पानी पिउन नदिएर मृत्यु

येशू उभिनुभयो र यसो भन्दै कराउनुभयो, “यदि कोहि तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।” (यूहन्ना ७:३७) 

२००६ सालको कुरा हो, नेपालमा देशव्यापी रुपमा हैजा प्रकोप डरलाग्दोसँग फैलिरहेको थियो। त्यसबेला बिरामीहरूलाई पानी पिउन दिइएन, फलस्वरुप उनीहरू एकाएक मरे। ज्ञानको अभावमा कैयौं मानिस त्यत्तिकै मर्छन्। बाँच्ने उपाय हुँदाहुँदै पनि मर्छन्। पानी नजिकै छ तर उसलाई कसैले पानी पिउन दिदैन। झाडा-वान्ता लागेर शरीरमा पानीको मात्रा घटेर उसको ज्यान जान लागिसक्यो तर उसले पानी पिउन पाउँदैन, “पानी! पानी!” भनी उसले विन्ती गरिरहे तापनि। विचरा उसलाई पानी पिउन मनाही छ। उसलाई माया गर्ने परिवार घेरेर बसेका छन्। पानीको निम्ति उसको मर्माहट विन्ती सुनिरहेका छन्, तर के गर्ने, झाडा-वान्ता लाग्दा पानी पिउन हुँदैन भन्ने झूटो विश्‍वासले त्यहाँ भएका सबैजान डरलाग्दो भ्रमको पकडमा छन्। उसलाई बचाउन सक्ने जीवनको पानी भान्छाको गाग्रीमा निश्‍चल भई शान्त बसिरहेको छ, यति नजिक छ, यति सजिलै ऊ बाँच्न सक्छ, केवल एक-दुई गिलास पानी पिउन पाए उसको ज्यान जोगिन्छ होला, तर हाय! ऊ एकछिनपछि नै मर्नैपर्छ। 

Nepal
Begging for water

अज्ञानताले मान्छे मर्दैछ। झाडा-वान्ता लाग्दा पानी उसको लागि औषधि हो भनेर जानेको भए ता! तर विडम्बना, औषधिलाई विष पो भनियो! अज्ञानताले संसार उल्टो भएको छ। यदि कसैले त्यहाँ गएर “विचरालाई पानी पिउन देऊ!” भनेर भन्यो भने उही उल्लु बन्छ। उल्लु मात्र होइन, शत्रु नै ठानिन्छ। बाँच्ने उपाय बताउनेलाई “तैले मार्न खोजेको!” भनेर हपारिन्छ। अब बिरमीको “पानी! पानी!” भन्ने आवाज सुस्ताउँदै जान्छ। हाय! ऊ मर्छ अब, पानी त्यहीँ छ तर ऊ मर्छ। उसलाई पानी चाहिएको छ, तर कसैले दिदैन। उसको सम्पूर्ण शरीरले “पानी! पानी!” भन्दैछ, पूरै ज्यान पानीको लागि मर्ने गरी तृषित छ, तर उसलाई एक थोपा पानी दिइँदैन, किन? अज्ञानताले। माथिको जस्तो घटना नेपालका गाउँघरमा कैयौँ पटक घटेको घटना हो। हाम्रो गाउँमा औषधी पसल खोलेर बसेको स्वास्थ्यकर्मीको आफ्‍नै आमाको निधन यसरी नै भएको थियो झ्‍यालबाट “पानी! पानी!” भनेर कराउँदा पनि कसैले पानी दिएन।

तर अझ डरलाग्दो अज्ञानताले गर्दा मानिस नरक जाँदैछ। पापको रोगले मानिस नरक जानुपर्छ तर खुशीको कुरा त्यसको औषधी छ, बाँच्ने उपाय छ। किनकि पाप र नरकबाट बचाउन नै प्रभु येशू ख्रीष्टले आवश्‍यक दाम तिरिदिनुभएको छ। जीवनको पानी (येशू) नजिकै हुनुहुन्छ, सजिलै प्राप्त हुनुहुन्छ। तपाईंले केवल पिउनुपर्छ, तपाईंले अनन्त जीवन पाउनुहुनेछ र यस संसारबाट बिदा भएपछि स्वर्ग जानुहुनेछ। जीवनको पानी पिउने कसरी भने येशू ख्रीष्टमाथि हृदयले विश्‍वास गरेर अर्थात् उहाँ तपाईंको पापको लागि मर्नुभई फेरि जीवित हुनुभएको हो भन्ने खुशीको सत्य खबरलाई विश्‍वास गरेरे।

The call of Salvation

यो खबर चारैतिर प्रचारिएको परमेश्‍वर चाहनुहुन्छ। त्यसैले यो लेख तपाईंको सामु आज परेको छ र तपाईं यसलाई पढ्दै हुनुहुन्छ। हो, पानी नजिकै छ। तपाईं के गर्नुहुन्छ ? “यस्तो कुरा पढ्नुहुन्न भन्ने धेरै हुन्छन्। तर उनीहरू अज्ञानतामा छन्। अज्ञानताले संसार उल्टो भएको छ। येशू संसारको मुक्त्तिदाता हुनुहुन्छ, तपाईंलाई अनन्त जीवन दिन सक्ने उहाँ मात्र हुनुहुन्छ। तपाईंको आत्मालाई उहाँकै खाँचो छ। “मुक्त्ति! मुक्त्ति!” भन्दै तपाईंको आत्मा कराइरहेको छ। मुक्त्तिदाता नजिकै हुनुहुन्छ। समय छँदै आफ्‍नो आत्मालाई बचाउन जीवनको पानी येशूलाई ग्रहण गर्नुहोस्। आफ्‍नो अज्ञानतालाई छोडेर सत्यको ज्ञानमा आउनुहोस् तपाईंलाई प्रेम गर्नुहुने प्रभु र मुक्त्तिदातालाई हृदयले अँगाल्नुहोस् र बाँच्नुहोस् र त्यसपछि अरूलाई पनि बाँच्ने उपाय बताउनुहोस्। 

“जसले त्यो पानीबाट पिउला, जो म उसलाई दिनेछु, ऊ कहिल्यै तिर्खाउनेछैन; तर जुन पानी उसलाई म दिनेछु, त्यो ऊ भित्र अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” (यूहन्ना ४:१४)

Share via:

Similar Posts

  • दुई ईश्‍वरहरूको बीचमा प्रतिस्पर्धा

    संसारमा ईश्‍वर नाम भएकाहरू त धेरै छन् तर कोचाहिँ यस सम्पूर्ण सृष्टि र हामीलाई बनाउने ईश्‍वर हो भनी धेरैलाई प्रश्‍न हुन्छ। इस्राएलमा लगभग २,९०० वर्षअघि मानिसहरू यही कुराले दोधारमा परिरहेका थिए तर त्यहाँ एउटा यस्तो घटना घट्यो जसले इस्राएलका मानिहरूलाई को सत्य परमेश्‍वर हुनुहुँदोरहेछ भनी विश्‍वस्त पार्‍यो। इस्राएल देश एकदमै…

    Share via:
  • तपाईं दासत्त्वमा हुनुहुन्छ!

    अमेरिकामा वि.सं १९१७ पौष ६ गते अर्थात सन् १८६० डिसेम्बर २० का दिन तत्कालीन राष्ट्रपति अब्राहाम लिङ्‍कनले दास प्रथाको अन्त्य भएको घोषणा गरेका थिए। आज विश्‍वव्यापी रुपमा दास प्रथाको अन्त्यको लागि विभिन्न क्रान्तिकारी आन्दोलनहरू भइरहेका छन्। नेपालमा पनि वि.सं. १९८१ मङ्‍सिर १४ गते राणा प्रधानमन्त्री चन्द्रशमशेरले दास प्रथा अन्त्य भएको…

    Share via:
  • केही महत्त्वपूर्ण प्रश्नका उत्तर

    हाम्रो  जीवनमा थुप्रै प्रश्‍नहरू हुन्छन्। कति महत्त्वपूर्ण प्रश्नहरू हुन्छन् भने कति प्रश्‍नहरू कम महत्त्वका हुन्छन्। हामीलाई महत्त्वपूर्ण लाग्ने प्रश्नहरूको उत्तर पाउनलाई हामी हाम्रो सम्पूर्ण बल लगाउँछौँ। तर मैले के एउटा कुरा थाहा पाएँ भने त्यस्ता सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरू हाम्रा जीवनमा छन् जुन प्रश्‍नहरूको उत्तर खोज्न मानिस त्यत्ति लागिपर्दैन; ती प्रश्नहरू…

    Share via: