पाठ ५

प्रभु येशू ख्रीष्ट, उद्धारकर्ता
- उहाँको मृत्यु र पुनरूत्थान

तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः

१. येशू, एक असाधारण व्यक्ति

२. येशूको जन्म

३. येशूका उपदेशहरू

४. येशूका कामहरू

५. येशूको जीवन

६. येशूको मृत्यु

७. येशूको बौरिउठाई

८. के सबै बाटाहरूले एउटै ठाउँमा पुर्‍याउँछ ?

९. मैले मुक्तिकसरी पाउन सक्छु ?

 

तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्‍नुहुनेछ (correspondence@nepalgoodnews.com)।

१. येशू, एक असाधारण व्यक्ति हुनुहुन्थ्यो।

संसारमा प्रायः सबै मानिसहरूले येशूका बारेमा सुनेका छन्। त्यो उहाँकै नाम हो जुन इतिहासको हरेक कालखण्डमा विश्‍व प्रसिद्ध छ। येशूलाई पछ्याउनेहरू हरेक देशमा छन् र विश्‍वमा लाखौं मण्डलीहरू छन्, जहाँ येशूमाथि विश्‍वास गर्नेहरू हरेक हप्ता येशूको आराधना गर्न र उहाँको बारेमा सिक्‍न भेला हुन्छन्। हाल प्रचलित पात्रो उहाँकै जन्म दिवसमा आधारित छ, साथै संसारका इतिहासमा उहाँका बारेमा अरू कुनै पनि व्यक्तिको भन्दा बढी संख्यामा गीतहरू, पुस्तकहरू र चित्रहरू प्रकाशित भएका छन्।

वास्तवमा, येशू को हुनुहुन्छ? कोही मानिसहरू विश्‍वास गर्छन् कि शिव, कृष्णा, साइबाबा, मोहम्मद तथा अरू कैयौं, सबै एउटै र उही परमेश्‍वरका अवतार हुन्। उनीहरूको विश्‍वास छ कि उही परमेश्‍वर इतिहासको विभिन्न कालखण्डमा विभिन्न रूपमा देखा पर्नुभएको हो, त्यसैले सबै धर्महरू वास्तवमा एउटै हुन्। यी मानिसहरू भन्छन् कि सबै बाटोहरूको गन्तव्य स्थान एउटै हुन्छ तर जानका निम्ति भने बाटाहरू विभिन्न छन्। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरलाई तपाईं कसरी मान्नुहुन्छ र कुन परमेश्‍वरलाई मान्नुहुन्छ, त्यसले केही फरक पार्दैन, किनकि परमेश्‍वर सबै एकै हुन्। यदि यस सोचाइलाई साँचो मान्ने हो भने, येशू इतिहासमा देखा परेका अरू ईश्‍वरभन्दा भिन्न हुनुहुन्न र उहाँ अरू ईश्‍वर सरह नै हुनुहुन्छ। तर के ती सबै एउटै र उही हुन् त? यदि तपाईं इमान्दारीपूर्वक केही तथ्यहरू विचार गर्नुहुन्छ भने, तपाईंले ईश्‍वरका चरित्रहरू, शिक्षाहरू, कामहरू, आश्‍चर्यकर्महरू, ऐतिहासिक तथ्यहरू, भविष्यवाणीहरू आदि जस्ता कुराहरूमा त्यहाँ धेरै भिन्नताहरू भएको महसुस गर्न पाउनुहुनेछ। अनि येशू अरू ईश्‍वरहरू भन्दा बिलकुल फरक हुनुहुन्छ भन्ने कुरालाई सफासँग बुझ्न सक्नुहुनेछ। अब बाइबलबाट येशूको उपदेशहरू र येशूका  जीवन बारेमा केही कुराहरू हेरौं – तब येशू कसरी मोहम्मद, वा कृष्णा वा इतिहासका अन्य समयका ईश्‍वरहरू भन्दा फरक हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौं।

उहाँको बारेमा अध्ययन गरेर येशू अरू सबैभन्दा फरक हुनुहुन्छ भन्ने कुरा देख्‍न सजिलो हुन्छ। सबैभन्दा पहिले, उहाँ दुई हजार वर्षअघि जन्मनुभए तापनि, उहाँको अस्तित्व उहाँको जन्म हुनुभन्दा पनि अघि नै थियो भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। यो कसरी हुन सम्भव छ? उहाँ त्यही परमेश्‍वर हुनुहुन्छ जसले हाम्रो सृजना गर्नुभयो र जो पृथ्वी, सुर्य, चन्द्रमा र ताराहरू अस्तित्वमा आउनुभन्दा पहिले नै अस्तित्वमा हुनुहुन्थ्यो। इतिहासमा उपयुक्त समयमा जब समय पूरा भयो, परमेश्‍वर मानवको रूपमा एउटा महान् उद्देश्य अनुरूप पृथ्वीमा आउनुभयो। त्यो उद्देश्यचाहिँ पापी मानिसहरूको उद्धारको निम्ति थियो। के तपाईं हाम्रो सृष्टिकर्ता, सिद्ध, सर्वशक्तिमान्  परमेश्‍वरले मान जातिका निम्ति मुक्ति ल्याउनका लागि यस पापले भरिपूर्ण पृथ्वीमा आउनलाई स्वर्ग छाड्नुभएको कल्पना गर्न सक्नुहुन्छ? मानिस प्रति उहाँको कस्तो अपार प्रेम! उहाँको नाम येशू ख्रीष्ट थियो। येशूको अर्थ मुक्तिदाता र ख्रीष्टको अर्थ अभिषेक गरिएको हुन्छ। सारा मानिसका लागि मुक्ति ल्याउनका लािग उहाँलाई छानिएको थियो।

२. येशूको जन्म एक असाधारण किसिमको जन्म थियो।

पवित्र अगमवक्ताहरूले उहाँको जन्मको बारेमा हजारौं वर्ष अघिदेखि भविष्यवाणी गर्दै आएका थिए। ती भविष्यवाणीहरू अक्षरसः पूरा भएका थिए। उहाँको जन्मस्थान र जन्म हुने समय बारे ७०० वर्ष पहिले नै भविष्यवाणी गरिएको थियो। भविष्यवाणी अनुरूप उहाँको जन्म मरियम नामकी कन्याबाट भयो। यो कुरा मानिसहरूका लागि असम्भव थियो तर परमेश्‍वरका लागि सम्भव थियो। उहाँको जन्म भएको बेलामा स्वर्गदूतहरू देखा परे र उहाँ मानव जातिको मुक्तिदाता हुनुहुन्छ भनेर घोषणा गरे। करिब ३० वर्षको हुनुहुँदा उहाँको आफ्‍नो सार्वजानिक सेवाकाइको प्रारम्भ गर्नुभयो। त्यस बखत स्वर्गबाट परमेश्‍वर बोल्नुभयो र येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी घोषणा गर्नुभयो। यसको अर्थ वास्तवमा येशू आफै नै परमेश्‍वर हुनुहुन्छ भन्ने हुन्छ।

ती दिनहरूमा यूहन्ना नाम गरेका अगमवक्ताले मानिसहरूलाई आ-आफ्‍ना पापको पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्कने आदेश दिँदै व्यापक रूपमा प्रचार गर्न थाले। अगमवक्ता ती थिए जसले परमेश्‍वरको रहस्यलाई खुला गरिदिन्थे र भविष्यमा हुने घट्नाको भविष्यवाणी गरिदिन्थे। भविष्यवक्ता यूहन्ना परमेश्‍वरको रहस्यहरू मानिसहरूलाई प्रकट गर्न परमेश्‍वरद्वारा विशेषरूपमा चुनिएका र मानिसहरूको बीचमा पठाइएका थिए। एक दिन, यूहन्नाले येशूलाई आफूतर्फ आउँदै गर्नुभएको देखे र भने, हेर, परमेश्‍वरका थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ(यूह १ः२९)। उनले गवाही दिएअनुसार येशू परमेश्‍वरको थुमाको रूपमा आउनुभएको थियो। यो सत्यतालाई बुझ्नका लािग परमेश्‍वरले थुमाको बलिदानबारे आफ्‍नो वचनमा पहिले नै के भन्नुभएको थियो, त्यो बुझ्नु आवश्यक छ।

मानिस पापमा फसेदेखि नै परमेश्‍वरले मानिसका लागि पाप क्षमाको लागि बाटोको प्रबन्ध गरिदिँदै आउनुभएको थियो। मानिसको निष्खोट थुमा तयार पारेर त्यस थुमामा आफ्‍नो हात राखेर, आफ्‍नो पाप मानिलिनुपर्थ्यो। त्यसपछि त्यस थुमालाई बलि दिनुपर्थ्यो। त्यस बलिले गर्दा पापलाई पापको दण्डबाट जोगाइनेछ भनी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो। यस बलिदानले पछि आउनुहुने उद्धारकर्ता र उहाँको बलिदानको चित्रण दिँदथ्यो। आउनेवाला उद्धारकर्ता येशू नै हुनुहुन्थ्यो। उहाँ परमेश्‍वरको सच्चा थुमा हुनुहुन्थ्यो। उहाँ मुक्तिदाता हुनुहुन्थ्यो जो मानवजातिको पापको निम्ति बलिदानको रूपमा मर्नका लागि आउनुभयो।

३. येशूका उपदेशहरू असाधारण थिए।

येशूका उपदेशहरू सुनेर हजारौं मानिस उहाँको पछि लाग्थ्यो। यी मानिसहरुले येशूलाई अरू मानिसहरूभन्दा बेग्‍लै देखे अनि उहाँले अरू कसैले गर्न नसकेको काम गर्नुहुन्थ्यो। उहाँका उपदेशहरू पनि अरूको भन्दा बेग्‍लै थिए। येशूले अधिकारका साथ सिकाउनुहुन्थ्यो जुन अरूले सक्दैनथे। उहाँले भन्नुभयो, संसारको ज्योति म नै हुँ; जसले मलाई पछ्याउँछ, ऊ अन्धकारमा हिँड्नेछैन, तर उसले जीवनको ज्योति पाउनेछ(यूह ८ः१२)। यसको अर्थ यो हो कि येशू एक मात्र व्यक्ति हुनुहुन्छ जसले यस संसारका आत्मिक अन्धकारमा भएकाहरूलाई ज्योति दिन सक्‍नुहुन्छ। येशूलाई पछ्याउने हरेक मानिसहरूले जीवनको साँचो ज्योति पाउँछन्। येशूले केही कुरा यस्तो पनि भन्नुभएको छ, जुन हामीले याद राख्नु अति आवश्यक छ। उहाँले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन(यूह १४ः६)। मानिसहरू धेरै बाटाहरू छन् भनी दाबी गर्दछन्। येशूले यहाँ भन्नुहुन्छ, परमेश्‍वरसम्म पुग्‍ने बाटो उहाँ मात्र हुनुहुन्छ, अरू कुनै छैन। मानिसहरू भन्छन्- सबै धार्मिक उपदेशहरू साँचा छन् तर येशूले भन्नुभयो – उहाँ आफै सत्य हुनुहुन्छ। यसको अर्थ – सत्य केवल उहाँ मात्र हुनुहुन्छ। बाइबलले कहिले पनि धेरै बाटाहरू र सत्यहरू छन् भनेर सिकाउँदैन, बरू एउटै सत्य र एउटै मात्र बाटो छ भनी सिकाउँछ। यसरी, येशूले संसारको मुक्तिदाता र मानिसहरूलाई अनन्त जीवन दिन सक्‍ने उहाँ मात्र हुनुभएको कुरा घोषणा गर्नुभएको हामी देख्छौं।

४. येशूका कामहरू असाधारण थिए।

येशूका कामहरूको बारेमा के नि? उहाँ पृथ्वीमा हुनुहुँदा, के उहाँका क्रियाकलापहरू अरू मानिसका जस्तै थिए? के उहाँ इतिहासका विभिन्न समयमा देखा परेका अन्य देवताहरू जस्तै हुनुहुन्थ्यो वा फरक हुनुहुन्थ्यो? येशूले गर्नुभएका कुराहरू पढ्नुहोस् र उहाँ अरू जस्तै हुनुहुन्थ्यो वा फरक हुनुहुन्थ्यो भन्ने कुरा निर्णय गर्नुहोस्।

येशू आफ्‍ना कामहरूमा शक्तिशाली हुनुहुन्थ्यो र उहाँले गर्नुभएका  सबै कामहरूले मानिसहरूलाई कुनै न कुनै किसिमले फाइदा गरे। ती कामहरू कसैको पनि भलाइ नगर्ने अनुपयोगी थिएनन्। येशूले जन्मैदेखिको अन्धालाई देख्‍ने तुल्याउनुभयो; गुँगालाई बोल्ने तुल्याउनुभयो; उहाँले बहिरालाई सुन्न सक्‍ने पार्नुभयो। ती मानिसहरूलाई अस्पतालमा नलगिकन वा कुनै मन्त्रतन्त्र नगरिकन वा कुनै पनि औंषधी प्रयोग नगरिकन नै केवल उहाँको शक्तिले मात्र उहाँले यी आश्‍चर्यकर्महरू गर्न सक्नुभयो। उहाँले पक्षघात भएर सुकेका हातहरूलाई निको पारिदिनुभयो। लङ्गडोलाई िहँड्नका लागि बलियो र स्वस्थ गोडा दिनुभयो। उहाँले मानिसहरूको अरू धेरै रोगहरू हटाइदिनुभयो। वास्तवमा सारा रोगहरूमािथ उहाँको अधिकार थियो। कुनै पनि रोगलाई आफ्‍नै शक्तिद्वारा निको पार्न सक्‍नुहुन्थ्यो। संसारको सृष्टिदेखि नै येशूले गर्नुभएको जस्तै आश्‍चर्यकर्म कसैले गर्न सकेका छैनन्।

येशूले मानिसहरूबाट दुष्ट आत्मालाई निकाल्नुभयो। उहाँले शैतानको बन्धनमा परेकाहरूलाई पूर्ण छुटकारा दिनुहुन्थ्यो। शैतानका साथ साथै रोगहरूमािथ पनि उहाँको अधिकार थियो।

येशूले प्रकृतिमाथि पनि आफ्‍नो अधिकार छ भनेर पटक पटक प्रमाणित गर्नुभयो। के तपाईं हावालाई बहनबाट रोक्न सक्नुहुन्छ? एक पटक येशू उहाँका चेलाहरू डुङ्गामा चढेर समुद्र पार गर्न लाग्दा ठूलो बतास बहन थाल्यो। समुद्रको छाल माथि माथि उठ्न थाल्यो र डुङ्गा डुब्न लागेर सबै मर्ला जस्तै भए। येशूले उभिएर बतासलाई ‘शान्त हो’ भन्नुभयो र तुरून्तै बतास थािमयो र समुद्र पनि शान्त भयो। कस्तो आश्‍चर्यकर्म थियो यो! बतास र समुद्र पनि येशूको नियण्त्रणमा थिए। अर्को पटक येशूका चेलाहरू चाहिँ डुङ्गामा थिए र येशू चाहिँ पानीमाथि हिडेर आफ्‍ना चेलाहरूलाई भेट्टाउन पुग्‍नुभयो। मानिसको लािग पानीमाथि हिड्न असम्भव कुरा हो तर परमेश्‍वरका लागि केही कुरा पनि असम्भव छैन।

तपाईंले मृत्युबाट बौरिएर उठेको कति मानिस देख्नुभएको छ? कुनै पनि डाक्टर, साधु वा योगीले मानिसलाई मृत्युबाट बौराएर उठाउन सक्दैन। तर येशूले एउटी बाह्र वर्षकी केटीलाई मृत्युबाट बौराएर उठाउनुभयो। उहाँले ती केटीलाई मृत्युबाट जगाउनका लागि औषधी, जादु या अन्य केही कुरा प्रयोग गर्नुभएन तर आफ्‍नै वचन र शक्तिको प्रयोग गर्नुभएको थियो।

एक दिन येशूले एउटी विधवा स्‍त्री आफ्‍नो छोरा मरेकोले रोइरहेकी देख्नुभयो। उनको छोराको शवलाई गाड्नका लागि लगिरहेको थियो। त्यसलाई त्यसलाई गाडिएन किनकि येशूले त्यसलाई प्रेमपूर्वक ब्यूँताइदिनुभएको थियो।

येशूले लाजरस नाम गरेका एक जना मानिसलाई मरेर गाडेको चार दिन भइसकेपछि पनि मृत्युबाट ब्यूँताइदिनुभयो। यी सारा आश्‍चर्यकर्महरूबाट उहाँमा मृत्युमाथि पनि अधिकार थियो भन्ने कुरा स्पष्टरूपमा देख्न सकिन्छ। येशू साँचो परमेश्‍वर हुनुहुन्थ्यो जसले संसार र संसारमा भएका यावत थोकहरूको सृष्टि गर्नुभएको हो भन्ने कुराले कैयौं प्रमाणहरू मध्ये यो एउटा प्रमाण हो। मृत्युमाथि विजयी हुन केवल परमेश्‍वर मात्र सक्षम हुनुहुन्छ। येशूका वचनहरू सत्य छन् भन्ने कुरा यी सारा कामहरूले प्रमाणित गर्दछन्। उहाँ नै संसारको अद्वितीय मुक्तिदाता र परमप्रभु हुनुहुन्छ भन्ने कुरा उहाँका कामहरूद्वारा प्रमाणित भएका छन्।

५. येशूको जीवन असामान्य थियो।

हाम्रो वरिपरि मानिसहरूलाई हेर्दा हामी के देख्छौं? हामी झूट बोल्ने, चोरी गर्ने, ठगी गर्ने, रिसाउने, लोभी आदि देख्छौं। हामी परमेश्‍वरलाई भन्दा आफूलाई बढी माया गर्ने, आफ्‍नो दुःखहरूबारे चिन्ता गर्ने, अरूको दुःखकष्टबारे वास्ता नगर्ने मान्छेहरू देख्छौं तर पनि ती मानिसहरू पनि सिद्ध र पापरहित छैनन्। कहिल्यै झूट  नबोल्ने वा लोभ नगर्ने र घमण्ड नगर्ने मानिस भेट्टाउन सकिदैन। मानव जातिले धेरै धेरै गल्ती गरेका हामीले देख्दै आएका छौं। तर हामीले येशूका जीवनलाई जाँच्दा यी खराब कुराहरूमध्ये एउटा पनि देख्न सक्दैनौं। जब हामी येशूको जीवनलाई जाँच्छौ, हामी उहाँमा विशुद्ध प्रेम, पवित्रता तथा सत्यता देख्छौं। हामी येशूले एउटा पनि पाप गर्नुभएको भेट्टाउन सक्दैनौं। अहिलेसम्म संसारमा जन्मिएका मानिसहरूमा केवल येशू मात्र शुद्ध हुनुहुन्छ। उहाँले कहिले झूट बोल्ने, चोर्ने वा ठग्‍ने गर्नुभएन न ता लोभी वा घमण्डी नै हुनुभयो। उहाँले भलाई मात्र गर्नुभयो। मानिसको पापको लागि आफ्‍नो जीवन बलिदान दिनु भएर मानिसहरूप्रति आफ्‍नो गहिरो माया दर्शाउनुभयो। हामीले गरेको पापहरूका निम्ति उहाँले दण्ड भोग्‍नुभयो। उहाँले हाम्रा निम्ति दुःख भोग्‍नुभयो। केवल उहाँ मात्र शुद्ध व्यक्ति हुनुहुन्छ किनकि उहाँ परमेश्‍वर नै हुनुहुन्थ्यो जो मानिसको रूपमा आउनुभएको थियो।

६. येशूको मृत्यु असाधारण थियो।

येशू असाधारण व्यक्ति हुनुहुन्थ्यो। उहाँ क्रूसमा मर्नुभयो। केही मानिसहरू भन्दछन्, येशू परमेश्‍वर भएको भए, उहाँ संसारको सृष्टिकर्ता हुनुभएको भए, अरूबाट कसरी मारिनुहुन्थ्यो? परमेश्‍वर कहाँ मर्नुहुन्छ? हामीले यो महसुस गर्नु आवश्यक छ कि येशू स्वेच्छाले क्रूसमा मर्नुभएको हो। हाम्रा पापहरूका लागि एउटा निष्खोट बलिको आवश्यक थियो, त्यसैले उहाँ मर्नुभयो। उहाँमाथि विश्‍वास गर्नेहरू र उहाँलाई पछ्याउनेहरू सबै र तपाईंको लागि उहाँ स्वइच्छापूर्वक बलि भइदिनुभयो। उहाँ संसारका लािग पठाइनुभएको थुमा हुनुहुन्थ्यो।

नोटः येशू नराम्रोसँग पिटिएपछि क्रूसमा किल्ला ठोकिएर मर्नुभयो। क्रूसमा किल्ला ठोकेर मार्ने तरिका रोमी सरकारले अपराधीहरूलाई मार्नको लागि बनाएको क्रूर तरिका थियो। तर येशू अपराधी त हुनुहुन्नथ्यो। उहाँले कुनै गल्ती गर्नुभएको थिएन। मानिसले पाप गरेको हुँदा र पापको ज्याला(सजाय) मृत्यु भएको हुँदा मानिसको छुटकाराको लागि येशूको बलिदान हुनु नितान्त आवश्यक थियो। यहूदी धर्मगुरूहरूले डाहाको कारणले रोमी प्रहरी बलको मद्दत लिएर येशूलाई मार्नका लागि पक्राउ गरे। यहूदीहरूले एउटा नक्कली न्यायलय खडा गरे र उहाँको विरूद्धमा झूटा साक्षी तयार पारेर, अनि उनीहरूले उहाँलाई मृत्युदण्डको भागिदार भएको घोषणा गरे। तब तिनीहरूले उहाँलाई मृत्युदण्ड अन्तिम सुनुवाइका लागि रोमी शासक पिलातसकहाँ प्रस्तुत गरे। तर पिलातसले येशूमा कुनै गल्ती फेला पार्न सकेनन्। उनले येशू दोषरहित हुनुभएको र मृत्युदण्ड दिने योग्य नहुनुभएको कुरा भने। तर दुष्टहरूको भीडले ठूला ठूला स्वरले कराएर येशूको लागि मृत्युदण्डको माग गरे। त्यसैले ती दुष्टहरूलाई खुशी पार्नका लागि पिलातसले मृत्युदण्डको घोषणा गरिदिए र मर्नका लागि येशूलाई त्यस निर्दयी भीडलाई सुम्पिदिए। अनि क्रोधित भीडले उहाँलाई गिल्ला गरे। झूटो दोषारोपण गरे, उहाँलाई थुके, पिटे र अन्त्यमा क्रूसमा झुण्ड्याएर मारे। त्यस्तो कष्ट भोग्दा भोग्दै पनि उहाँले भन्नुभयो, हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्।(लूका २३ः३४)। यो पापरहित मुक्तिदाताको प्रार्थना थियो जसले आफ्‍नो बलिदानद्वारा मान्छेको पापको दण्ड तिर्नुभयो र मानवका लागि सर्वशक्तिमान परमेश्‍वरसँग सम्बन्ध जोड्ने बाटो तयार पारिदिनुभयो। येशूको बलिदानले परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो र उहाँमा सबैलाई ग्रहण गर्ने बाटो खुला भयो। जसको फलस्वरूप, परमेश्‍वर र हाम्रो बीचमा हाम्रो पापको कारणले खडा भएको पर्खाल(अडचन) ढल्यो। अब येशूको माध्यमद्वारा मानिसहरूले पापको क्षमादान प्राप्त गर्न सक्छन् र परमेश्‍वरसँग एक पवित्र सम्बन्ध राख्न सक्छन्। केवल येशू ख्रीष्टमा मात्र पापीहरूको पापको क्षमा पाउन सक्छन्। आज हरेक पापीको लागि स्वर्ग जाने बाटो केवल येशू ख्रीष्ट मात्र हुनुहुन्छ।

येशूको मृत्यु हुनुभन्दा पहिले आकाश दिउँसो मध्यान्नदेखि तीन बजेसम्म तीन घण्टा अन्धकार भयो, अनि त्यसपछि धेरै शक्तिशाली भूकम्प गयो। एउटा महत्वपूर्ण करा हुँदैछ भनी देखाउनलाई यी चाहिँ परमेश्‍वरबाटका चिन्हहरू थिए। धेरै कष्ट सहेपछि येशूले क्रूसमा प्राण त्याग्‍नुभयो। संसारको मुक्तिदाता येशू मर्नुभयो। उहाँले आफूलाई बचाउनका लागि हजारौं स्वर्गदूतहरूलाई बोलाउन सक्‍नुहुन्थ्यो तर त्यस्तो गर्नुभएन। उहाँले स्वइच्छाले आफ्‍नो जीवन हाम्रा पापहरूका ऋण तिर्नका लागि परमेश्‍वरको सामु सुम्पिनुभयो। 

येशूको शरीरलाई त्यसै दिन लगेर चिहानमा राखियो जुन चिहान पहाडको चट्टानमा खनिएको थियो। उहाँले मरेको तेस्रो दिनमा बौरिनेछु भनी प्रतिज्ञा गर्नुभएको कुरा रोमी सरकारलाई थाहा भए पनि त्यस्तो साँच्चि नै हुन्छ भन्ने कुरा तिनीहरूले विश्‍वास गरेनन्। त्यसकारण उहाँको शरीरलाई चोरेर उहाँ मरेकोबाट बौरिउठ्नुभयो भनी कसैले दाबी गर्न नसकून् भनेर रोमी सरकारका मानिसहरूले चिहानको ढोकामा ठूलो ढुङ्गा राखिदिएर सरकारको छाप मारिदिए। त्यति मात्र होइन उहाँको चिहानलाई सुरक्षा दिन रातदिन रोमी सिपाहीहरू रहने व्यवस्था गरिदिए।

येशू आफ्‍ना कामहरूमा शक्तिशाली हुनुहुन्थ्यो र उहाँले गर्नुभएका  सबै कामहरूले मानिसहरूलाई कुनै न कुनै किसिमले फाइदा गरे। ती कामहरू कसैको पनि भलाइ नगर्ने अनुपयोगी थिएनन्। येशूले जन्मैदेखिको अन्धालाई देख्‍ने तुल्याउनुभयो; गुँगालाई बोल्ने तुल्याउनुभयो; उहाँले बहिरालाई सुन्न सक्‍ने पार्नुभयो। ती मानिसहरूलाई अस्पतालमा नलगिकन वा कुनै मन्त्रतन्त्र नगरिकन वा कुनै पनि औंषधी प्रयोग नगरिकन नै केवल उहाँको शक्तिले मात्र उहाँले यी आश्‍चर्यकर्महरू गर्न सक्नुभयो। उहाँले पक्षघात भएर सुकेका हातहरूलाई निको पारिदिनुभयो। लङ्गडोलाई िहँड्नका लागि बलियो र स्वस्थ गोडा दिनुभयो। उहाँले मानिसहरूको अरू धेरै रोगहरू हटाइदिनुभयो। वास्तवमा सारा रोगहरूमािथ उहाँको अधिकार थियो। कुनै पनि रोगलाई आफ्‍नै शक्तिद्वारा निको पार्न सक्‍नुहुन्थ्यो। संसारको सृष्टिदेखि नै येशूले गर्नुभएको जस्तै आश्‍चर्यकर्म कसैले गर्न सकेका छैनन्।

येशूले मानिसहरूबाट दुष्ट आत्मालाई निकाल्नुभयो। उहाँले शैतानको बन्धनमा परेकाहरूलाई पूर्ण छुटकारा दिनुहुन्थ्यो। शैतानका साथ साथै रोगहरूमािथ पनि उहाँको अधिकार थियो।

येशूले प्रकृतिमाथि पनि आफ्‍नो अधिकार छ भनेर पटक पटक प्रमाणित गर्नुभयो। के तपाईं हावालाई बहनबाट रोक्न सक्नुहुन्छ? एक पटक येशू उहाँका चेलाहरू डुङ्गामा चढेर समुद्र पार गर्न लाग्दा ठूलो बतास बहन थाल्यो। समुद्रको छाल माथि माथि उठ्न थाल्यो र डुङ्गा डुब्न लागेर सबै मर्ला जस्तै भए। येशूले उभिएर बतासलाई ‘शान्त हो’ भन्नुभयो र तुरून्तै बतास थािमयो र समुद्र पनि शान्त भयो। कस्तो आश्‍चर्यकर्म थियो यो! बतास र समुद्र पनि येशूको नियण्त्रणमा थिए। अर्को पटक येशूका चेलाहरू चाहिँ डुङ्गामा थिए र येशू चाहिँ पानीमाथि हिडेर आफ्‍ना चेलाहरूलाई भेट्टाउन पुग्‍नुभयो। मानिसको लािग पानीमाथि हिड्न असम्भव कुरा हो तर परमेश्‍वरका लागि केही कुरा पनि असम्भव छैन।

तपाईंले मृत्युबाट बौरिएर उठेको कति मानिस देख्नुभएको छ? कुनै पनि डाक्टर, साधु वा योगीले मानिसलाई मृत्युबाट बौराएर उठाउन सक्दैन। तर येशूले एउटी बाह्र वर्षकी केटीलाई मृत्युबाट बौराएर उठाउनुभयो। उहाँले ती केटीलाई मृत्युबाट जगाउनका लागि औषधी, जादु या अन्य केही कुरा प्रयोग गर्नुभएन तर आफ्‍नै वचन र शक्तिको प्रयोग गर्नुभएको थियो।

एक दिन येशूले एउटी विधवा स्‍त्री आफ्‍नो छोरा मरेकोले रोइरहेकी देख्नुभयो। उनको छोराको शवलाई गाड्नका लागि लगिरहेको थियो। त्यसलाई त्यसलाई गाडिएन किनकि येशूले त्यसलाई प्रेमपूर्वक ब्यूँताइदिनुभएको थियो।

येशूले लाजरस नाम गरेका एक जना मानिसलाई मरेर गाडेको चार दिन भइसकेपछि पनि मृत्युबाट ब्यूँताइदिनुभयो। यी सारा आश्‍चर्यकर्महरूबाट उहाँमा मृत्युमाथि पनि अधिकार थियो भन्ने कुरा स्पष्टरूपमा देख्न सकिन्छ। येशू साँचो परमेश्‍वर हुनुहुन्थ्यो जसले संसार र संसारमा भएका यावत थोकहरूको सृष्टि गर्नुभएको हो भन्ने कुराले कैयौं प्रमाणहरू मध्ये यो एउटा प्रमाण हो। मृत्युमाथि विजयी हुन केवल परमेश्‍वर मात्र सक्षम हुनुहुन्छ। येशूका वचनहरू सत्य छन् भन्ने कुरा यी सारा कामहरूले प्रमाणित गर्दछन्। उहाँ नै संसारको अद्वितीय मुक्तिदाता र परमप्रभु हुनुहुन्छ भन्ने कुरा उहाँका कामहरूद्वारा प्रमाणित भएका छन्।

७. येशूको बौरिउठाइ असाधारण थियो।

अब यो कुरालाई विचार गर्नुहोस् त। के मानिसले मरेर आफ्‍नै शक्तिले आफूलाई ब्यूँताउन सक्छ? कदापि सक्दैन। के परमेश्‍वर मरेको मरेकै हुन सम्भव छ? निश्‍चय नै छैन। परमेश्‍वर नाश हुनुहुन्न। तब येशू मर्नु भएपछि उहाँलाई के भयो? उहाँलाई गाडिएको तेस्रो दिनमा केही स्‍त्रीहरू उहाँका शरीरमा घस्‍न भनी अत्तरहरू लिएर चिहानमा गए। अनि त्यसपछि अनौठो कुरा भयो। त्यहाँ तिनीहरूका अगाडि एउटा स्वर्गदूत देखा परेर रित्तो चिहानलाई देखाउँदै भने, उदेक नमान; तिमीहरू क्रूसमा टाँगिनुभएको नासरतका येशूलाई खोज्दैछौ; उहाँ बौरेर उठ्नुभयो; उहाँ यहाँ हुनुहुन्न;(मर्कू १६ः६)। येशू मृत्युबाट आफ्‍नै शक्तिले ब्यूँतनुभएको थियो। उहाँ मृत्युमाथि विजय हुनुभएको थियो।

जब येशू मृत्युबाट बौरिउठ्नुभयो ठूलो भुकम्पले जमिन हल्लायो। पहरेदाहरू मरेतुल्य भएर लडे। तब येशू विभिन्न ठाउँमा विभिन्न मानिसहरूका सामु देखा पर्न थाल्नुभयो। कसैले उहाँ जिउँदो हुनुभएको कुरा थाहा पाए। तर कसैले शंका गरेका हुँदा उहाँले आफू बौरिउठ्नुभएको कुराको प्रमाणहरू धेरैलाई दिनु परेको थियो। उहाँले विभिन्न परिस्थितिहरूमा सयौं मानिसहरूलाई परमेश्‍वरको राज्यबारे उपदेश दिँदै कैयौं मानिसहरूको अगाडि आफूलाई जीवित भएको देखाउने क्रम चालीस दिनसम्म चल्यो।

तब बौरिउठाइको ४० दिनसम्म जिउँदै देखा पर्नुभएपछि, आफ्‍नै वरिपरि जम्मा भएका मानिसहरूकै अगाडि येशू स्वर्गमा जानुभयो। मानिसहरूले आफ्‍नै आँखाले उहाँलाई माथि जानुभएको देखे। निसन्देह उहाँ आफै परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा देखाउने आश्‍चर्यकर्महरू मध्येका यो एउटा आश्‍चर्यकर्म थियो।

अन्य देवीदेवताहरू मरेका छन्। अन्य धार्मिक नेताहरू मरेका छन्। तिनीहरूमध्ये कोही पनि मृत्युबाट बौरेर मृत्युमाथि उनीहरूको अधिकार छ भन्ने प्रमाणित गर्न सकेका छैनन्। येशूले मात्र यो आश्‍चर्यकर्म गर्नुभएको छ।

८. के सबै बाटाहरूले एउटै ठाउँमा पुर्‍याउँछन्?

परमेश्‍वरले हामीलाई सबै बाटाहरूले एउटै स्थानमा पुर्‍याउँदैनन् भन्ने कुरा उहाँको वचन बाइबलद्वारा प्रष्ट देखाउनुभएको छ। बाइबलमा भनिएको छ, एउटा बाटो छ, जो मान्छेको दृष्टि ठीक देखापर्छ, तर त्यसको अन्त्यचािहँ मृत्युका बाटाहरू नै हुन्(हितो १४ः१२)। के तपाईंले कहिल्यै यसरी सोच्‍नुभएको छ? वास्तवमा तपाईं हिँडिरहनुभएको बाटो गलत बाटो हुन सक्छ, जसले तपाईंलाई विनाशतिर डोर्‍याउन सक्छ। सबै बाटाहरू ठीक बाटाहरू होइनन्। बाइबलमा भनिएको छ, मानिसको चाल त्यसको हातमा छैन;  हिँडिरहेको मानिसले आफ्‍ना पाइलाहरू सुव्यवस्थित गर्नु पनि त्यसको वशमा छैन(यर्मि १०ः२३)। यसबाट थाह हुन्छ कि ठीक बाटो रोज्नका लागि मानिसको आफ्‍नो बुद्धि पर्याप्त हुँदैन। यस बारेमा सोच्नुहोस्। यदि हामी यसलाई स्वीकार गर्दैनौं भने, हामीले आफ्‍नो सृष्टिकर्ता परमेश्‍वरलाई इन्कार गरिरहेका हुनेछौं। हामी धेरै होशियार हुनुपर्छ, नत्र हामीले परमेश्‍वरको उपदेशलाई पछ्याउनुको सट्टामा मानिसको परम्परा र शिक्षा परमेश्‍वरको भन्दा महान् छ भनी सोचेका हुनेछौं। तर त्यो असम्भव छ। परमेश्‍वरले भन्नुभएको छ, किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न ता तिमीहरूका चालहरू मेरा चालहरू हुन्, परमप्रभु भन्नुहुन्छ। किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ, त्यसरी नै मेरा चालहरू तिमीहरूका चालहरूभन्दा र मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्(यशै ५५ः८-९)। के तपाईं मानिसहरूका विचार र परमपरा जुन कुरा वर्षसम्म परिवर्तन भएर पनि गलत नै साबित भइरहन्छन्, तिनीहरूलाई पछ्याइरहनुहुन्छ? …. वा तपाईं सिद्ध परमेश्‍वर अनि जसले सबै कुराहरूको सृष्टि गर्नुभयो, जोसँग सबै बुद्धि छ र जसले भूल गर्नुहुन्न उहाँलाई पछ्याउनुहुन्छ?

बाइबलको कैयौं ठाउँमा, परमेश्‍वरले जीवनमा र मृत्युमा आ-आफ्‍नै मार्गहरू छन् भन्नु भएको देखिन्छ। यसको अर्थ जीवनमा ठीक र गलत बाटाहरू छन्। स्वर्गको अनन्त जीवनतर्फ डोर्‍याउने अर्को बाटो छ। के तपाईंलाई फरक थाह छ? तपाईं ठीक बाटो हुनुहुन्छ भन्ने कुरा कसरी थाह पाउनुहुन्छ?

९. मैले कसरी मुक्ति पाउन सक्छु?

मुक्तिको अर्थ पापको दण्डबाट छुटकारा पाउनु हो, जसको फलस्वरूप एक व्यक्ति परमेश्‍वरको दण्डबाट उम्कन्छ। सबै मानिसले पाप गरेको हुँदा हरेक व्यक्तिलाई मुक्ति चाहिन्छ। यो मुक्ति प्राप्तिको लागि प्रत्येक व्यक्तिले येशू ख्रीष्टलाई आफ्‍नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्दछ। आफ्‍नो पापको पश्‍चात्ताप गरेर तथा ख्रीष्टलाई ग्रहण गरेर मानिस परमेश्‍वरको सन्तान बन्न सक्छ। बाइबलले भन्दछ, यदि तिमीले आफ्‍नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ। किनकि धार्मिकताका निम्ति हृदयले विश्‍वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ(रोमी १०ः९-१०)। अतः तपाईंले पहिले आफ्‍नो हृदयमा पवित्र र धर्मी परमेश्‍वरका विरूद्धमा पाप गरेको म एक पापी हुँ भनी स्वीकार गर्नुपर्दछ। तब तपाईंले परमेश्‍वरले मानव शरीर धारण गर्नुभयो र उहाँ तपाईंको पापको लागि मर्नुभयो भनी विश्‍वास गर्नुपर्छ। तपाईंले व्यक्तिगत रूपमा उहाँमाथि विश्‍वास गर्नुपर्छ, केवल उहाँमाथि मात्र र उहाँलाई तपाईंको प्रभु र मुक्तिदाता बनाउनुपर्छ। अनि पश्‍चात्तापको साथमा विश्‍वास पनि हुनुपर्छ। त्यसैले मुक्तिका लागि विश्‍वाससहितको पश्‍चात्ताप आवश्यक छ। बाइबलले यसरी भन्छ- तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्‍चात्ताप गर्नू भन्ने आज्ञा गर्नुहुन्छ (प्रेरि १७ः३०)। पश्‍चात्ताप भनेको मनको परिवर्तन हो जसले जीवनको परिवर्तन ल्याउँछ। यो भनेको मानिस आफ्‍नो पापी बाटोबाट परमेश्‍वरको सिद्ध बाटोतर्फ फर्कनु हो। मानिस उसको पापले पूर्ण विचारहरू, शब्दहरू र काहरूका लागि दुःखित भएर, परमेश्‍वरको इच्छातर्फ फर्कनका लागि पहिले उसको हृदयमा परिवर्तनको खाचो पर्दछ। यो धर्मको परिवर्तन नभएर जीवनको परिवर्तन हो। त्यसैले तपाईं पापहरूबाट फर्केर आफ्‍ना मुक्तिका लागि येशूमा भरोसा राखेर उहाँकहाँ आउनुहोस्। तपाईंको जीवनमा परमेश्‍वरको इच्छा पूरा हुन दिनुहोस्।

पाठ ५ सिद्ध्याउनुभएकोमा धेरै-धेरै धन्यवाद। अब तपाईंले कार्यपत्र भर्न सक्नुहुन्छ र त्यसलाई बुझाउन सक्नुहुन्छ।
धन्यवाद

कार्यपत्र #५

प्रभु येशू ख्रीष्‍ट, उद्धारकर्ता –
उहाँको मृत्यु र पुनरूत्थान
कृपया प्रश्नहरूको उत्तर दिनुहोस्ः
१. येशू, एक असाधारण व्यक्ति
२. येशूको जन्म
३. येशूको शिक्षा
४. येशूका कामहरू
५. येशूको जीवन
६. येशूको मृत्यु
७. येशूको पुनरूत्थान