पाठ १

परमेश्‍वर र बाइबल

तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः

परमेश्‍वर

– परमेश्‍वर सार्वभौम हुनुहुन्छ।

– परमेश्‍वर सर्वशक्तिमान हुनुहुन्छ।

– परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ।

– परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ।

– परमेश्‍वर अनन्त हुनुहुन्छ।

– परमेश्‍वर प्रेम हुनुहुन्छ।

– परमेश्‍वर पवित्र हुनुहुन्छ।

– परमेश्‍वर सिद्ध हुनुहुन्छ।

– परमेश्‍वर शुद्ध हुनुहुन्छ।

– परमेश्‍वर आत्मा हुनुहुन्छ।

बाइबल

– परिचय

– बाइबल अद्वितीय पुस्तक हो।

 

तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्‍नुहुन्छ (correspondence@nepalgoodnews.com)।

परमेश्‍वर

हामीले कसरी परमेश्‍वरलाई चिन्न सक्छौं? मानिसले प्रायः यस्तो प्रश्‍न सोध्ने गर्दछन्। बाइबलका लेखक परमेश्‍वरले बाइबलमा आफ्‍नो विषयमा पर्याप्त जानकारी अभिलेख गर्नुभएको छ; त्यस्तो जानकारी जुनचाहिँ मानिसलाई उहाँको विषयमा जान्नका लागि आवश्यक छ। त्यसकारण हामी अब बाइबलबाट नै परमेश्‍वरको विषयमा अध्ययन गर्नेछौं

कुनै पनि मानिससँग परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्ने कुनै बहाना छैन। बाइबलको पहिलो वाक्यले नै स्पष्टसँग उल्लेख गरेको छ,

शुरूमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।(उत्प १ः१)

यो भनाई सजिलैसँग प्रमाणित हुन सक्दछ, सरल प्रकारले ……… चारैतिर हेरेर नै।  जसरी हामी स्पष्टसँग देख्‍न सक्छौं कि सृष्टि पूरा भएको छ अब बाइबलले बताउँदछ कि सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने कुनै बहाना छैन, किनकि जसरी बाइबलले बताएको छ,

  • आकाश-मण्डलले उहाँको हातको काम देखाउँछ।(भज १९ः१)
  • उहाँ (परमेश्‍वर)का नदेखिने गुणहरू सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन् …..।(रोमी १ः२०)

सृष्टिले परमेश्‍वरको अस्तित्वलाई देखाउँदछ। परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ जसले शुन्यबाट सबै कुराहरू सृष्टि गर्नुभयो।

अब हामी अध्ययन गर्नेछौं र बुझ्नेछौं कि परमेश्‍वर सार्वभौम, सर्वशक्तिमान्, सर्वज्ञानी र सर्वव्यापी हुनुहुन्छ। यी शब्दहरूको अर्थ के हो?

१. परमेश्‍वर सार्वभौम हुनुहुन्छ।

परमेश्‍वर सार्वभौम हुनुहुन्छ भन्नाले सबै थोकहरूमाथि उहाँको अधिकार छ भन्ने बुझिन्छ। उहाँ प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँ सम्पुर्ण सृष्टिका प्रभु र मालिक हुनुहुन्छ। परमेश्‍वर घोषणा गर्नुहुन्छ, म परमप्रभु हुँ, र अरू कोही पनि छैन; मबाहेक अरू कुनै परमेश्‍वर छैन(यशै ४५ः५)। स्वर्गदूतहरू(आत्मिक प्राणीहरू) मानवजाति र जनावरहरू अनि संसारका सबै थोकका प्रभु उहाँ नै हुनुहुन्छ।

२. परमेश्‍वर सर्वशक्तिमान हुनुहुन्छ।

परमेश्‍वर सर्वशक्तिमान हुनुहुन्छ भन्नाले उहाँ सबैभन्दा शक्तिशाली हुनुहुन्छ भन्ने बुझिन्छ। कसैले पनि उहाँको विरूद्धमा लड्न सक्दैन। उहाँको विरूद्धमा उठेर कसैले उहाँलाई जित्न सक्दैन। इन्साफ गर्ने अधिकार उहाँसँग मात्रै छ। मृत्युपछि हरेकको इन्साफ उहाँले गर्नुहुनेछ। उहाँसँग सम्पूर्ण सामर्थ्य छ।

३. परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ।

परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ भन्नाले उहाँले सबै थोक जान्नुहुन्छ भन्ने अर्थ लाग्दछ। हरेक विषयमा उहाँलाई ज्ञान छ। उहाँ हृदयका विचारहरू जान्नुहुन्छ। मानिसले सोच्‍नु अघि नै उसका विचारहरू  जान्नुहुन्छ। कसैले पनि उहाँलाई छल्न वा ढाँट्न सक्दैन। उहाँ सर्वज्ञाता हुनुहुन्छ। उहाँ विगतमा भइसकेका हरेक कुरा जान्नुहुन्छ र भविष्यमा हुनेवाला हरेक कुरा पनि जान्नुहुन्छ। पृथ्वीमा कुनै पनि समयमा जिएको हरेक व्यक्तिका विचारहरू र कामहरू उहाँलाई थाह छ।

४. परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ।

परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ भन्नाले सबै ठाउँमा उहाँको उपस्थिति छ भन्ने बुझिन्छ। जसरी यो बाइबलमा लेखिएको छ, के म नजिकको मात्र परमेश्‍वर हुँ, र टाढ़ाको परमेश्‍वर होइनँ? अथवा के कसैले आफूलाई यस्ता गुप्त स्थानहरूमा लुकाउन सक्छ, जहाँ म त्यसलाई देख्‍न सक्दिनँ?, परमप्रभु भन्नुहुन्छ। के मचाहिँ स्वर्ग र पृथ्वीलाई भर्दिनँ र? परमप्रभु भन्नुहुन्छ(यर्मि २३ः२३-२४)। कोही पनि उहाँको उपस्थितिबाट लुक्न सक्दैन। अन्धकारमा पनि उहाँले दिनमा झैं देख्‍नुहुन्छ। उहाँ सबै ठाउँहरूमा उपस्थित हुनुहुन्छ। समुद्रका अति गहिराइहरूमा पनि उहाँ हुनुहुन्छ। अन्तरिक्षहरूमा पनि उहाँ हुनुहुन्छ।

परमेश्‍वर जहाँसुकै उपस्थित हुनुहुन्छ तैपनि यो महसुस गर्नु महत्वपूर्ण छ कि उहाँ हरेक कुरामा हुनुहुन्न। परमेश्‍वर कुनै चट्टानमा रहनुहुन्न न त परमेश्‍वर कुनै रूख, अथवा हात्ती अथवा मूर्ति अथवा नदीहरूमा नै रहनुहुन्छ। परमेश्‍वर यी सबै कुराहरूभन्दा ज्यादै महान् हुनुहुन्छ, किनभने यी कुराहरूका सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ।

५. परमेश्‍वर अनन्त हुनुहुन्छ।

परमेश्‍वर अनन्त हुनुहुन्छ। अनन्त भन्नाले अन्त नहुने भन्ने बुझिन्छ। उहाँ अनादिदेखि नै हुनुहुन्छ। उहाँको शुरूवात छैन। उहाँ अनादिदेखि अनन्तकालका लागि हुनुहुन्छ। उहाँ पृथ्वी र अन्तरिक्षमा भएका पदार्थहरूको सृष्टि हुनुभन्दा अघिदेखि नै हुनुहुन्थ्यो। उहाँ सँधै हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ। उहाँ अघिभन्दा कोही थिएन, केही थिएन। उहाँको न शुरू छ न अन्त नै छ। परमेश्‍वर अनन्त हुनुहुन्छ। सबै थोकहरूको सृष्टि हुनुभन्दा अघि उहाँ हुनुभएकोले उहाँको अस्तित्वको निम्ति उहाँ कुनै पनि पदार्थमा भर पर्नुहुन्न। उहाँलाई जिउन मानिसलाई झैं गास, बास र कपासको आवश्यकता पर्दैन। उहाँलाई जिउन पशुको बलिदान, अन्न, फलफूल तथा कुनै पनि खाद्य वस्तुको आवश्यकता पर्दैन। यी सबै थोकबिना पनि उहाँको अस्तित्व रहिरहन्छ किनभने यी सबै थोकहरूको सृष्टि हुनु अघि नै उहाँ हुनुहुन्छ। उहाँ रोग अथवा मृत्युको वशमा हुनुहुन्न।

६. परमेश्‍वर प्रेम हुनुहुन्छ।

परमेश्‍वर प्रेम हुनुहुन्छ। बाइबलले बताउँछ, जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ(१यू ४ः८)। परमेश्‍वरको प्रेम मानवीय प्रेमभन्दा फरक छ। मानिसहरू प्रतिज्ञा गर्दछन् तर मानिसका प्रतिज्ञाहरू असफल हुन्छन्। मानिसका विचार र भनाइहरू पछि परिवर्तन हुन्छ। मानिसको प्रेममा सिद्धता हुँदैन, पूर्णता हुँदैन। प्रायः मानिसहरू प्रेम गरेको बहाना गर्दछन् जबकि तिनीहरूको खास अभिप्रायमा भने वास्तवमा स्वार्थ लुकेको हुन्छ। प्रेम देखाएर धोका दिइएका कैयौं उदाहरणहरू मानव समाजमा पाइन्छन्। मानवीय प्रेममा धेरै कमजोरीहरू हुन्छन्। तर परमेश्‍वरको प्रेम सिछ छ। उहाँको प्रेममा कुनै कमजोरी छैन। उहाँको प्रेममा रहेहरू सुखी हुन्छन्, खुशी हुन्छन्। उहाँको प्रेममा जीवन हुन्छ। उहाँको प्रेममा आनन्दको भरपूरी, विजय र पूर्ण सन्तुष्टि छ। उहाँको महान् प्रेमको सम्बन्धमा हामी आगामी पाठहरूमा अझै बढ़ी स्पष्टसँग अध्ययन गर्नेछौं।

७. परमेश्‍वर पवित्र हुनुहुन्छ।

परमेश्‍वर पवित्र हुनुहुन्छ। पवित्र भन्नाले अलग भन्ने बुझिन्छ। सबै पापजन्य कुराहरूबाट परमेश्‍वर अलग हुनुहुन्छ र पृथक हुनुहुन्छ। उहाँले कहिल्यै पाप गर्न सक्‍नुहुन्न। उहाँ पापबाट सम्पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ सिद्ध हुनुहुन्छ। समयको शुरूवातदेखि नै कोही पनि र केही पनि सिद्ध प्रकारले पवित्र भएका छैन। तर सत्य, जीवित परमेश्‍वर हर समय हरेक तरिकामा सिद्ध हुनुहुन्छ।

अरू धर्महरूमा देवताहरूले झूट बोल्छन्, चोर्दछन्, ठग्दछन्, व्यभिचार गर्दछन्, लालच गर्दछन् र गल्ती गर्दछन्। सत्य परमेश्‍वरले यी कामहरू गर्नुहुन्न किनभने उहाँ पूर्ण रूपमा शुद्ध र पवित्र हुनुहुन्छ।

८. परमेश्‍वर सिद्ध हुनुहुन्छ।

परमेश्‍वरले कदापि गल्ती गर्नुहुन्न। उहाँले कदापि कुनै त्रुटीपूर्ण काम गर्नुहुन्न। परमेश्‍वरले गर्नुहुने हरेक कुरा ठीक, सत्य, न्यायपूर्ण, धार्मिक र सिद्ध हुन्छ।

९. परमेश्‍वर शुद्ध हुनुहुन्छ।

परमेश्‍वरमा कुनै असिद्धपन छैन। उहाँ सम्पूर्ण रूपमा शुद्ध हुनुहुन्छ। उहाँले कहिल्यै व्यभिचार गर्नुभएन, अथवा अशुद्ध विचार लिनुभएन वा झूट बोल्नुभएन, अथवा लालच गर्नुभएन वा चोर्नुभएन अथवा कुनै अशुद्ध कार्य गर्नुभएन। कुनै मानिस वा कुनै अरू देवताले सम्पूर्ण रूपमा शुद्ध छु भनेर दाबी गर्न सक्दैन। तर सत्य परमेश्‍वरचाहिँ सम्पूर्ण रूपमा नै शुद्ध हुनुहुन्छ।

१०. परमेश्‍वर आत्मा हुनुहुन्छ।

परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण हामी परमेश्‍वरलाई देख्‍न सक्दैनौं। तैपनि, हामीले परमेश्‍वरलाई देख्न नसकेको कारण परमेश्‍वरको अस्तित्व नै छैन भन्नु मूर्खतापूर्ण कुरा हो। हामी बतासलाई देख्‍न सक्दैनौं तर बतासको प्रभाव देख्‍न सक्दछौं। बतासको अस्तित्व हुनै सक्दैन किनकि म बतासलाई देख्‍न सक्दिनँ भनेर भन्दा हामी मूर्ख हुन्छौं। हामी परमेश्‍वरलाई देख्‍न सक्दैनौं तर परमेश्‍वरको अस्तित्व छ भन्ने विषयमा खरबौं प्रमाणहरू रहेका छन्। यदि तपाईंले नदी किनारको हिलो माटोमा मृगको खुट्टाका चिन्हहरू देख्‍नुहुन्छ भने, त्यहाँ एउटा मृग आएको थियो भनी तपाईंले थाहा पाउन सक्‍नुहुन्छ। यद्यपि तपाईंले मृत देख्नु त भएन, तर तपाईंले मृगका प्रमाणहरू देख्नुभयो, त्यसकारण तपाईंले त्यहाँ मृग आएको थियो भनी भन्न सक्नुहुन्छ। संसारमा जहाँसुकै हेरौं, हामीले परमेश्‍वरका प्रमाणहरू देख्दछौं। सबै रूखहरू, जीवित प्राणीहरू अनि सारा फूलहरू, परमेश्‍वरको सृष्टि र रचनाका प्रमाणहरू हुन्। र दशौं लाख मानिसहरूले सत्य र जीवित परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन शुरू गरेपछि तिनीहरूको जीवन परिवर्तन भएको छ। त्यसकारण हामी निश्‍चयताकासाथ भन्न सक्छौं कि परमेश्‍वरको अस्तित्व छ।

जब हामी परमेश्‍वर कस्तो खालको हुनुहुन्छ भनेर महसुस गर्न थाल्छौं, तब हामी देख्दछौं कि संसारमा भएका अरू सबै देवताहरूभन्दा उहाँ सम्पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वर संयम, सान्त्वना, अनुग्रह, महिमा, कृपा र धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। बाइबलले बताउँछ कि परमेश्‍वर शान्तिका राजकुमार हुनुहुन्छ र त्यो शान्ति तब मात्र प्राप्त हुन्छ, जब मानिसले सत्य परमेश्‍वरसँग ठीक सम्बन्ध राख्दछ। कुनै पनि देवतासँग परमेश्‍वरका यी अचम्मलाग्दा चरित्रहरू छैनन्। अरू कुनै देवता वा ईश्‍वर सिद्ध छैनन्। अब उनै साँचो परमेश्‍वरले हामीलाई उहाँको पुस्तक, बाइबलबाट सिकाउन चाहनुहुने कुरामा हामीले ज्यादै राम्रो ध्यान दिनुपर्दछ।

बाइबल

बाइबल के हो ???

यो कहाँबाट आयो र कसले लेख्यो? यी प्रश्‍नहरू महत्त्वपूर्ण महत्वपूर्ण प्रश्‍नहरू हुन् किनभने यदि बाइबल सत्य छ भने, यसलाई विश्‍वास नगर्ने मूर्ख हुन जान्छ। अर्को तर्फ यदि बाइबल सत्य छ भने, यसलाई विश्‍वास नगर्ने मानिस मूर्ख हुन् जान्छ। अर्को तर्फ यदि बाइबल सत्य र तथ्यगत हुँदैन होइन भने, हामीलाई यसको बारेमा जान्नु किन आवश्यक पर्दछ र?

बाइबल संसारभरिमा सबैभन्दा प्रसिद्ध पुस्तक हो। इतिहासभरिनै, छापाखानाको आविष्कार भएदेखि नै संसारमा अर्को कुनै पुस्तकभन्दा बढी बाइबल नै हरेक वर्ष छपाइएका र बिक्री भएका छन्। संसारमा अरू कुनै पुस्तकहरूभन्दा बढी भाषाहरूमा बाइबल अनुवाद गरिएको छ। यसले मानिसको जीवन र राष्ट्रहरू परिवर्तन गरिदिएको छ र लेखिएको अरू कुनै पुस्तकले भन्दा बढी मानिसहरूलाई प्रभाव पारेको छ। यो ज्यादै शक्तिशाली छ किनकि यो परमेश्‍वरको वचन हो, केवल मानिसहरूको शब्द मात्र होइन।

कुनै पनि प्राचीन पुस्तकलाई भन्दा बाइबलको नयाँ करारलाई प्रमाणित गर्ने धेरै पाण्डुलिपीहरू उपलब्ध छन्। बाइबलको नयाँ करार खण्ड मूल रूपमा ग्रीक भाषामा लेखिएको थियो र केही समयपछि नै ल्याटिनमा अनुवाद गरिएको थियो। आज बाइबलका पाँच हजारभन्दा बढी ग्रीक पाण्डुलिपीहरू, आठ हजारभन्दा बढी ल्याटिन पाण्डुलिपीहरू र अरू पनि थुप्रै भाषाहरूमा छापिएका पाण्डुलिपीहरू प्राचीन समयदेखि नै अस्तित्वमा पाइन्छन्।

यिनीहरूले प्रमाणित गर्दछन् कि आज हामीसँग परमेश्‍वरको वचन त्यही रूपमा छ जसरी त्यो मूल रूपमा लेखिएको थियो। युगहरू बित्दै जाँदा पनि यो नासिएको वा भ्रष्ट पािरएको छैन।

१. परिचय

बाइबल’ शब्द ग्रीक शब्द ‘बिब्‍लस’ बाट आएको हो जसको अर्थ ‘पुस्तक’ हो। वास्तवमा बाइबल जम्मा ६६ वटा पुस्तकहरूले बनेको छ। यसलाई प्रमुख दुई खण्डहरूमा विभाजन गरिएको छः

१. पुरानो करार, जसमा ३९ वटा पुस्तकहरू छन्,

२. नयाँ करार, जसमा २७ वटा पुस्तकहरू छन्।

पुरानो करार नयाँ करारको जग हो भने, नयाँ करार पुरानो करारको प्रकाश हो।

पुरानो करार

      पुरानो करारले सृष्टिको विवरण, मािनसको प्रारम्भिक इतिहास, भाषाहरू र जातिहरूको शुरूवात आदिबारेका विवरणहरू दिएको छ। साथै पुरानो करारले पृथ्वीमा किन ख्रीष्टको जन्म हुनु आवश्यक थियो भन्नेसम्बन्धी कारणहरू- ऐतिहासिक घट्नाहरू र भविष्यवाणीयुक्त घट्नाहरूको रूपमा प्रस्तुत गर्दछ। अनि यसमा ख्रीष्टको पहिलो र दोस्रो आगमनको सम्बन्धमा स्पष्ट भविष्यवाणीहरू उल्लेख गरिएका छन्।

नयाँ करार

नयाँ करारमा पुरानो करारले ख्रीष्टसम्बन्धी उल्लेख गरेका उहाँको जन्म, सेवाकाई, मृत्यु र पुनरूत्थानसम्बन्धी भविष्यवाणीहरू कसरी अक्षरशः पूरा भए सो कुराको विवरण छ। साथै यसमा ख्रीष्ट येशूको असाधारण अनि सिद्ध  जीवनको विवरण, उहाँका अद्‍भूत कार्यहरूका विवरणहरू उल्लेख भएका छन्। ख्रीष्टको बलिदान र उहाँको बौरिउठाइको घट्ना नयाँ करारको प्रमुख विषय हो। ख्रीष्टको बौरिउठाई र उहाँ जीवितै स्वर्ग प्रस्थान गर्नुभएको ऐतिहासिक घट्नाहरूलाई प्रत्यक्ष रूपमा देख्नेहरूका विवरणहरू नयाँ करारमा उल्लेख भएका छन्। साथै नयाँ करारमा उहाँका चेलाहरूले पवित्र आत्माद्वारा कसरी असाधारण कार्यहरू गरे उनीहरूका शिक्षाहरूले मध्य पूर्व तथा यूरोप प्रभावित भए सो पनि उल्लेख भएको छ। अनि नयाँ करारले जीवनका निम्ति अति गहिरा र उपयोगी शिक्षाहरू उल्लेख गरेको छ। साथै भविष्यवक्ताका समयहरू कस्ता कस्ता हुनेछन् भन्ने सम्बन्धमा पनि नयाँ करारमा थुप्रै भविष्यवाणीहरू संग्रहित भएको छ। बाइबलका यी दुवै खण्डहरू उत्तिकै महत्त्वपूर्ण र सत्य छन्।

२. बाइबल अद्वितीय पुस्तक हो- यसको बनावटको कारण

मानवीय लेखकहरू

बाइबल साधारण मानिसहरूद्वारा लिखित एउटा साधारण पुस्तक होइन। यो परमेश्‍वरको पुस्तक हो र परमेश्‍वरद्वारा अभिप्रेरित थियो। यसमा परमेश्‍वरका वचनहरू भएका कारणले, यो सत्य र ठीक भएकोको कुरा बारम्बार प्रमाणित भएको छ।

बाइबल कसरी लेखियो भन्ने जान्नु अर्को महत्त्वपूर्ण कुरा हो। बाइबल ४० जना विभिन्न लेखकहरूद्वारा १६०० वर्षको समयमा लेखिएको थियो। लेखक विभिन्न समयका, विभिन्न स्थानका र विभिन्न व्यक्तित्त्वका थिए। बाइबलका लेखकहरूमध्ये कोही राजकुमारहरू, कोही राजाहरू, कोही प्रधानमन्त्रीहरू, कोही विद्वानहरू, कोही मछुवाहरू, कोही गोठालाहरू, कोही राजकर्मचारीहरू, कोही पूजाहारीहरू अनि एक जनाचाहि वैद्य(Physician) थिए। यसरी बाइबल विभिन्न पृष्ठभूमि, अलग व्यक्तित्त्व भएका मानिसहरुद्वारा लेखिएको थियो। कोही धनी थिए, कोही गरिब थिए। तिनीहरू इतिहासको विभिन्न समयावधिका मानिसहरू थिए।

लेखक

यस्तो अवस्थामा, साधारणतया ती ४० लेखकहरूका विचारहरू र लेखोटहरू एक-अर्कासँग फरक हुनुपर्ने हो भन्ने हामीलाई लाग्दछ। कुनै दिन तिनीहरूका लेखोटहरू एउटै एकिकृत पुस्तकको रूपमा मिलेर आउनुपर्दथ्यो भन्ने कुरा पूर्ण रूपमा असम्भव हुनेथियो भन्ने हामीलाई लाग्‍न सक्दछ। तर बाइबल विषयवस्तहरू सबै नै मेल खान्छन्। यसले नै बाइबलका लेखक केवल एउटै हुनुहुन्छ भन्ने प्रमाणित गर्दछ। यो कसरी सम्भव हुन सक्छ? यो यहि कारण सम्भव छ कि ती ४० जना मानिसहरूले आफैले बाइबल लेखेका थिएनन्। यसको मतलब बाइबलका सम्पूर्ण कुराहरू तिनीहरूको आफ्‍नै मन र हृदयबाट आएका थिएनन्। बरू, तिनीहरूले पवित्र आत्माको प्रेरणाद्वारा लेखे। परमेश्‍वरले तिनीहरूलाई जे लेख्‍न लगाउनुभयो, तिनीहरूले त्यही लेखे। त्यसकारण, बाइबलको लेखक मानिस होइन, परमेश्‍वर नै हुनुहुन्छ। 

यो कसरी सम्भव हुन सक्यो भन्ने बारेमा विचार गरौं। बाइबलले घोषणा गर्दछ, सबै पवित्रशास्‍त्र परमेश्‍वरको प्रेरणाद्वारा िदइएको हो(२ति ३ः१६)। बाइबलका हरेक पुस्तकहरू परमेश्‍वरको प्रेरणाद्वारा दिइएका थिए। परमेश्‍वर नै बाइबलका लेखक हुनुहुन्छ। यसैकारणले नै लेखकहरू, विभिन्न भए तापनि बाइबलका पुस्तकहरू आपसमा पूर्ण रूपमा मिलेर रहेका छन्। परमेश्‍वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ। त्यसैले बाइबलले भन्दछ, किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्‍वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले(२प १ः२१)।

परमेश्‍वरले आफ्‍नो वचन लेख्‍नको लागि मानिसहरूलाई प्रयोग गर्नुभएको धेरै उदाहरणहरू छन्ः

राजा दाऊद, बाइबलको एउटा ठूलो खण्डका लेखक, ले यसो भने, परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो जिब्रोमा थियो(२श २३ः२)।

यर्मिया नाम गरेको अगमवक्ताले बाइबलमा रहेको यर्मियाको ‘पुस्तक’ लेखे। परमेश्‍वरले उनलाई भन्नुभयो, हेर, मैले मेरा वचनहरू ितम्रो मुखमा हालिदिएको छु(यर्मि १ः९)।

पुरानो करारमा मात्रै ३८०० वटा सन्दर्भहरू छन्, जसले बाइबल परमेश्‍वरको वचन हो भनी हामीलाई बताउँछन्। पावल नाम गरेका एक जना मानिसलाई बाइबलका धेरै पुस्तकहरू लेख्‍नका लागि परमेश्‍वरले प्रयोग गर्नुभयो। पावलले एउटा मण्डलीलाई पत्र लेखे र भने …. जब तिमीहरूले परमेश्‍वरको वचन ग्रहण गर्‍यौं, जो तिमीहरूले हामीबाट सुनेका थियौ, तब तिमीहरूले यसलाई मानिसहरूको वचनजस्तो गरी होइन, तर परमेश्‍वरकै वचनजस्तो गरी ग्रहण गर्‍यौ(१थे २ः१३)। फेरि पावल प्रेरित कोरिन्थ नाम गरेको शहरको एउटा मण्डलीलाई पत्र लेखेर भने, मानिसको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनुभएको शब्दहरूमा …. हामी बताउँछौं(१को २ः१३)। अर्को ठाउँमा बाइबलले बताउँदछ, र पहिले यो जान – पवित्रशास्‍त्रको कुनै पनि भविष्यवाणी आफ्‍नो निजी व्याख्याबाट भएको होइन। किनकि कुनै पनि समयमा भविष्यवाणी(बाइबल) मानिसको इच्छाद्वारा आएन, तर परमेश्‍वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले(२प १ः२०-२१)। यसले  स्पष्टसँग देखाउँछ कि बाइबलका लेखोटहरू मानिसबाट होइन तर परमेश्‍वरबाट आएका हुन्।

  • बाइबलजस्तै गरी अरू कुनै पनि पुस्तकहरू एकसाथ राखिएका छैनन्।
  • बाइबललाई जस्तै गरी कुनै पनि पुस्तकलाई एक साथ राख्न सकिँदैन।
  • अन्य कुनै पनि पुस्तकले आफूलाई परमेश्‍वरको वचन भनी सही रूपमा दावी गर्न सक्दैन।

यसको बनावटको कारण बाइबल साँच्चै नै एक अद्वितीय पुस्तक हो। बाइबलमा प्राचीन इतिहासका विभिन्न अभिलेखहरू रहेका छन्। बाइबलमा रहेका सम्पूर्ण ऐतिहासिक अभिलेखहरू सत्य र सही छन्। बाइबलमा उल्लेख गरिएका सबै मानिसहरू एक पटक यस पृथ्वीमा साँच्चै जिएका थिए। यसमा कुनै झूट वा दन्त्य कथा छैन।

३. बाइबल अद्वितीय पुस्तक हो – परमेश्‍वरको वचन भएको कारण

बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदले साधारण तर महत्वपूर्ण सत्यता प्रस्तुत गरेको छ।

  • शुरूमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो(उत्प १ः१)।
  • पछिल्ला पदहरूले हामीलाई बताउँछन्, आकाश-मण्डलले उहाँको हातको काम देखाउँछ।(भज १९ः१)।
  • उहाँ (परमेश्‍वर)का नदेखिने गुणहरू सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन् …..।(रोमी १ः२०)

सृष्टिले प्रकट गर्दछ कि त्यहाँ परमेश्‍वर हुनुहुन्छ, तर सृष्टिले परमेश्‍वर कस्तो हुनुहुन्छ, हामी किन यहाँ छौं, यस जीवनपछि के हुन्छ? सो विषयमा चाहिँ बताउँदैन। त्यसैले हाम्रा सृष्टिकर्ताले यी प्रश्‍नहरूको जवाफ नदिने गरी आशाबिहीन रूपमा छोड्नुभएको छैन भनेर विचार गर्नु उचित हुन्छ। त्यसैकारण उहाँले जीवनसम्बन्धी मालिकको मार्गदर्शन हामीलाई दिनुभएको छ जुन बाइबल भनेर चिनिने एक अत्यन्तै अद्वितीय पुस्तक हो। यो आफ्‍नो सृष्टिको निम्ति परमेश्‍वरको उपहार हो र …….

      …. हाम्रै शिक्षाका निम्ति लेखिएका थिए, हामीले धीरज र पवित्रशास्‍त्रको सान्त्वनाद्वारा आशा पाउन सकौं भनेर(रोमी १५ः४)।

हाम्रा सृष्टिकर्ताले हामी यस संसारमा रहँदा यस जीवनका निम्ति हामीले जान्नै पर्ने सबै कुराहरू बाइबलमा प्रबन्ध गर्नुभएको छ। यो एउटा त्यस्तो पुस्तक हो जसलाई धेरैले पढे, जुन धेरै भाषाहरूमा प्रकाशित भयो र जसले अन्य संयुक्त रूपमा लेखिएका पुस्तकहरूले भन्दा विश्‍वलाई धेरै नै बढी प्रभावित तुल्याएको छ। यो नै हरेक समयको सर्वाधिक बिक्री भएको पुस्तक हो भन्दा अचम्म मान्नुपर्दैन। छापाखानाको आविष्कार भएपछि सात अरबभन्दा बढी बाइबल प्रकाशित भइसकेको छ।

आगामी पाठहरूमा, यस अध्ययनलाई तपाईंलाई परमेश्‍वरले लेख्नुभएको यस अद्वितीय पुस्तक बाइबलमा रहेका अचम्मका रहस्यहरूको ज्ञान दिनेछ। तपाईंले येशू ख्रीष्टको विषयमा र उहाँले तपाईंको लागि गर्नुभएका सबै कुराहरूको विषयमा पनि सिक्‍नुहुनेछ। तपाईंले कसरी वास्तविक शान्ति प्राप्त गर्ने र कसरी मुक्ति प्राप्त गर्ने विषयमा पनि सिक्नुहुनेछ।

४. बाइबल अद्वितीय पुस्तक हो – यसको प्रभावको कारण

बाइबल किन अद्वितीय पुस्तक हो भन्ने कुराका धेरै कारणहरू छन्। तीमध्ये एउटाचाहिँ बाइबलको प्रभाव हो। मानव जीवनमा बाइबलले जत्तिकै प्रभाव अरू कुनै पुस्तकले पारेको छैन। बाइबलको प्रभाव हाम्रो दैनिक जीवनका विभिन्न पक्षहरूमा देख्न सकिन्छ।

बाइबलले हामीलाई कसरी प्रभाव पारेको छ?

  • हाम्रो आधुनिक पात्रोको सात दिनको एक हप्ता बाइबलमा आधािरत छ। परमेश्‍वरले ६ दिन लगाएर सृष्टि गर्नुभयो र सातौं दिनमा विश्राम लिनुभयो।
  • शनिबार बिदाको दिन हो। धेरै अगाडि परमेश्‍वरले सातौं दिन, शनिबारलाई विश्रामको दिनको रूपमा मान्न आज्ञा दिनुभएको थियो।
  • हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूट नबोल्नू, लोभ नगर्नू जस्ता आज्ञाहरू पहिलो पटक बाइबलमा उल्लेख भएका थिए। सम्पूर्ण समाज र धर्महरूले यी आज्ञाहरूलाई महत्त्वपूर्ण नैतिक नियमहरूको रूपमा ग्रहण गरेका छन्।
  • विश्‍वभर नै ईश्‍वी सम्वत(AD) प्रयोग गरिन्छ। यो सम्वत येशू ख्रीष्टको जन्मको आधारमा स्थािपत गरिएको हो। उदाहरणको लागि २०२० सालले देखाउँछ कि येशूको जन्म भएको लगभग २०२० वर्ष भइसकेको छ।

इतिहासभरि नै, बाइबलले धेरै राष्ट्र र समाजहरूको कानून व्यवस्थालाई प्रभाव पारेको छ। धेरै जसो राष्ट्रहरूमा, बाइबलको दश आज्ञामा आधारित आधारभूत नैतिक व्यवस्थाहरू रहेका छन्।

यहाँ बाइबलद्वारा प्रभावित केही महान् व्यक्तिहरूका भनाइहरू उल्लेख गरिएको छः

  • परमेश्‍वर र बाइबलबिना संसारमाथि ठीकसँग शासन गर्न असम्भव छ। (जर्ज वासिंटन, संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति)।
  • म विश्‍वास गर्दछु कि परमेश्‍वरले मानिसलाई दिनुभएको सर्वोत्तम उपहार बाइबल हो। (अब्राहाम लिङकन्)
  • यदि कुनै मानिस बाइबलसँग परिचित छैन भने, उसले नोक्सान भोगेको छ, जसमा उसले यथासंभव सुधार्नु उत्तम हुन्छ। बाइबलको पूर्ण ज्ञानचाहिँ कलेजको शिक्षाभन्दा बढी अनमोल हो। (थिओडर रूजबेल्ट, संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति)।
  • बाइबल केवल एउटा पुस्तक मात्रै होइन, तर एक जीवित सृष्टि हो, जसमा शक्ति छ कि यसलाई विरोध गर्नेहरूमाथि यो विजयी बन्दछ। (विश्‍व विजेता, नेपोलियन)।

यी त असंख्य भनाइहरूको एउटा सानो उदाहरण मात्र हो।

नूह वेब्स्टर(संसारमा सबै भन्दा प्रसिद्ध डिक्सनरीहरूमध्ये एक, वेब्स्टर डिक्सनरीका लेखक) ले भने, बाइबलबिनाको शिक्षा बेकम्मा छ, यसले हाम्रा चालचलनहरूलाई निर्देशित गर्न आवश्यक नियमहरू तयार पारेको छ।

रबर्ट चार्ल्स विनथ्रप(१८०९-१८९४), एक अमेिरकी विधायिकीलाई पनि यसको महत्त्व थाहा थियो जब उनले यसो भनेः

मानिसहरू, या त आफ्‍नै शक्तिद्वारा अथवा बाहिरी शक्तिद्वारा, या त परमेश्‍वरको वचनद्वारा अथवा मानिसका बाहुबलद्वारा, या त बाइबलद्वारा अथवा हतियारद्वारा नियन्त्रित हुनुपर्दछ।

एक स्वतन्त्र समाजले त्यस बेला सही ढंगमा काम गर्नेछ जब यसका मानिसहरूले आफैमा आत्मसंयम र नैतिकताको अभ्यास गर्दछन्। सम्पूर्ण नैतिक नियमहरूको श्रोत बाइबल हो। होरेर ग्रिलीले यसो भनेः

बाइबल पढ्नेहरूलाई मानसिक रूपले र सामाजिक रूपले दास तुल्याउन असम्भव छ। बाइबलका सिद्धान्तहरू मानव स्वतन्त्रताका आधार हुन्।

त्यसैले बाइबलले भन्दछः

आफ्‍ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ(हितो ३ः६)।

धन्य हो त्यो जाति जसका परमेश्‍वर परमप्रभु हुनुहुन्छ……(भज ३३ः१२)।

५. बाइबल एक अद्वितीय पुस्तक हो – अस्तित्व बचाइराख्‍ने यसको क्षमताको कारण

ग्रीक लेखक पोरफिरीले सन् ३०४ मा बाइबलको विश्‍वासनीयतालाई रद्द गर्ने प्रयास गरे। प्रयास क्रममा उनले बाइबल र ख्रीष्टियानमतको विरूद्धमा १५ वटा पुस्तकहरू लेखे। के उनी सफल भए? अँह भएनन्। बरू पोरफिरी र उनका पुस्तकहरू सबै नै बिर्सिइएका छ तर बाइबल खडा भइरह्‍यो।

पोरफिरी ती धेरैमध्येका एक हुन्  जसले इतिहासभरि नै बाइबललाई बन्देज गर्ने, जलाउने, नाश गर्ने, गैरकानूनी घोषणा गर्ने, प्रतिबन्धित गर्ने, निन्दा गर्ने, यसको विश्‍वसनीयता हटाउन खोज्ने जस्ता कार्यहरू गरिरहे।

बाइबलले बताउँदछ,

रमप्रभुका वचनहरू शुद्ध वचनहरू हुन्, माटोको भट्टीमा निखुर पारिएको, सातपल्ट खारिएको चाँदीजस्तो। हे परमप्रभु, तपाईंले तिनीहरूको रक्षा गर्नुहुनेछ; यस पुस्तादेखि सधैंभरि तपाईंले तिनीहरूलाई जोगाएर राख्नुहुनेछ(भज १२ः६-७)।

सन् ३०३ मा रोमी सम्राट डायोक्‍लेसियनले ख्रीष्टियानहरूलाई आराधना गर्नदेखि रोक्न र तिनीहरूका धर्मशास्‍त्र नष्ट गर्न आदेश दिएका थिए। पच्चीस वर्षपछि उनका उत्तराधिकारी कन्स्टेन्टाइनले सरकारी खर्चमा ५० वटा बाइबलहरू प्रकाशन गर्न अर्को आदेश दिए। अति खराब डाइक्‍लेसियनले बाइबलको यो प्रतिज्ञालाई महसुस गरेनन् ……

घाँस सुकिजान्छ, फूल ओइलिन्छ; तर हाम्रा परमेश्‍वरको वचन सदा-सर्वदा रहिरहन्छ(यशै ४०ः८)

नास्तिकवादी रबर्ट इंगेरसलले एक पटक यसरी घमण्ड गरे, १५ वर्षभित्र बाइबल चिहानभित्र गाडिनेछ। तर १५ वर्षभित्र रबर्ट इंगेरसल चिहानभित्र गाडिए, तर बाइबल अझै जीवितै छ!

सन् १७०० मा नास्तिकवादी लेखक भोल्टायरले भने, १०० वर्षभित्र बाइबल र ख्रीष्टियानमतको अस्तित्व मेटिनेछ र इतिहास बन्नेछ। ठीकै हो, ५० वर्ष भित्रमा भोल्टायर अस्तित्वबाट मेटिए र इतिहासमा सरे। तर जेनेभा बाइबल सोसाइटीले भोल्टायरकै घरलाई हजारौं बाइबलहरू प्रकाशन गर्न र वितरन गर्न छापाखानाको रूपमा प्रयोग गरे। यस्तो विचित्र घट्नाले कसैलाई चकित पारेको थिएन किनकि परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियोः

आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्नेछैन(मत्ती २४ः३५;मर्कु १३ः३१; लूका २१ः३३)।

बाइबलमा खडा रहने अचम्मको क्षमता रहेको छ, जबकि अन्य पुस्तकहरूको खडा रहने शक्ति छैन। उदाहरणको लागिः

  • हेरोडोटस नामक मानिसले ग्रीक इतिहास ई. पू ४२५ मा लेखे र १५०० वर्षपछि त्यसको केवल एक प्रति मात्र बाँकी रह्‍यो।
  • ठीक त्यही वर्ष नै भोल्टायरले यसो भनेका थिए, अबको ५० वर्षपछि विश्‍वले बाइबलबारे सुन्नेछैन, त्यही वर्ष बेलायती संग्रहलयले बाइबलको एक पुरानो पाण्डुलिपीको निम्ति ५,००,०० डलर तिर्‍यो, जबकि त्यही वर्ष पेरिसमा भोल्टायरको एउटा पुस्तक ८ सेन्टमा बेचियो।

न त ती लेखकहरूले परीक्षण समयमा नै आफ्‍ना लेखहरूलाई बचाइराख्न सके। तैपनि परमेश्‍वरले सधैं नै आफ्‍नो पुस्तक, बाइबललाई जोगाइराख्‍नुभयो जो समयअनुसार झन्-झन् बढी बढ्दै गयो। अनि यो कुनै अनौठो कुरा होइन किनकि परमेश्‍वरले राजा दाऊदलाई यसो लेख्न प्रेरणा प्रदान गर्नुभयो,

किनभने तपाईंले आफ्‍नो वचन आफनो सारा नामभन्दा उच्च तुल्याउनुभएको छ(भज १३८ः२)।

शताब्दीऔंदेखि धेरैले बाइबलको विरूद्धमा आक्रमन गरे। बाइबलले यसलाई नाश गर्ने उद्देश्यका अत्यन्तै तीता सतावटहरू भोगेको छ ………

  • पन्ध्रौं शताब्दीका ख्रीष्टियान शहिदहरूलाई घाँटीमा एक एक वटा बाइबल झुण्ड्याई ठिंगुरामा राखेर जलाइएको थियो।
  • विलियम टिन्डेललाई सन् १५३६ मा ठिंगुरामा राखी जलाइएको थियो किनकि उनले बाइबललाई ग्रीक भाषाबाट अंग्रेजीमा अनुवाद गरेको थियो। केही वर्ष पहिला अधिकारीहरूले टिन्डेलका बाइबलहरू जम्मा गरी जलाउन एक जना जर्मन नागरिकलाई ठूलो धनराशी दिए। तर अधिकारीहरूलाई के थाहा थिएन भने ती जर्मन नागरिकचाहिँ टिन्डेलका साथी थिए र उनले त्यस पैसालाई अरू बाइबलहरू प्रकाशन गर्नमा टिन्डेललाई सहायता गर्न प्रयोग गरे।

बाइबल विरूद्ध विरोधीहरूले धेरै आक्रमणहरू गरे। तर त्यहाँ यस्ता मानिसहरु छन् जसले तथ्यहरूको जाँच गरेपछि आफ्‍ना विचारहरूलाई परिवर्तन गरेका छन्। यहाँ दुई उदाहरणहरू छन्ः

  • जनरल लिउ वालेस, संयुक्त राज्य अमेरिकाको गृहयुद्धपश्‍चातका एक क्षेत्रिय प्रशासक थिए। उनी २९ वर्षको उमेरमा सेनेटर बनेका थिए र उनी अत्यन्तै बुद्धिमान र शिक्षित मानिसको रूपमा कहलिएका थिए। उनलाई बाइबल र ख्रीष्टियानमत दुवैतर्फ विश्‍वास थिएन। त्यसैकारण उनले यी दुवै कुरालाई अप्रमाणित तुल्याउनका लागि एउटा संसदवादी पुस्तक लेख्‍ने निर्णय गरे। यद्यपि, जसरी उनले बाइबलको अध्ययन गरे, उनले उल्टै बाइबल र येशू ख्रीष्टलाई सत्य भएको भेट्टाए र उनी आफै एउटा भक्त ख्रीष्टियान बने। जनरल वालेसले बाइबलको विरूद्धमा कहिल्यै कुनै पुस्तक लेखेनन्। बरू यसको सट्टामा उनले अति उच्च स्तरको ख्रीष्टियान उपन्यास बेन हुर लेखे। यस पुस्तकमा येशू ख्रीष्टको शक्ति र महिमा देखाइएका छन्।
  • विलियम राम्से, अंग्रेज विद्वान, बाइबललाई ऐतिहासिक रूपमा गलत छ भनेर साबित गर्न भनी एशिया गए। जब उनले प्राचीन कला तथ्यहरूको र विवरणहरूको अध्ययन गरे, अचम्मलाग्दो कुरा, उनले पत्ता लगाए कि बाइबल त यसका अति सुक्ष्म विवरणहरूमा पनि सत्य र ठीक थियो। यस प्रमाणले सर राम्सेलाई ठूलो प्रभाव पार्‍यो र उनी आफै एक ख्रीष्टियान र महान् बाइबल विद्वान बने।

साँचो इतिहास, विज्ञान र पुरातत्व सँधै नै बाइबलसँग मेल खान्छन्। एउटै पनि वैज्ञानिक तथ्य र अनुसन्धानले कहिल्यै कुनै पनि एउटा बाइबलीय भनाइलाई अप्रमाणित गर्न सकेको छैन। वास्तवमा विज्ञान, इतिहास र पुरातत्वको विकासले बाइबलको सत्यतालाई दोहोर्‍याई दोहोर्‍याई पुष्टि गरेका छन्। साथै मानिसले पत्ता लगाउनुभन्दा धेरै अगाडि नै परमेश्‍वरले थुप्रै वैज्ञानिक सत्यताहरूको अघिबाटै घोषणा गर्नुभएको थियो। उदाहरणको निम्ति बाइबलले हामीलाई बताएको छः

  • पृथ्वी अन्तरिक्षमा झुण्डिएको छ।(धेरै अघि, दार्शनिकहरूले सोचेका थिए कि पृथ्वी एउटा भिमकाय कछुवामाथि अडेको थियो।)
  • बाइबलले वायुचक्रहरू र जलचक्रहरूको बारेमा, तिनीहरू पत्ता लगाउनु अगाडि नै बताएको थियो।
  • बाइबलले व्याख्या गरेको थियो कि चन्द्रमाले यसको आफ्‍नै प्रकाश दिंदैन(हालैको इतिहासभन्दा अघिसम्म, मानिसहरू सोच्दथे कि चन्द्रमाले यसको आफ्‍नै प्रकाश दिन्थ्यो।)
  • बाइबलले व्याख्या गर्दछ कि ताराहरू असंख्य छन् (धेरै अगाडि मानिसले सोच्थे कि तिनीहरूलाई ताराहरूका संख्या थाहा थियो। यद्यपि, अहिले वैज्ञानिकहरू बताउँछन् कि ताराहरू गन्नै नसकिने गरी असंख्य छन्।)

६. बाइबल एक अद्वितीय पुस्तक हो – पूरा भएका भविष्यवाणीहरूको कारण

बाइबलमा वास्तविक रूपमा घट्नु अघि नै भनिएका विभिन्न घट्नाहरूका अनेकौं अगमवाणीहरू वा भविष्यवाणीहरू छन्। बाइबलका केही भविष्यवाणीहरू अन्त्यका समयहरूको विषयमा छन् र आउने वर्षहरूमा ती पूरा हुनेछन्, तर धेरै भविष्यवाणीहरू पहिले नै पूरा भइसकेका छन्। बाइबलका भविष्यवाणीहरूको विषयमा अनौठो लाग्‍ने कुरा यो छ कि तिनीहरू १००% ठीक ठहरिएका छन्। जब मानिसहरू भविष्यका घट्नाहरूको विषयमा अगमवाणी गर्ने कोसिस गर्दछन्, कहिलेकाहीं तिनीहरू एउटा वा दुई वटा कुराहरुमा ठीक ठहरिन सक्‍लान् तर प्रायः जसो तिनीहरू ठीक ठहरिन सक्दैनन् अथवा तिनीहरूको अगमवाणीमा त्रुटीहरू रहेका हुन्छन्। कुनै पनि मानिस आफ्‍ना भविष्यवाणीहरूमा सधैं नै सही ठहरिएको छैन तर बाइबलमा रहेका भविष्यवाणीहरू सम्पूर्ण रूपमा ठीक भएको कुरा बारम्बार कैयौं पटक प्रमाणित भएको छ। सयौं वर्षहरू अगाडि भनिएका ज्यादै विस्तृत भविष्यवाणीहरू पूर्व बताइएअनुसार नै दुरूस्त प्रकारले पूरा भएर

बाइबलमा इतिहासमा घटेका घट्नाहरूका कैयौं भविष्यवाणीहरू छन्  जुन अगमवाणी भएको धेरै लामो समयपछि पूरा भएका थिए। राजाहरू, राज्यहरू, विशिष्ट घट्नाहरू, येशूको जन्म, येशूको जीवन र मृत्यु आदिसम्बन्धी यी भविष्यवाणीहरू ऐतिहासिक अभिलेखहरूद्वारा सत्य भएका प्रमाणित भएका छन्।

उहाँको जन्म हुनुभन्दा ७०० वर्ष अगाडि, बाइबलले येशूको मृत्युको सम्बन्धमा ३४ वटा विशिष्ट भविष्यवाणीहरू दिएको थियो। यी भविष्यवाणीहरूमध्ये केवल ५ वटा मात्रै ठीक हुन्थे भने पनि, यी अचम्म प्रकारको हुनेथियो। यद्यपि सम्पूर्ण ३४ वटै भविष्यवाणीहरू नै पूर्व बताइएअनुसार दुरूस्त हुनआए। यो नै बाइबल एउटा साधारण पुस्तक होइन तर यो वास्तविक रूपमा परमेश्‍वरको वचन हो भन्ने कुराको प्रमाण हो।

येशूको मृत्युसम्बन्धी भविष्यवाणीहरू

      बाइबलका केही अगमवाणीहरूको परीक्षण गरेर हेरौं। हामी केही यस्ता अगमवाणीहरूको विषयमा हेर्नेछौं जुन बाइबलले येशूको मृत्युको विषयमा बताएको थियो।

१) उहाँको मृत्युको ठीक समय

२) उहाँको मृत्युको तरिका

३) उहाँलाई भएको धोका

४) कति पैसामा उहाँलाई धोका दिइनेथियो?

५) उहाँ क्रूसमा झुण्ड्याइनुहुँदा उहाँले भन्नुहुने ठीक त्यही वचनहरू

६) उहाँलाई परमेश्‍वरको थुमाको रूपमा सम्बोधन गरिनेथियो।

७) उहाँ पापको बलिको रूपमा मर्नुहुनेथियो।

*कैयौं धेरै अगमवाणीहरू भनिए र तिनीहरू पूर्व बताइएअनुसार दुरूस्त पूरा भए। ती भविष्यवाणीहरू पूरा हुनुभन्दा ७०० वर्ष अगाडि नै त्यस्ता सही अगमवाणीहरू भन्नु एउटा मानिसको लािग असम्भव हुन्थ्यो। तर बाइबलचाहिँ परमेश्‍वरको वचन हो र यो भविष्यवाणीहरू १००% सही थिए भन्ने यही तथ्यले बाइबल सत्य छ भन्ने प्रमाणित गर्दछ।

पाठ १ सिद्ध्याउनुभएकोमा धेरै-धेरै धन्यवाद। अब तपाईंले कार्यपत्र भर्न सक्नुहुन्छ र त्यसलाई बुझाउन सक्नुहुन्छ।
धन्यवाद

कार्यपत्र #१

परमेश्‍वर र बाइबल
कृपया प्रश्नहरूको उत्तर दिनुहोस्ः
परमेश्‍वर
बाइबल
१. परिचय
२. बाइबल अद्वितीय पुस्तक हो - बनावटको कारण
३. बाइबल एक अद्वितीय पुस्तक हो - परमेश्‍वरको वचन भएको कारण
४. बाइबल अद्वितीय पुस्तक हो - यसको प्रभावको कारण
५. बाइबल अद्वितीय पुस्तक हो - अस्तित्व बचाइराख्ने क्षमताको कारण
६. बाइबल अद्वितीय पुस्तक हो - पूरा भएका भविष्यवाणीहरूको कारण