पाठ ७

तपाईंले अनन्तता कहाँ बिताउनुहुनेछ?

तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः

परमेश्‍वर

– अनन्तता

– मुक्ति दिने विश्‍वास

 

तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्नुहुनेछ।

अनन्तता

 

मानिसको अन्त कहाँ हुन्छ? चिहानमा? वा घाटमा? धेरैको सोंचाइमा मानिसको अन्त चिहानमा वा घाटमा हुन्छ। मरेपछि सकियो। तर परमेश्वरको वचन बाइबलले बताउँदछ कि शारीरिक मृत्युमा मानिसको अन्त हुँदैन। मानिस सदाकाललाई जिउँदछ, अनन्तलाई जिउँदछ। यद्यपि मानिसको शरीरको मृत्यु हुन्छ, अन्त हुन्छ तर वास्तविक मानिस सदालाई जिउँदछ। मानिसको आत्मा अमर हुनछ। मानिसको आत्मा शारीरिक मृत्यपछि अनन्त यात्रामा प्रस्‍थान गर्दछ। त्यो यात्रा या अनन्त सुखतर्फ या अनन्त दु:खतर्फ हुनेछ। यस विषयलाई स्पष्ट पार्न येशूले यो तथ्य प्रस्तुत गर्नुभयो।

धनी मानिस लाजरस

कुनै एउटा धनी मानिस थियो, जसले बैजनी वस्‍त्र मलमल पहिरन्थ्यो, दिनहुँ रवाफसित मोजमज्जा गर्थ्यो। अनि लाजरस नामको घावैघाउ भएको कुनै एउटा माग्ने थियो, जो उसैको ढोकामा राखिन्थ्यो, अनि त्यसले त्यस धनी मानिसको टेबलबाट खसेका टुक्राटाक्रीहरूले तृप्त हुने इच्छा गर्दथ्यो, साथै कुकुरहरू पनि आएर त्यसका घाउ चाट्दथे।

अनि यस्तो भयोत्यो माग्ने मर्‍यो स्वर्गदूतहरूद्वारा अब्राहामको काखमा पुर्‍याइयो, त्यो धनी मानिस पनि मर्‍यो गाडियो। अनि नरकमा भयानक पिडामा तड्‍‍पिदै त्यसले आफ्ना आँखा उठायो टाढामा अब्राहाम उनको काखमा लाजरसलाई देख्यो। अनि त्यसले चिच्याएर भन्यो, “हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, अनि लाजरसलाई पठाइदिनुहोस् उसले आफ्नो औंलाको टुप्पा पानीमा चोपोस् मेरो जिब्रो शीतल पारिदेओस्, किनकि यस ज्वालाभित्र तड्पिरहेको छु तर अब्राहामले भने: “हे छोरा, सम्झ! तिमीले आफ्नो जीवनकालमा तिम्रा असलअसल कुराहरू पायौ, त्यसरी नै लाजरसले खराब कुराहरू पायो, तर अहिले उसले शान्ति पाएको तिमी तड्पिरहेका छौ। अनि यी कुराहरू बाहेक, यहाँबाट पारि तिमीहरूकहाँ जान चाहनेहरू जान नसकून्, त्यहाँबाट आउन चाहनेहरू पनि हामीकहाँ आउन नसकून् भनी हामीहरू तिमीहरूको बीचमा एउटा ठूलो खाँद राखिएको छ। तब त्यसले भन्यो: “यसकारण हे पिता, तपाईंलाई विन्ती गर्दछु, तपाईंले उसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस् किनभने मेरा पाँच भाइ छन्, उसले तिनीहरूलाई आग्रहपूर्वक गवाही देओस्, तिनीहरू पनि यस तड्पिनुपर्ने ठाउँमा नआऊन्।अब्राहामले त्यसलाई भने: “तिनीहरूसँग मोशा भविष्यवक्ताहरूका पुस्तकहरू छन्, तिनीहरूले उनीहरूकै सुनून्।अनि त्यसले भन्यो, होइन पिता अब्राहाम, तर मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने ता तिनीहरूले पश्चात्ताप गर्नेछन्। अनि उनले त्यसलाई भने, “तिनीहरूले मोशा भविष्यवक्ताहरूका सुन्दैनन् भने मरेकाहरूबाट कोही बौरेर उठ्यो भने पनि तिनीहरू मनाइनेछैनन्।” ()

मानिसको मृत्यु नै उनको जीवनको अन्त होइन तर शारीरिक मृत्यु बरू यात्रा हो भन्ने एक तथ्य उपरोक्त खण्डले बताउँदछ। अब उपरोक्त खण्डलाई विश्‍लेषण गरौं। त्यहाँ दुई जना मानिसहरू थिएधनी मानिस गरिब लाजरस।

धनी मानिस गरिब लाजरस

धनी मानिस बैजनी वस्त्र मलमलमा दिनहुँ रवाफसित मोजमज्जा गर्दथ्यो। तर गरिब लाजरस घावैघाउ भएको माग्ने थियो। यी दुवैका जीवन यसरी नै बितिरहे। एक जनाको जीवन अति मोजमज्जामा, एक जनाको जीवन अति कष्टकर अवस्थामा। तर दुवै मरे।

तर मृत्युपछिको अवस्थाको सम्बन्धमा भने भिन्नभिन्न तथ्यहरू प्रस्तुत गरिएको छ। गरिब माग्ने लाजरस मर्‍यो स्वर्गदूतहरूद्वारा अब्राहामको काखमा पुर्‍याइयो। जुन स्थानमा लाजरस पुर्‍याइयो, त्यो स्थान विश्रामको स्थान वा स्वर्गीय बासस्थान (paradise) थियो। त्यो सुखको स्थान थियो। त्यो धनी मानिस पनि मर्‍यो गाडियो। तर धनी मानिस पुगेको स्थान भने पिडाको स्थान थियो। जुन नरक थियो। परमेश्वरको दण्ड भोग्ने स्थान जहाँ अनन्त आगो रहन्छ पिडा अनि दाह्राकीटाइ हुन्छ।

बाइबलमा यस्तो लेखिएको , “यदि कुनै मानिसले त्यस पशु त्यसको मूर्तिको पूजा गर्छ, आफ्नो निधारमा वा आफ्नो हातमा त्यसको निशान लिन्छ भने, त्यसले परमेश्वरको क्रोधको मद्यबाट पिउनेछ, जुनचाहिँ उहाँको क्रोधको कचौरामा पन्यालो नपारीकन खन्याइएको , अनि पवित्र स्वर्गदूतहरूका सामु थुमाको सामु त्यो आगो गन्धकद्वारा पीडित पारिनेछ, तिनीहरूको पीडाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ, अनि जसले त्यो पशु त्यसको मूर्तिको पूजा गर्छन् जसकसैले त्यसको मूर्तिको पूजा गर्छन्, जसकसैले त्यसको नामको निशान लिन्छन्, तिनीहरूले दिनरात विश्राम पाउनेछैनन्।” ()

अब्राहाम जोतिहासिक मानिस हुन् करिब .पू. २००० मा संसारमा रहन्थे। () उनी एक धार्मिक मानिस थिए। परमेश्वरमा विश्वास गर्दथे धार्मिक जीवन विताउँदथे। उनी परमेश्वरको अनुग्रहद्वारा स्वर्गीय बासस्थानमा पुगे। उनलाई धनी मानिसले टाढैबाट चिने। किनकि उनी धेरैद्वारा चिनिएका पवित्र जन थिए। अब्राहामसँगको धनी मानिसको संवाद यसरी अघि बढ्यो।

द्वीलोक वार्ता

धनी मानिस: “त्यसले चिच्याएर भन्यो, “हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, अनि लाजरसलाई पठाइदिनुहोस् उसले आफ्नो औंलाको टुप्पा पानीमा चोपोस् मेरो जिब्रो शीतल पारिदेओस्, किनकि यस ज्वालाभित्र तड्पिरहेको छु।

अब्रहाम: हे छोरा, सम्झ! तिमीले आफ्नो जीवनकालमा तिम्रा असलअसल कुराहरू पायौ, त्यसरी नै लाजरसले खराब कुराहरू पायो, तर अहिले उसले शान्ति पाएको तिमी तड्पिरहेका छौ। अनि यी कुराहरू बाहेक, यहाँबाट पारि तिमीहरूकहाँ जान चाहनेहरू जान नसकून्, त्यहाँबाट आउन चाहनेहरू पनि हामीकहाँ आउन नसकून् भनी हामीहरू तिमीहरूको बीचमा एउटा ठूलो खाँद राखिएको छ।

धनी मानिस: यसकारण हे पिता, तपाईंलाई विन्ती गर्दछु, तपाईंले उसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस् किनभने मेरा पाँच भाइ छन्, उसले तिनीहरूलाई आग्रहपूर्वक गवाही देओस्, तिनीहरू पनि यस तड्पिनुपर्ने ठाउँमा नआऊन्।

अब्राहाम: तिनीहरूसँग मोशा भविष्यवक्ताहरूका पुस्तकहरू छन्, तिनीहरूले उनीहरूकै सुनून्।

धनी मानिस:होइन पिता अब्राहाम, तर मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने ता तिनीहरूले पश्चात्ताप गर्नेछन्।

अब्राहाम: “तिनीहरूले मोशा भविष्यवक्ताहरूका सुन्दैनन् भने मरेकाहरूबाट कोही बौरेर उठ्यो भने पनि तिनीहरू मनाइनेछैनन्।” (लुका १६:१९३१) (यहाँ, जब धनी मानिसले भने, “यदि तिनीहरू मोशा भविष्यवक्ताहरूका सुन्दैनन्…” उनीचाहिँ  मोशाले लेखेका बाइबलको पूरानो करारको भागको बारेमा कुरा गरिरहेका थिए। उनको भनाइको तात्पर्य, यदि तिनीहरू परमेश्वरद्वारा मोशालाई दिनुभएको बाइबललाई विश्वास गर्दैनन् भने, तब कोही तिनीहरूकै आँखाहरू अगाडि मृत्युबाट बौरि उठे तापनि तिनीहरूले विश्वास गर्ने छैनन्।)

संवाद छोटो तर अति महत्त्वपूर्ण छ। यसले मानिसको अनन्तता प्रकट गर्दछ। मानिस पार्थीव (पृथ्वीको) जीवनमा जे जसरी बाँचे पनि त्यो केवल अस्थायी अवस्था मात्र हो। तर उसको स्थायीत्व अनन्ततामा हुन्छ।

अनन्तताका दुई स्थानहरू छन् स्वर्ग नरक। यी दुई स्थानहरू क्रमश: इनाम दण्डका स्थानहरू हुन्। सृष्टिकर्ताले आफ्ना सृष्टिहरू जे उद्देश्यमा सृजिएका हुन् त्यसै अनुरूप अघि बढेको चाहनुहुन्छ। मानिसमा परमेश्वरले त्यसका निम्ति स्वतन्त्र इच्छा दिनुभएको जसबाट मानिस स्वेच्छाले परमेश्वरको महिमा गर्न सही जीवनको दुरूपयोग गर्छन् भने परमेश्वर त्यसमा अप्रशन्न बन्नुहुन्छ। वास्तवमा घोर अप्रशन्न। त्यसैले दण्ड अित कडा पारिएको छ। त्यो अनन्त दण्ड भयानक हुन्छ। नरक एक भयानक डरलाग्दो स्थान हो। जस्तो लेखिएको :

अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालिदेऊ, किनभने दुवै आँखासित नरकको आगोमा फालिनुभन्दा कानो भएर परमेश्वरको राज्यमा पस्नु नै तिम्रा निम्ति उत्तम हो, जहाँ तिनीहरूको कीरा मर्दैन आगो निभ्दैन।” () यो नरक वास्तवमा मानिसको निम्ति नभई शैतान त्यसका दूतहरूका निम्ति तयार पारिएको थियो। जस्तो लेखिएको , “त्यसपछि  उनले ती देब्रे हातपट्टी हुनेहरूलाई पनि भन्छन्: “हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान त्यसका दूतहरूका निम्ति तयार पारिएको छ।” ()

संवादले अरू धेरै तथ्यहरूको उजागर गरेको छ। मानिसको निम्ति एकचोटी मरण त्यसपछि इन्साफ नियुक्त गरिएको छ। () लाजरस एकपल्ट मरे फेरि जन्मेनन् तर सदालाई अर्कै अवस्थामा प्रवेश गरे। त्यसरी नै धनी मानिस पनि सदालाई अर्कै अवस्थामा प्रवेश गरे। अर्को तथ्य के हो भने मानिस एक स्थानमा प्रवेश गरिसकेपछि कुनै पनि हालतले अर्को स्थानमा प्रवेश पाउन सक्दैनन्। स्वर्ग पुगिसकेको मानिस नरकमा वा नरक पुगिसकेको मानिस स्वर्ग जान सक्दैनन्।

अर्को तथ्य के हो भने पार्थिव जीवनमा मानिसले जे गरेका छन् अनन्ततामा त्यसको प्रतिफल मानिसले पाउँछन्। लाजरस आफ्ना गरिबीहरूमा पनि निर्दोष थिए। परमेश्वर नै तिनको आशा हुनुहुन्थ्यो। परमेश्वर बाहेक तिनको निकट व्यक्ति अरू थिएन। तिनका निम्ति प्राय: रातहरू निरस थिए। एक गरिब माग्नेका निद्रा राम्रा हुँदैनन्। तिनलाई पर्याप्‍त न्यानोको अभाव हुन्छ। शरीरलाई आवश्यक पर्ने न्यूनतम आवश्यकता तिनले पूरा गर्न सक्दैनन्। रातहरूमा केवल परमेश्वर तिनका सहारा हुनुहुन्थ्यो। उनी आफ्ना आँखाहरू अनन्ततातर्फ लगाउँदथे नकि पार्थिव जीवनका आशाहरूमा। उनको पार्थिव जीवन पूर्णतया असफल निराशा थियो। उनले परमेश्वरको मुक्तिलाई हेरेका थिए। उनले दैनिक परिस्थितिले उनलाई यस्ता प्रार्थनाहरू गर्न प्रेरित गर्थे, “हे परमेश्वर मलाई छिट्टै तपाईसमक्ष लानुस्।” “हे परमेश्वर ममाथि दया राख्नुहोस्।उनलाई कसैको ठग्नु थिएन। कसैलाई दु: दिनु थिएन। उनी धार्मिक जीवन बिताउँथे। उनको आशा केवल परमेश्वरको हुनुहुन्थ्यो। उनले परमेश्वरको बलिदान मुक्तिदाता ख्रीष्टमा बिश्वास राखेका थिए। उनको पार्थिव जीवन दु:खमय भयो तर अनन्ततामा प्रतिफल अति भिन्न थियो, महान् थियो।

धनी मानिसको अवस्था अति फरक थियो। उनको पार्थिव जीवन वैभवशाली थियो। उनी अति धनाढ्य थिए। समाजमा प्रतिष्ठित थिए। उनलाई संसार स्वर्ग थियो। उनको मनले चाहेका प्रत्येक कुरा उनलाई प्राप्य हुन सक्दथ्यो। उनी दिनहुँ भोजमा मोजमज्जा गर्दथे। उनले जीवनकालमा असल असल कुराहरू पाए। तर उनी परमेश्वरको अस्तित्वमा विश्वास राख्दैनथे। स्वर्ग नरक भन्ने कुरामा पनि उनलाई विश्वास थिएन।खाए सार लाए सार मरेपछि  लम्पसारजस्तो किसिमको सिद्धान्तका मानिस उनी थिए।जसको पाप उसैको फलिफापशैलीमा उनको जीवन थियो। उनी केवल शरीरका निम्ति बाँचे। उनको निम्ति सर्वप्रिय वस्तु आफू मात्र थियो केवल आफू मात्र।

तर त्यसको प्रतिफल उनले अनन्तताका लागि पाए। उनलाई भनियो, “हे छोरा, सम्झ! तिमीले आफ्नो जीवनकालमा तिम्रा असलअसल कुराहरू पायौ, त्यसरी नै लाजरसले खराब कुराहरू पायो, तर अहिले उसले शान्ति पाएको तिमी तड्पिरहेका छौ।आज पनि उनी  तड्पिरहेकै छन्।

यहाँ हामी कष्टको बारेमा पत्ता लगाउँछौ जहाँ सधैभरि आगो बलिरहन्छ। यो नरक यस्तो डरलाग्दो ठाउँ हो जहाँ धनी मानिस एक थोपा पानीको लागि तड्पिरहेको थियो। नरकमा एक थोपा पानी उसैको लागि ठूलो उपहार हुन सक्थ्यो। त्यसैले यसले हामीलाई यो देखाउँछ साँच्चिकै नरक ज्यादै कष्टदायी ठाउँ हो।नरकमा भयानक पिडामा तड्पिँदै त्यसले आफ्ना आँखा उठायो।यस भनाइबाट हामी नरक कति भयानक ठाउँ हो भन्ने कुराको अनुमान लगाउन सक्छौं।

अर्को तथ्य यहाँ के पाइन्छ भने अनन्तताको अर्को स्थल स्वर्गीय वासस्थान अति मनमोहक विश्रामस्थल हो। यो विश्रामको पनि हामी केवल अनुमान गर्न सक्दछौं। नरक पिडामा जति भयानक स्वर्ग सुखमा उतिकै गजब छ। जस्तो लेखिएको , आँखाले नदेखेका, कानले नसुनेका मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।” () लाजरस पूर्ण सन्तुष्ट थिए। उनले जीवनका सबै दु:खहरूलाई बिर्से। उनी बयान गर्न नसकिने आनन्दमा थिए। उनले यस्ता सुखहरू देख्न भोग्न पाए जसको परिकल्पना समेत उनले गरेका थिएनन्। परमेश्वरको स्तुति होस् उहाँको प्रेम अनन्त योजनाको निम्ति। यी सबै विश्लेषण पछि एउटा ठूलो प्रश्‍न यहाँ खडा हुन्छ। तपाईले अनन्तता कहाँ बिताउनु होला?

मुक्ति दिने विश्वासको परिभाषा (२०)

अनन्तता स्वर्गको राज्यमा बित्नु हो भने मानिसले गर्नुपर्ने काम के हो ? मानिसहरूले उहाँलाई सोधे, “परमेश्वरका कामहरू गर्नाका निम्ति हामी के गरौं? येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “जसलाई उहाँले पठाउनुभएको , उनैमाथि तिमीहरू विश्वास गर, यही परमेश्वरको काम हो।” () परमेश्वरको उद्धारलाई ग्रहण गर्दा मैले गर्नु पर्ने काम चाहिँ येशू ख्रीष्टमा विश्वास गर्नु हो। तर यसको खास अर्थ के हो? यो कुरा सामान्यत: मनले मात्र विश्वास गर्नु होइन। मानिसहरूमा प्राय: जसो विश्वास भन्ने कुरा सामान्यत: कुनै चीज बारेको ज्ञान हो भन्ने धारणा छ।

उदाहरणको लागि, दोस्रो विश्व युद्धमा हिटलरले जर्मनीमा शासन गरे अथवा जर्ज वाशिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति थिए अथवा महात्मा गान्धी भारतमा बस्थे भन्ने कुरा मानिसहरूले विश्वास गर्छन्। तर यस्ता विश्वासहरूले ती विश्वास गर्नेहरूका जीवनका कुनै प्रकारको प्रभाव पार्दैन ता कुनै परिवर्तन नै ल्याउँदछ। त्यसरी नै धेरै मानिसहरूले विश्वास गर्छन् कि धेरै समय अघि येशू ख्रीष्ट रहनुहुन्थ्यो उहाँले धेरै आश्चर्यजनक असाधारण कामहरू गर्नुभयो। तर यस्तो विश्वासले तिनीहरूका जीवनलाई कुनै अर्थपूर्ण  प्रभाव पार्दैन। साँचो उद्धारको विश्वास चाहिँ यो भन्दा फरक हुन्छ।

साँचो उद्धार सम्बन्धी विश्वासका विशिष्ट लक्षणहरू:

. साँचो उद्धारको विश्वास एक पश्‍चात्तापी विश्वास हो।

उद्धार चाहने मानिसहरूले अवश्य नै पश्चात्ताप गर्नुपर्छ भनी येशूले चेतावनी दिनुभयो, “ तिमीहरूलाई भन्दछु, ……. तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।” () पश्चात्तापको अर्थ फर्कनलाई आफ्नो मन परिवर्तन गर्नु हो। किनकि एक व्यक्तिले उद्धार पाउनको निम्ति, उसले आफ्नो पापी मन आफ्नो इच्छालाई परिवर्तन गर्नु नै पर्छ। अहंकार, सामाजिक सुखविलास, मूर्तिपुजा, झूटा दर्शनहरू, आफ्नो इच्छा, घृणा आदि दुष्ट मार्गहरूबाट फर्कन उक्त व्यक्ति तयार हुनुपर्छ।

बाइबलमा पश्चात्तापबारे तीनवटा असल उदाहरणहरू दिइएका छन्। त्यसमा एउटा चाहिँ, नबूकदनेज्जर नाम गरेका राजा हुन्। उनी धेरै नै घमण्डी थिए तर जब उनले उद्धार पाए तब उनी आफ्नो घमण्डीपन देखि फर्के। (१०) अर्को एक जना जक्कै नाम गरेको अति धनी व्यक्ति थियो, किनभने उसले मानिसहरूबाट रूपियाँपैसा ठग्थ्यो। जब उसले प्रभु येशूलाई ग्रहण गर्‍यो, तब उसले आफ्नो स्वार्थी बेईमानी मार्गमा हिँड्न छाड्यो। (११) एउटा अर्को उदाहरण थेस्सलोनिकामा बस्ने मानिसहरू पनि हुन्। यी मानिसहरूले मूर्तिपूजा गर्थे तर जब तिनीहरूले येशू ख्रीष्टको बारेमा सुने तब तिनीहरूले आफ्ना झूटा देवीदेवताको पूजा गर्न छाडेर साँचो परमेश्वरको सेवा गर्न थाले। (१२) साँचो पश्चात्तापको अर्थ यही हो। जब तिनीहरूले प्रभु येशूमा विश्वास गरे, तब ती सबै मानिसहरू आफ्ना दुष्ट कुराहरूबाट फर्के।

. साँचो उद्धारको विश्वास एक नबाँडिएको विश्वास हो।

बाइबलले भन्दछ कि प्रभु येशू ख्रिष्ट बाहेक अरू कुनै पनि प्रभु उद्धारकर्ता छैन। येशूले भन्नुभयो, “बाटो, सत्य जीवन नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।” (१३) “ ता अरू कसैमा मुक्ति , किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ।” (१४)

उद्धार पाउनको निम्ति मैले यो विश्वास गर्नुपर्दछ कि येशू ख्रीष्ट मात्र प्रभु उद्धारकर्ता हुनुहुन्छ। केही मानिसहरूले अरू देवी देवताहरू पुज्दै प्रभु येशूलाई पनि आराधना गर्ने उनको पछि हिड्ने प्रयास गर्छन्। यसरी पनि उद्धार पाउन सक्दैन।

. साँचो उद्धारको विश्वास, भरोषा गर्न विश्वास हो।

हे प्रभु, मेरा परमेश्वर, आफ्नो  भरोसा तपाईमा राख्दछु; ती सबैबाट मलाई बचाउनुहोस् जसले मलाई सताउँछन् मलाई स्वतन्त्र गर्नुहोस्। (भजनसंग्रह :)

बाइबलमा भएको विश्वास शब्दका अर्थ भरोसा गर्नु, भर पर्नु साथै स्वयम् आफूलाई समर्पण गर्नु हो। उद्धार पाउनको लागि एउटा व्यक्ति स्वयम् आफैले साँचो पूर्णरूपले प्रभु येशूमा भरोसा राख्नुपर्छ। आफ्नो पापको क्षमा पाउन, परमेश्वरसँग ठीक सम्बन्ध बनाउन स्वर्गमा लगिनको लागि मैले केवल प्रभु येशूमा मात्रै भर पर्नुपर्दछ। प्रभु येशूमा भरोसा राख्नुचाहिँ एउटा डुङ्गामा भरोसा गरे समान हो, जसले मलाई तालपारि पुर्‍याउँछ। के वास्तवमा तपाईले आफ्नो पाप प्रभु येशूले हटाउनुहुन्छ भनी भरोसा गर्नुभएको ?

. साँचो उद्धारको विश्वास, एक निश्‍चयताको विश्वास हो।

उद्धार पाउनको लागि पूर्णरूपले यो कुरामा निश्चय हुनुपर्छ कि येशू, प्रभु उद्धारकर्ता हुनुहुन्छ उहाँले आफ्ना प्रतिज्ञाहरू मेरो लागि पूरा गर्नुहुन्छ। साँचो उद्धार एउटा जानिएको निश्‍चित उद्धार हो। यस किसिमको विश्वास येशूका चेलाहरूमा थियो।अनि तपाई जीवित परमेश्वरका पुत्रख्रीष्ट हुनुहुन्छ भनी हामीले विश्वास गरेका छौं पक्का गरी जानेका छौं।” (१५)

    कसरी एउटा व्यक्ति प्रभु येशूमा नै उद्धार भन्ने कुरामा निश्‍चित हुन सक्छ?

. परमेश्वरले प्रतिज्ञा गर्नुभएको , “यसरी नै जब परमेश्वरले प्रतिज्ञाका हकदारहरूलाई, ‘उहाँको मनसाय कहिल्यै बदलिन सक्दैनभन्ने कुरा प्रशस्त गरी देखाउन चाहनुभयो, तब उहाँले त्यो कुरा कसमद्वारा पक्का गर्नुभयो।” (१६) अनन्त जीवन पाप क्षमाको लागि परमेश्वरले ती सबै मानिसहरूलाई प्रतिज्ञा गर्नुभएको जसजसले प्रभु येशूलाई ग्रहण गरेका छन्। के हामीले पनि परमेश्वरको प्रतिज्ञालाई स्वीकार्न सक्दैनौं?

.  बाइबलले यस प्रकार भन्दछ,  अनि गवाही यही होपरमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको , यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन ; जससँग परमेश्वका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन। मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको  नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छुतिमीहरूसित अनन्त जीवन भन्ने कुरा तिमीहरूलाई थाह होस्, परमेश्वरका पुत्रको नाम तिमीहरूले विश्वास गर।बाइबल, परमेश्वरको वचनले अनन्त उद्धार ती सबैको निम्ति हो, जसले प्रभु येशूलाई ग्रहण गर्दछ भनी प्रतिज्ञा गर्दछ।

. येशू मृत्युबाट बिउँतिनुभयो: “पवित्रताको आत्मा अनुसार उहाँ (येशू ख्रीष्ट) मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो।” (१८) उहाँको अनन्त, प्रतिज्ञाको लागि हामी  निश्‍चित छौं किनभने उहाँ तीन दिनपछि मृत्युबाट बिउँतिनुभयो।

. साँचो उद्धारको विश्वास एक नमिसिएको विश्वास हो।

किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ।” (१९) यी दुई पदहरू बाइबलमा भएका पदहरू मध्येका अति महत्त्वपूर्ण पदहरू हुन्। उद्धार हाम्रा असल कामहरूका नतिजा होइनन् भन्ने कुरा यी पदहरूले हामीलाई सिकाउँदछ। अनि यो एक स्वतन्त्र दान हो जुन हामीले ग्रहण गर्नुपर्छ। परमेश्वरको स्वतन्त्र उद्धार पाए पछि, एक धन्यवादी हृदयसाथ उहाँको सेवा गर्छु। उद्धार पाउनको लागि उहाँको सेवा गर्दिनँ तर यस कारण गर्दछु किनभने मेरो उद्धार अघि नै भइसेकेको छ। के आज तपाईंले येशूमा भएको परमेश्वरको स्वतन्त्र दानको आनन्द पाई रहनु भएको वा के तपाईंले आजसम्म पनि आफ्नो उद्धार कमाउनलाई प्रयास गरिनरहनु भएको ?

अध्ययन पूरा गर्नुभएकोमा विशेष धन्यवाद !

सन्दर्भ सूची:

() बाइबल नयाँ करार खण्ड लूका १६:१९३१

() प्रकाश १४:११

() स्कोफिल्ड रेफरेन्स् बाइबल पूरानो करार खण्ड उत्पत्ति १२:

() मर्कूस :४७

() मत्ती २५:४१

() हिब्रू :२७

() कोरिन्थी :

() यूहन्ना :२८, २९

() लूका १३:

(१०) दानिएल

(११) लूका १९:१०

(१२) थेस्सलोनिकी :, १०

(१३) यूहन्ना १४:

(१४) प्रेरित :१२

(१५) यूहन्ना :६९

(१६) हिब्रू :१७

(१७) यूहन्ना :१११३

(१८) रोमी :

(१९) एफेसी :,

(२०) पुस्तकपहिला खुड्किलाहरू

 

पाठ ७ सिद्ध्याउनुभएकोमा धेरै-धेरै धन्यवाद। अब तपाईंले कार्यपत्र भर्न सक्नुहुन्छ र त्यसलाई बुझाउन सक्नुहुन्छ।
धन्यवाद

कार्यपत्र #७

तपाईं अनन्तता कहाँ बिताउनुहुनेछ?
कृपया प्रश्नहरूको उत्तर दिनुहोस्ः