रूपमा सही बाटो नबुझी हिँडेकोले आखिरमा दुःख पाउनुपर्‍यो। त्यसै गरी आज मानिस पनि सत्य ईश्‍वरीय बाटोलाई नबुझी आफ्‍नै विचारमा हिँड्छन् भने एकदिन यसको अन्त ज्यादै ठूलो धोका हुनेछ। मानिसको आफ्‍नै बाटोले मानिसलाई विनाशमा पुर्‍याउँछ।

परमेश्‍वरको वचन पवित्रशास्‍त्र बाइबलमा दुई किसिमको बाटोको बारेमा उल्लेख गरिएको छ जहाँ प्रभु येशूले मानिसहरूलाई यसो भन्नुभयो, साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटोचाहिँ चौडा हुन्छ अनि चौडा बाटोबाट भित्र पस्‍नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ, अनि साँघुरो बाटो भेट्टाउनेहरू थोरै हुन्छन्।

चौडा बाटो भनेको फराकिलो बाटो हो। फराकिलो बाटोमा हिँड्न सजिलो हुन्छ। त्यसकारण यस बाटोमा धेरै मानिसहरू हिँड्छन् भनेर पवित्रशास्‍त्र बाइबलमा बताइएको छ। अनि यस बाटोको हिँडाइले मानिसलाई विनाशमा पुर्‍याउँछ।

एजना मानिस थियो। ऊ बिहानै उठ्थ्यो। हतार हतार गरेर चिसो पानीमा नुहाउँथ्यो। अनि फेरि हतार हतार गर्दै आकाशतिर हेर्थ्यो र ईश्‍वरलाई आफ्‍नो प्रार्थना चढाउँथ्यो, प्रभु, हिजोको जस्तै आज म अझ धेरै कमाउन सकूँ। आज पनि मेरो अफिसमा मलाई घुस दिनेहरू धेरै आऊन्। धेरै मानिसहरू मेरो लािग जुटाई दिनुहोस्। अनि प्रार्थना सकिएपछि ऊ खाना-साना खाएर चट्ट बनेर अफिस जान्थ्यो। अनि अफिसमा उसको आँखा, मन, तन सबै इमान्दारीतिर होइन तर बेइमानीतिर लागि रहन्थ्यो। उसले बेलुका घरमा फर्कंदा श्रीमतिलाई पैसाको बिटो दिन्थ्यो। श्रीमति पनि साँझको प्रार्थनामा ईश्‍वरलाई यसरी प्रार्थना गर्छिन्, हे प्रभु, तपाईलाई धन्यवाद। ओहो! तपाई कति राम्रो दयालु, तपाईंकै कारण आज पनि मेरो श्रीमानले यति पैसा ल्याउन सक्‍नुभयो। प्रभु यस पैसाबाट म तपाईंको लािग यति पैसा भाकल स्वरूप खर्च गर्नेछ। श्रीमतिले ईश्‍वरलाई खुशी पार्नको लािग श्रीमानले बेइमानीसँग कमाएर ल्याएको पैसाले गरिबहरूलाई दान पुण्यमा नाम समेत उल्लेख गरेर िदन्छिन्। श्रीमान र श्रीमतिको नाम ठूलो हुन्छ। समाजमा दीन-दुःखीलाई सहायता गरेको कारण मानिसहरूले एक-आपसमा कानेखुशी गर्छन् र भन्छन्, हेर त कति धेरै पैसा दान दिएको, कति राम्रो हगि तिनीहरू त!

मित्र, यही हो फराकिलो बाटो। यस बाटोमा मानिसहरूलाई जे गर्न पनि स्वतन्त्रता छ। जसरी जीवन जिएता पनि सकिन्छ। रोक्‍ने कसले? जतिजना केटीको जीवन बिगारेतापनि जति घुस खाएपनि। गरिबलाई शोषण गरेर गरिबको पसिनाबाट आफ्‍नो बैंक ब्यालेन्स बढाएता पनि हुन्छ।

दिनभरि काम बेलुका भट्टी जाम

अनि घरमा आएर रीसको झोंकमा,

रक्सीको सूरमा,

स्वास्‍नी र छोरा छोरीलाई ड्याम कि ड्याम!

हो मित्र, यही हो फराकिलो बाटो। अब तपाईंले बुझ्नु भयो होला।

फराकिलो बाटोमा मानिसलाई ईश्‍वरको अलिकति पनि डर हुँदैन। यस बाटोमा मानिस स्वंय नै ईश्‍वर हुन्छन्। मानिस आफ्‍नै विचार र इच्छामा जिउँछन् र हिँड्छन्।

मित्र, तपाईं आफै विचार गर्नुहोस् त! अब यस्तो फराकिलो बाटोबाट हिँडेर मानिस ईश्‍वरकहाँ पुग्‍न सक्छन् त? के यस्ता बाटामा हिँड्नेहरूलाई ईश्‍वरले ग्रहण गर्नुहुन्छ त? मैले एकदिन एकजना दाईलाई यस्तै प्रश्‍न गरें, के जुनसुकै बाटोबाट पनि हामी ईश्‍वरकहाँ पुग्‍न सक्छौं, त दाई? उहाँले मलाई जवाफ दिनुभयो, हो सकिन्छ नि, ईश्‍वरको नजिकमा हामी पुग्‍न सक्छौं। उहाँबाटको अनन्त शान्ति, आनन्द र सुखको लागि नभएर उहाँको अनन्त दण्डको फैसला सुन्न मानिस ईश्‍वरकहाँ पुग्छन्।

बाइबलमा यशैयाको पुस्तक ४५ अध्यायमा परमेश्‍वर भन्नुहुन्छः मेरो सामु हरेक घुँडा टेकिनेछ।

के ईश्‍वर पनि मानिस जस्तै घुस्याहा, व्यभिचारी, ठग, छली, चोर र मतवाला हुनुहुन्छ र? यदि ईश्‍वरको स्वभाव र चरित्र मानिसको जस्तै मतवालापन, व्यभिचारी, छल गर्ने, चोर्ने र ठग्‍ने छन् भने ती हामीलाई शान्ती दिने साँचो सत्य ईश्‍वर होइनन्।

पवित्रशास्‍त्र बाइबलमा हितोपदेशको पुस्तक १६ अध्यायको २५ पदमा परमेश्‍वर यस्तो भन्नुहुन्छः एउटा बाटो छ, जो मानिसको दृष्टिमा ठीक देखा पर्छ, तर त्यसको अन्तचाहिँ मृत्युका बाटाहरू नै हुन्।

मानिसको दृष्टिकोणमा ठीक देखिएको बाटोले अन्त्यमा मानिसलाई अनन्तको दण्डमा पुर्‍याउँछ। त्यसकारण मानिस आफूले आफैलाई यो प्रश्‍न सोध्‍न नितान्त आवश्यक छ, म हिँडिरहको बाटोले मलाई सत्य ईश्‍वरकहाँ पुर्‍याउँछ कि विनाशमा पुर्‍याउँछ?

मित्र, तपाईं सही ईश्‍वरीय बाटोमा आउन सक्‍नुहुन्छ। यदि तपाईं आफू असल जीवन जिउन चाहनुहुन्छ भने आफ्‍नो जीवनलाई सत्य ईश्‍वरीय बाटोमा हिँडाउन चाहनुहुन्छ भने तपाईंलाई प्रेम गर्नुहुने परमेश्‍वर तपाईंलाई अहिले नै सहायता गर्न चाहनुहुन्छ। मित्र, तपाईंको जीवन परमेश्‍वरको दृष्टिमा बहुमूल्य छ। तपाईंको जीवनलाई परमेश्‍वर परिवर्तन गर्न चाहनुहुन्छ। तपाईंलाई सही बाटोमा ल्याएर यस संसारमा तपाईं जिउनुको मतलब बुझाउन उहाँ चाहनुहुन्छ।

मित्र, तपाईं आफैले आफ्‍नो जीवन परिवर्तन गर्न सक्‍नुहुन्न। तर परमेश्‍वर तपाईको अनमोल जीवनलाई परिवर्तन गरेर तपाईलाई सधैभरि वास्‍ना आइरहने फूल झैं बनाउन चाहनुहुन्छ। मित्र, यसको लागि तपाई जीवनको बाटोमा आउनुपर्छ। प्रभु येशूले दुईवटा बाटोहरूको कुरा गर्नु भएको थियो। एउटा फराकिलो बाटो थियो भने अर्को बाटोको बारेमा प्रभुले यस्तो भन्नुभयो, जीवनमा पुर्‍याउने ढोका र बाटो पनि साँघुरो हुन्छ, अनि साँघुरो बाटो भेट्टाउने थोरै हुन्छन्।

जीवनमा पुर्‍याउने बाटो मानिसको आफ्‍नै बाटो होइन। तर यो बाटो ईश्‍वरीय बाटो हो। यस बाटोमा हिँड्नेहरूले आफ्‍नो जीवनमा आफूलाई बनाउनुहुने परमेश्‍वरमा सुम्पिएका हुन्छन् र आफ्‍नो इच्छा र विचारमा होइन तर ईश्‍वरीय इच्छा र विचारमा जिइरहेका हुन्छन्।

मित्र, यो जीवनमा पुर्‍याउने बाटोमा तपाईंको आफ्‍नै बल, प्रयास र असल कामले आउन सक्‍नुहुन्न तर यो बाटोमा आउन तपाईलाई बनाउनुहुने परमेश्‍वरको सहायताको खाँचो छ। तपाईंले भन्नुपर्छ, प्रभु येशू म तपाईंको बाटोमा अर्थात जीवनको बाटोमा आउन चाहन्छु। मलाई सहायता गर्नुहोस्। फराकिलो बाटोमा हिँड्ने मानिसहरूलाई जीवनको बाटोमा अर्थात साँघुरो बाटोमा ल्याउन परमेश्‍वरले एउटा काम गर्नुभयो। त्यो काम के थियो त भन्ने कुरा बुझ्नको लागि म तपाईलाई एउटा रमाइलो उदाहरण बताउन चाहन्छु।

एकजना मानिस थियो। उसको घरको नजिकको जंगलमा धेरै कमिलाहरू बस्थे। एकदिनको कुरा हो, त्यो मानिस कमिलाहरू भएको ठाउँमा गयो र हेर्‍यो। उसले हेर्दा विचरा कमिलाहरूले मेहनतसाथ स-साना काठमा टुक्राहरू र पातहरू आफ्‍नो गोलासम्म लग्दै गरेको देख्यो। ती स-साना पात र काठका टुक्राहरू लैजान कमिलालाई पानीले भरिएको खाल्डाहरू घुम्दै जानुपर्थ्यो। धेरै दिनसम्म त्यस व्यक्तिले कमिलाहरूले गरेको मेहनतलाई हेरिरह्‍यो। ती कमिलाहरूको मेहनतलाई देखेर त्यो व्यक्तिको मनमा दयाको भावना जागेर आयो र सहायता गर्ने इच्छा भयो। त्यो व्यक्तिले कमिलाहरूलाई आफ्‍नो गोलासम्म सजिलै पुग्‍न एउटा पुल हालिदियो। यो पुलद्वारा कमिलाहरूले खाल्डाहरू घुम्‍नुपर्दैनथ्यो। तर चाँडै उनीहरू आफ्‍नो गोलामा पुग्‍न सक्दथे। तर त्यहाँ एउटा समस्या आयो। फुच्चे कमिलाहरूले त्यस दयालु व्यक्तिको निर्माण योजनालाई बुझ्न सकेनन्। विचरा कमिलाहरूले त्यही खाल्डा वरिपरिको बाटोबाट आफ्‍नो गह्रौं भारीहरू ओसारीरहे। त्यसपछि त्यो मानिस साह्रै ठूलो स्वरमा कराएर कमिलाहरूलाई भन्यो, ए कमिलाहरू हो, मैले तिमीहरूका लागि एउटा पुलको बाटो बनाइदिएको छु। त्यो पुलको बाटो भएर जान तिमीहरूले केही पैसा तिर्नुपर्दैन। तिमीहरू सजिलैसँग गन्तव्य स्थानमा पुग्‍न सक्छौ। तर दुःखको कुरा कमिलाहरूले पहिलाको घुमाउरो बाटोहरू नै प्रयोग गरिरहे।

िमत्र, अब म तपाईंलाई एउटा प्रश्‍न सोध्न चाहन्छु। कुन परिस्थितिमा मात्र ती कमिलाहरूले त्यो व्यक्तिको भलाई बुझ्न सक्थे? त्यस व्यक्तिको प्रेम, दया, सहायता र योजनालाई बुझ्न त्यो मानिस कमिला बन्नुपर्थ्यो। अनि मात्र ती कमिलाहरूले त्यस व्यक्तिको योजना र सहायतालाई बुझ्न सक्दथे। हो कि होइन ल भन्नुस् त?

परमेश्‍वरले पनि आफ्‍नो बाटो चिनाउनका निम्ति आफू स्वयम स्वर्गको वैभव त्यागेर, स्वर्गको महिमा त्यागेर यस संसारमा मावन रूपमा जन्म लिनुभयो। उहाँ पवित्रतामा जन्मिनुभयो एक कन्याबाट। उहाँ नै हुनुहुन्छ प्रभु येशू। फराकिलो बाटोबाट जहाँ पापै पाप छ त्यस पापको दलदलको हिलोबाट छुटकारा दिई आफ्‍नो बाटोमा हिँड्न सक्‍ने बनाउन प्रभु येशू तपाईंको लागि क्रूसमा मर्नुभयो। तपाईंको पाप उहाँले बोक्‍नुभयो र तपाईंलाई मृत्यु पश्‍चात पनि अनन्तको घर स्वर्गमा पुर्‍याउन उहाँ तपाईंको मुक्तिको कार्य पूरा गरी फेरि जीिवत भई चालीस दिनसम्म मानिसहरूकहाँ देखापरि स्वर्गमा शरीरमा नै उठाइनु भयो। पवित्रशास्‍त्र बाइबलमा १पत्रुस ३:१८ मा प्रभु येशूले एकजना चेलाले यस्तो भनेका छन्, किनकि हामीलाई परमेश्‍वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि धर्मीले अधर्मीहरूको निम्ति पापहरूका लागि एकपल्ट दुःख भोग्‍नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो।

बाइबलमा यूहन्ना १४:६ मा यस्तो भन्नुभएको छः बाटो, सत्य र जीवन म नै हुँ, मबाहेक कोही पनि परमेश्‍वरकहाँ आउँदैन।

यसको मतलब कुनै धर्मले,  कुनै असल कामले र आफै असल बन्न खोजेर मानिस स्वर्ग पुग्‍न सक्दैन।

मित्र, यदि हाम्रो लुगा फोहोर छ भने हामी लुगा च्यातेर फाल्छौं कि सफा पारेर धुन्छौ? हामी लुगा च्यातेर फाल्दैनौ। तर सफासँग साबुन पानीले धुन्छौ र फेरि लुगा प्रयोग गर्छौ। परमेश्‍वरले मानिसलाई आफ्‍नो महिमाको लागि बनाउनुभएको थियो। तर जब पहिलो मानिसले पाप गरे र फोहोर भएर परमेश्‍वरबाट टाढा भई आफ्‍नै बाटोमा हिडे। तब फेरि मानिसलाई आफ्‍नो महिमाको लागि सिद्ध र सफा बनाई प्रयोग गर्न र मानिसको पाप धुनको लागि एउटा बाटो बनाउनुभयो। त्यो बाटो येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टले संसारकै पापीको लागि २००० वर्ष अघि क्रूसमा बलि भई रगत बगाउनुभयो। त्यसैले येशूको रगतद्वारा मात्र तपाईंको पाप धुन सकिन्छ। जब तपाईले येशूले तपाईको पापको लागि रगत बहाउनुभएको कुरामा विश्‍वास गर्नुहुन्छ तब तपाईको क्षमा र शुद्ध हुन्छ। फोहोर लुगा हामीलाई मन नपरे झैं परमेश्‍वर पनि हाम्रो पापलाई घृणा गर्नुहुन्छ। तर हामी मानिसलाई उहाँ प्रेम गर्नुहुन्छ।

मित्र, परमेश्‍वर हामी मानिस विनाशको बाटोमा हिँडेको चाहनुहुन्न तर उहाँ जीवनको बाटोमा हिँडेको चाहनुहुन्छ। निर्णय तपाईंको हातमा छ। तपाईंको निर्णयले तपाईं ईश्‍वरीय बाटोमा आउन सक्‍नुहुन्छ। कसरी हामी परमेश्‍वरको बाटोमा आई उहाँले दिने मुक्ति पाउन सक्छौं अनि यस प्रश्‍नको उत्तर बाइबलको रोमीको पुस्तक १०ः९ पदमा यसरी दिइएको छ, यदि तिमीले आफ्‍नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौं भने र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौं भने तिमीले मुक्ति पाउनेछौं।

Share via: