पाठ २

आत्मिक प्राणीहरू
(स्वर्गदूतहरू, शैतान तथा भूतप्रेतहरू)
सृष्टि, मानिस

तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः

परमेश्‍वर

– स्वर्गदूतहरू

– शैतान र दुष्टआत्माहरूको शुरूआत

– पृथ्वीको सृष्टि

– मानिसको सृष्टि

– अदनको बँगैचा

– करतुस (नाटक)

तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्‍नुहुन्छ (correspondence@nepalgoodnews.com)।

१. स्वर्गदूतहरू

  • स्वर्गदूत, शैतान, दुष्‍टआत्माहरू के हुन् ?
  • ती कहाँबाट आए ?
  • तिनीहरू कसरी अस्तित्वमा आए ?

यी प्रश्नहरू मानव समाजमा निक्कै छलफल गरिने प्रश्‍नहरू हुन्। यी प्रश्नहरूको जवाफ हामी परमेश्‍वरको वचन बाइबलमा पाउँदछौँ। परमेश्‍वरले नै सबै आत्मिक प्राणीहरू सृष्‍टि गर्नुभएको हो। आत्मिक प्राणी भन्नाले अदृश्य व्यक्तिहरू हुन् जो विशेष उद्देश्यमा परमेश्‍वरबाट सृष्टि गरिए। ती आत्मिक प्राणीहरूलाई विभिन्न नामहरू दिइएका छन् जस्तै आत्माहरू, स्वर्गदूतहरू, करूबहरू, सराफहरू, परमप्रभुका सेना, प्रधानताहरू, अधिकारीहरू, अन्धकारका शासकहरू, “ताराहरूआदि। तर बाइबलले यी आत्मिक प्राणीहरूलाईताराहरूभन्दा आकाशका वस्तुहरूको कुरा गरेको होइन, तर बरू यो नाम तिनीहरूको विशेष गुणहरूमा आधारित छ।

  • आदिमा अर्थात शुरूमा केवल परमेश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँभन्दा पहिले कुनै पनि आत्मिक प्राणीहरू अस्तित्वमा थिएनन्। परमेश्‍वर स्वयमले उनीहरूलाई अस्तित्वमा ल्याउनुभयो उनीहरूलाई जीवन दिनुभयो। बाइबले बताउँदछ (यूहन्ना : मा), “सबै कुराहरू उहाँद्वारा हुन आए, अनि हुनआएका कुराहरूमध्ये कुनै पनि उहाँबिना हुनआएन।अर्को ठाउँमा बाइबलले बताउँदछ (कलस्सी :१६ मा), “किनभने स्वर्गमा भएका पृथ्वीमा भएका कुराहरू, देखिने नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानरहू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरू उहाँद्वारा उहाँकै निम्ति सृष्टि गरिएका हुन्।यसकारण आत्मिक प्राणीहरू वास्तविक हुन् तिनलाई परमेश्‍वरले आफ्नो उद्देश्यको निम्ति सृष्टि गर्नुभयो। बाइबलले बताउँदछ, “तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले नै आकाश, सर्वोच्च आकाश, त्यसको जम्मै गण, पृथ्वी त्यसमाथि भएका सबै थोकहरू बनाउनुभयएको हो; अनि तपाईंले नै ती सबैलाई जोगाएर राख्नुहुन्छ; अनि स्वर्गको सेनाले तपाईंलाई दण्डवत् गर्दछ।स्वर्गदूतहरू परमेश्‍वरको सेवा कामको निम्ति सृजना गरिएका थिए। यसकारण, स्वर्गदूतहरूले परमेश्‍वरको सेवा गर्छन् उहाँलाई आरधना गर्छन्।
  • स्वर्गदूतहरूलाई सृष्टि गर्दा परमेश्‍वरले तिनीहरूलाई भौतिक शरीर दिनुभएन। तिनीहरू चाहेको ठाउँमा जान सक्दछन् तर तिनीहरू परमेश्‍वर झैं सर्वव्यापी भने होइनन्। स्वर्गदूत शब्दको अर्थसन्देशवाहकवादूतहो। शूरूमा ती सिद्ध रूपमा सृष्टि गरिएका थिए। तिनलाई धेरै बुद्धि शक्ति दिइएको थियो। बाइबलमा लेखिएको , “हे परमप्रभुका दूतहरूहो, तिमीहरू जो बलमा सामर्थी छौ, उहाँका आज्ञाहरू पालन गर्दछौ उहाँको वचनको आवाज ध्यान दिई सुन्छौ, उहाँलाई धन्य भन !”
  • ती स्वर्गदूतहरू संख्यामा अनगिन्ती छन्। जस्तो कि प्रकाश :११ मा बाइबलले बताउँदछ, “अनि उनीहरूको सङ्ख्या करोडौँ लाखौँ थियो।
  • स्वर्गदूतहरू स्वर्गमा बस्दछन्। तब प्रश्‍न उठ्छ कि स्वर्ग के हो कहाँ ? भजन ११: ले बताउँछ, “परमप्रभुको सिंहासन स्वर्गमा छ।स्वर्ग परमेश्‍वरको वासस्थान हो। बाइबलले स्वर्ग सधैँ नै माथि भनी जनाउँदछ। स्वर्ग एक वास्तविक स्थान हो

२. शैतान र दुष्‍टआत्माहरूको शुरूआत

  • शुरूमा जब परमेश्‍वरले स्वर्गदूतहरू सृष्टि गर्नुहुँदा उहाँले लुसिफर नामको एक स्वर्गदूतलाई सबै स्वर्गदूतहरूको प्रधान स्वर्गदूत हुन सृष्टि गर्नुभयो। लुसिफरको अर्थचम्किलो जनहो। इजकिएल २८:१४, १५ मा उसलाईभिषेक गरिएको करूबभनिएको छ। एक निर्दोष स्वर्गदूत थियो। शक्तिशाली थियो अरू सबै स्वर्गदूतहरूमाथि उनको अधिकार थियो।
  • तर कुनै पाप वा विमार वा समस्या वा मृत्यु नहुने स्वर्गमा लुसिफर जिए पनि एक दिन लुसिफरले परमेश्‍वरको विरूद्धमा विद्रोह गर्‍यो। पहिला उनमा घमण्ड आयो (इजकिएल २८:१७) घमण्ड नै पतनको कारण थियो। उसले भन्यो, “ स्वर्गमा चढ्नेछु, आफ्नो सिंहासन परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; अनि उत्तरीय भागहरूमा अवस्थित भएको सभास्थलको पर्वतमाथि चढ्नेछु; बादलहरूका उचाइहरूभन्दा माथि चढ्नेछु; परमप्रधानजस्तै हुनेछु।” (यसको तात्पर्य चाहिँ आफूलाई परमेश्‍वर जस्तै बनाउन चाहन्थ्यो परमेश्‍वर जस्तै सबै थोकहरूमाथि अधिकार जमाउन चाहन्थ्यो।)  उसले पाँच पटक , , , , भनी आफूलाई उचाल्यो। यसको फलस्वरूप उनालाई परमेश्‍वरले उनको स्थानबाट निकाल्नुभयो। लुसिफरको विद्रोहलाई अन्य स्वर्गदूतहरूले पनि पछ्याए। तिनीहरूलाई पनि परमेश्‍वरले निकाल्नुभयो। त्यो बेलादेखि लुसिफरलाई शैतान भनियो उसलाई पछ्याउने स्वर्गदूतहरूलाई दुष्‍ट आत्माहरू भनियो।
  • परमेश्‍वरले शैतान त्यसका दूतहरूका निम्ति अनन्त अगोको झील तयार गर्नुभयो (मत्ती २५:४१; प्रकाश २०:१०) यो अनन्त अगोको झीललाई नरक पनि भनिन्छ।  परमेश्‍वरको विरूद्धमा विद्रोह गर्ने, परमेश्‍वरलाई इन्कार गर्ने परमेश्‍वरबाटको मुक्तिलाई इन्कार गरने हरेक व्यक्ति मृत्युपश्‍चात नरकमा जानेछन्। एक दिन भविष्यमा परमेश्‍वरले शैतान उसको स्वर्गदूतहरूलाई अनन्तको त्यस आगोको झीलमा फाल्नुहुनेछ तिनीहरू सदासर्वदाको निम्ति तड्पिरहनेछन्
  • पतनपछि लुसिफर त्यसका दूतहरूले परमेश्‍वरलाई घृणा गरेका छन् निरन्तर पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा काम गराउन अनेकौं मौकाहरू खोज्दै परमेश्‍वरको मुक्तिको बाटो इन्कार गराउने प्रयास गर्दै आएका छन्। तर परमेश्‍वर सर्वोच्च हुनुहुन्छ। उहाँको सामना कसैले गर्न सक्दैनन्। उहाँको विरूद्धमा उठ्नेहरूको भलाइ हुँदैन। परमेश्‍वर भन्दा महान् अरू कोही छैन। साथै उहाँ सिद्ध पवित्र हुनुहुन्छ। उहाँ कहिल्यै अधर्म अन्याय गर्नुहुन्न।

३. पृथ्वीको सृष्टि

सृष्टि आकस्मिकरूपमा बनेको होइन तर यो परमेश्‍वरको हातको कार्य हो। पवित्रशास्‍त्र बाइबलको उतपत्ति : मा लेखिएको , “शुरुमा परमेश्‍वरले आकाश पृथ्वी सृष्टि गर्नुभयो।शुरूमा परमेश्‍वर बाहेक अरू कोही थिएन केही थिएन। साथै सबै थोकहरूको शुरूआत थियो। शुरूमा परमेश्‍वर बाहेक अरू कोही थियो केही  कुराहरू नै। तर विचार गर्नुपर्ने कुरा के हो भने कसैले केही कुराको सृजना गर्नुपर्‍यो भने उसलाई त्यसका लागि आवश्यक थोक वा शाधनहरूको पहिला आवश्यकता पर्दछ। तर परमेश्‍वरले कुनै थोक साधनहरू विना नै सम्पूर्ण सृष्टिको कार्य सम्पन्न गर्नुभयो। उहाँले वचनैद्वारा सबै सृष्टि सम्पन्न गर्नुभएको थियो। जस्तो हिब्रु ११: मा लेखिएको , “परमेश्‍वरको वचनद्वारा संसारहरू बनिए; यसकारण देखिएका कुराहरू देखा पर्ने कुराहरूद्वारा बनिएका होइनन्।कुनै थोक विना सृष्टि गर्न उहाँको निम्ति असम्भव छैन। यर्मिया ३२:१७ मा लेखिएको , “हे प्रभु यहोवा, हेर्नुहोस्, तपाईंले आफ्नो ठूलो शक्ति आफ्नो फैलाइएको पाखुराले आकाश पृथ्वीलाई बनाउनुभयो; तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।यी सबै काम गर्न उहाँलाई कसैको सल्लाहको आवश्‍यकता थिएन। उहाँ सबै कुरा जान्नुहुन्छ।आहा ! परमेश्‍वरको बुद्धि ज्ञानरूपी धन कति गहिरो ! उहाँका न्यायहरू कति अथाह छन् उहाँका मार्गहरू कति अगम्य !” (रोमी ११:)

परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुहुँदा पृथ्वी आकारविनको शुन्य थियो। पृथ्वी अन्धकारले ढाकेको थियो। सारा पृथ्वी पानीले ढाकिएको थियो। परमेश्‍वरको आत्मा पानीमाथि चलिरहनुभएको थियो। परमेश्‍वर सृष्टिलाई पूर्णता दिन तयार भइरहनुभएको थियो। उहाँले सृष्टि गर्ने कार्य दिनहरूमा समाप्त गर्नुभयो। सृष्टिको विवरण यस प्रकार छन्ः

पहिलो दिनः

पहिलो दिनमा उहावले प्रकाशको सृष्टि गर्नुभयो। उहाँलेउज्यालो होस्भन्नुभयो, तब उज्यालो भइहाल्यो। सम्पूर्ण पृथ्वीमा प्रकाशको शुरुआत भयो। प्रकाशको श्रोत परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले प्रकाशलाई वचनद्वारा सृष्टि गर्नुभयो। कुनै पनि साधन विना उहाँले प्रकाशको सृष्टि गर्नुभयो। तब उहाँले उज्यालो अँध्यारोलाई छुट्याउनुभयो। उज्यालोलाई दिन अँध्यारोलाई रात भन्नुभयो।

दोस्रो दिनः

परमेश्‍वरले दोस्रो दिनमा आकाश मण्डल सृष्टि गर्नुभयो। त्यसबेला पृथ्वीको सतह पानीले ढाकिएको थियो। उहाँले पानीलाई दुई भागमा विभाजन गर्नुभयो। एक भाग पृथ्वीको सतहमा अर्को भाग वायुमण्डलमा। अनि बीचमा खुल्ला आकाशको सृष्टि गर्नुभयो। पानीको माथिल्लो भागले सम्पूर्ण पृथ्वीलाई ढाकेको थियो। अनि यस भागले घना पानीको मात्रा बोकेको थियो उक्त भागको कारण पृथ्वीको वातावरण सुरक्षित अनुकुल बनेको थियो।

तेस्रो दिनः

परमेश्‍वरले तेस्रो दिनमा अर्को अचम्मको कार्य गर्नुभयो। उहाँले आदेश दिनुभयो त्यसको परिणाम स्वरूप पृथ्वीको सतहलाई ढाकिरहेको पानी एक ठाउँमा जम्मा भए, तब सुख्खा जमिन देखा पर्‍यो। त्यसबेला पृथ्वीमा कति ठूलो हलचल भयो होला। सर्वशक्तिमान परमेश्‍वरले आफ्नो सामर्थ्यद्वारा पृथ्वीको सृष्टि गरिरहनुभएको थियो।  अनि जमिनमा उहाँले आफ्नै किसिमका बीउ भएका असङ्ख्य जातका बनस्पतिहरूको सृष्टि गर्नुभयो। ती अति सुन्दर थिए। बनस्पतिहरूको सृष्टिले पृथ्वीलाई अति सुन्दर तुल्यायो।

चौथो दिनः

परमेश्‍वरले चौथो दिनमा छक्क लाग्दा अरू कामहरू गर्नुभयो। उहाँले पृथ्वीको वातावरणलाई अझ अनुकुल उपयोगी तुल्याउन प्रकाश तापको श्रोत  सूर्यको सृष्टि गर्नुभयो जसले दिनमाथि प्रभुत्व गर्दथ्यो। साथेरातमा प्रभुत्व जमाउन चन्द्रमा सृष्टि गर्नुभयो। अनि असङ्ख्य ताराहरूको सृष्टि गर्नुभई अन्तरिक्षलाई भर्नुभयो। यसले गर्दा पृथ्वी बस्नलायकको हुन अझ अनुकुल बन्यो। मानव जीवनका निम्ति उपयोगी यी वस्तुहरूको सृष्टि पनि परमेश्‍वरले आफ्नो वचनैद्वारा गर्नुभएको थियो।

पाँचौं दिनः

परमेश्‍वरले पाँचौं दिनमा प्रथम पटक चलहल गर्ने जीवित प्राणीहरूको सृष्टि गर्नुभयो। समुद्र असङ्ख्य जातका जलजन्तुहरूले भरिए। ठूलाठूला ह्‍वेल माछाहरूदेखि लिएर अति सुक्ष्म जलजन्तुहरू पानीमा चलहल गर्नथाले। विशाल रित्ता समुद्रहरू अब अत्यन्तै अद्‍भूत मूल्यवान स्थान बने। साथै उहाँले खाली आकाशमा उड्ने अनेकौं जातका पंक्षीहरूको सृष्टि पनि यही दिनमा गर्नुभयो। बयानै गर्न नसकिने आवाजहरू दिने अनेकौं थरीका पंक्षीहरूको सृष्टिले पृथ्वीलाई अझ अद्‍भूत बहुमूल्य बनायो। पृथ्वी अत्यन्तै सुन्दर असल थियो।

छैटौं दिनः

परमेश्‍वरले छैटौं दिनमा अझ शक्तिशाली तथा क्षमतावान जन्तुहरूको सृष्टि गर्नुभयो। ती चाहिँ जमिनमा चलहल गर्ने अनेकौं थरिका जीव तथा जन्तुहरू थिए। ती पृथ्वीमा चलहल गर्न थाले। तिनका लागि पृथ्वीको वातावरण अनुकुल थियो। परमेश्‍वरले ती जीवजन्तुहरूलाई पनि वचनैद्वारा सृष्टि गर्नुभयो। बाइबलले हामीलाई बताउँदछ, “अनि परमेश्‍वरले भन्नुभयोः पृथ्वीले आफ्नोआफ्नो जातिअनुसार जीवित प्राणी अर्थात् आफ्नोआफ्नो जातिअनुसार घरेलु पशु, घस्रने जन्तु पृथ्वीका वनपशु उत्पन्न गरोस् !” (उत्पत्ति :२४) सृष्टि अति सुन्दर सिद्ध थियो। यी सबै उदेकका कार्यहरू परमेश्‍वरले कुन उद्देश्यको निम्ति सृष्टि गर्नुभएको थियो ?

४. मानिसको सृष्टि

पृथ्वीमा उहाँको सृष्टिको कार्य क्रम हेर्दा सृष्टि कसैको निम्ति तयार पारिएको अनुमान गर्न सकिन्छ। कुनै परिवारले साना साना लुगा, साना जुत्ता, टोपी, अनि कोक्रोको प्रबन्ध अनि त्यस्तै अन्य प्रबन्धहरू गरेको देखेपछि परिवारमा कसैको जन्म हुँदैछ भन्ने अनुमान लगाउन सकिन्छ। त्यस्तै गरी पृथ्वीलाई झन् झन् सिंगार्दै अनुकुल पार्दै लगिएबाट पृथ्वीमा कसैको विशेष सृष्टि गरिन लागेको कुराको सहज अनुमान लगाउन सकिन्छ। त्यो सृष्टि मानिसको सृष्टि थियो। मानिसको निम्ति नै पृथ्वीलाई अनुकुल तुल्याइएको थियो। बाइबलले प्रकाश पार्दछ, “परमेश्‍वरले भन्नुभयोः हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै समानतामा बनाऔँ, तिनीहरूले समुद्रका माछामाथि, आकाशका पक्षीहरूमाथि घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि पृथ्वीमाथि घस्रने हरेक हरेक घस्रने जन्तुमाथि अधिकार राखून् !” (उत्पत्ति :२६) तब परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।अनि परमप्रभु परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो, अनि तिनको नाकका प्वालहरूमा जीवनको सास फुकिदिनुभयो, मानिस जिउँदो प्राणी बने।” (उत्पत्ति :) यसरी परमेश्‍वरले मानिसलाई माटोबाट विशेष सीपमा सृष्टि गर्नुभयो। अन्य सृष्टिमा केवाल वचन प्रयोग गर्नुभयो तर मानिसको सृष्टि विशेष रूपमा गर्नुभयो।

मानिस परमेश्‍वरकै स्वरूपमा सृष्टि गरिए। कसरी ?

  • परमेश्‍वरमा बौद्धिकता छ। बौद्धिकता भनेको सिक्ने, जान्ने, बुझ्ने क्षमता हो। परमेश्‍वरले मानिसमा उहाँकै जस्तो क्षमता राखिदिनुभयो ताकि मानिसले परमेश्‍वरलाई जान्न बुझ्न सकोस् परमेश्‍वरजस्तै सोच्न तर्क गर्न सकोस्। परमेश्‍वर मानिससँग बातचित गर्न, सङ्गति गर्न चाहनुहुन्छ। परमेश्‍वर आफूले सृजनुभएको मानिससँग नजिकको सम्बन्ध राख्न चाहनुहुन्छ। त्यसैकारण मानिसमा पशुपंक्षीमा नपाइने विशेष क्षमता भएको बौद्धिकता छ।
  • परमेश्‍वरमा भावना छ। भावनामा प्रेम गर्ने, घृणा गर्ने, रिसाउने, खुशी हुने, आनन्दित हुने जस्ता गुणहरू निहित हुन्चन्। परमेश्‍वर प्रेम गर्ने व्यक्ति हुनुहुन्छ। उहाव पापलाई घृणा गर्नुहुन्छ। अधर्ममा बेखुशी तर असल कुरामा खुशी बन्नुहुन्छ। भलाइमा अानन्दित रहनुहुन्छ। परमेश्‍वरले मानिसमा पनि यस्तै गुणहरू भएको भावना सृष्टि गर्नुभयो। किन ? किनकि परमेश्‍वर मानिसबाट प्रेम चाहनुहुन्छ। मानिसले परमेश्‍वरलाई प्रेम गरून्, असल कुराहरूमा खुशी होऊन् तर खराबीमा बेखुशी रहून् भन्ने अभिप्रायले उहाँले भावनायुक्त मानिसको सृष्टि गर्नुभयो।
  • परमेश्‍वरमा इच्छाशक्ति छ। कुन काम गर्ने, कुन नगर्ने, के भन्ने, के नभन्ने जस्ता चुनाउ गर्न सक्ने क्षमता उहाँमा छ। परमेश्‍वर सधैँ असल गर्ने निर्णय गर्नुहुन्छ, अपराध गर्नुहुन्न। उहाँले मानिसमा पनि त्यस्तै क्षमता भएको स्वरूप दिनुभयो यस उद्देश्यले कि मानिसले परमेश्‍वरको आज्ञापालन गर्न निर्णय गरोस्, उहाँको महिमा गर्ने, असल गर्ने, खराबीबाट भाग्ने निर्णय गरोस्। मानिसमा राखिएको इच्छा शक्ति वा चुनाउ गर्न सक्ने क्षमताको कारण मानिस परमेश्‍वरको असल मित्र हुन सक्दथ्यो।

यसरी मानिस परमेश्‍वरकै स्वरूपमा सृष्टि गरिए।

  • प्रथम मानिस आदम थिए। उनी सिद्ध पापरहित रूपमा सृष्टि गरिएका थिए। उनी सदालाई बाँचून् भनेर सृष्टि गरिएका थिए। उनी नै सबै मानिसहरूका पुर्खा हुन्। परमेश्‍वरले उनलाई पृथ्वीको अधिकारी तुल्याउनुभयो। मानिसको सृष्टि पछि परमेश्‍वरले मानिसलाई यसो भन्नुहुँदै अधिकार दिनुभयो, “अनि पममेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो; परमेश्‍वरले तिनीहरूलाई भन्नुभयोः फल्दैफुल्दै बढ्दै जाओ ! अनि पृथ्वीलाई भरिदेओ त्यसलाई बशमा पार ! अनि समुद्रका माछामाथि, आकाशका पंक्षीमाथि पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख !” (उत्पत्ति :२८) परमेश्‍वरले पृथ्वीको हेरचाह गर्ने जिम्मेवारी मानिसलाई दिनुभयो। यो जिम्मेवारी परमेश्‍वरले ता स्वर्गदूतहरूलाई दिनुभयो ता यो अधिकार अन्य आत्मिक प्राणीहरूले नै पाए।

५. अदनको बगैंचा

मानिसको सृष्टिकर्ता परमेश्‍वर हुनहुन्छ। उहाँ मानिसका मालिक पनि हुनुहुन्छ। उहाँले मानिसको निम्ति एक सुन्दर, मनमोहक, सम्पन्न बगैंचाको सृष्टि गर्नुभयो। त्यस बगैंचामा सबै स्वादका, रंगका, आकारका अत्यन्तै सुन्दर फलफूलहरूका रूखहरू मिलाएर लगाइएका थिए। साथै सबै प्रकारका पशुपंकषीहरू त्यसमा राखिएका थिए। सुन्दर नदीहरू सिंचाइका लागि राखिएका थिए। ती नदीहरू अनमोल धातुहरूले सम्पन्न थिए। तिमा सुन्दर जलजन्तुहरू राखिएका थिए। त्यस बगैंचाको बीचमा दुई विशेष रूखहरू पनि थिए। एउटा चाहिँ जीवनको रूख थियो अर्को चाहिँ असल खराबको ज्ञान दिने रूख थियो। यो बगैंचा परमेश्‍वरकै हातद्वारा तयार पारिएको बगैंचा थियो। यो सिद्ध अनि अत्यन्तै मनमोहक बगैंचा थियो। यस बगैंचा मानिको वासस्थान हुनलाई दिइयो जसमा प्रथम मानिसको निम्ति अधिकार कर्तव्यहरू थिए।

  • मानिसलाई बगैंचाको गोडमेल गर्ने, हेरचाह गर्ने सबै पशु तथा पंक्षीहरूको नाम रख्ने काम दिइयो। साथै मानिसलाई बगैंचाको बीचमा भएको असल खराबको ज्ञान दिने रूखको फल बाहेक सबै फलहरू खान सक्ने अधिकार दिइयो। मानिस सम्पन्न सुखी थिए।
  • परमेश्‍वर मानिसको खाँचो जान्नुहुन्छ। सृष्टिकर्तालाई सृष्टिको अवस्था थाहा हुन्छ। परमेश्‍वरले आदम एक्लै रहनुमा असल देख्नुभएन। हनको निम्ति एक सहयोगीको खाँचो देख्नुभयो। उहाँले भन्नुभयो, “अनि परमप्रभु परमेश्‍वरले भन्नुभयो: आदम एकलो रहनु असल होइन; तिनका निम्ति तिनीसँग मिल्ने एउटा सहयोगी बनाउनेछु।” (उत्पत्ति :१८) तसर्थ परमेश्‍वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो उनको एउटा करंग झिक्नुभयो। त्यसबाट उहाँले एक सुहाउँदो, सिद्ध सुन्दरी स्त्रीको सृष्टि गर्नुभयो। तब तिनलाई परमेश्‍वरले आदमकहाँ ल्याउनुभयो। अदनको बगैंचामा परमेश्‍वरबाट प्राप्त गक्त स्त्रीलाई परमेश्‍वर, स्वर्गदूतहरूका सामु आफ्नै शरीरको रूपमा हेर्न पत्नीको रूपाम आदमले स्वीकार गरी ग्रहण गरे। यही नै पहिलो विवाह थियो जसबाट परिवारको स्थापना भयो। अब आदम हव्वा बगैंचामा सुखी दाम्पत्य जीवनमा प्रवेश गरे। उनीहरूले जीवनको श्रेष्ठता प्राप्त गरे। अब मानव जीवनमा कुनै पनि क्षेत्रमा अभाव थिएन। मानिस परमेश्‍वरको आशिषले सम्पन्न थिए। मानिस परमेश्‍वरसंग हिँड्दते, परमेश्‍वरको महिमा गर्दथे। मानिसले निरन्तर परमेश्‍वरलाई प्रभु वा मालिकको रूपमा चिनेका व्यवहार गररहेका थिए।
  • मानिसका निम्ति परमेश्‍वरले एक चेताउनी दिनुभएको थियो। मानिसलाई बगैंचाको बीचमा भएको असल खराबको ज्ञान दिने रूखको फल खान मनाइ गरिएको थियो। परमेश्‍वरले भन्नुभयो, “तर असल खराबको ज्ञानको रूखबाट तिमीले नखानू ! किनकि जुन दिन तिमीले त्यसबाट खान्छौ, त्यही दिन तिमी निश्‍चय मर्नेछौ” (उत्पत्ति :१७) पापको ज्याला मृत्यु हो। यदि मानिसले परमेश्‍वरको आज्ञा उलंघन गर्दछन् भने त्यो पाप हो जसको ज्याला मृत्यु हो। मृत्युको अर्थ अलग हुनु हो। मृत्यु तीन प्रकारका हुन्छन्, आत्मिक मृत्यु, शारीरिक मृत्यु अनन्त मृत्यु। आत्मिक मृत्यु परमेश्‍वरसँगको सम्बन्धबाट अलग हुनु हो। शारीरिक मृत्यु शरीर आत्माबाट अलग हुनु हो। अनन्त मृत्यु सदाको निम्ति परमश्‍वरबाट अलग हुन नरकमा दण्डित हुनु हो। आदमले परमेश्‍वरको आज्ञाको उलंघन गरेमा यी तीन किसिमको मृत्युको सजाय पाउने कुराको घोषणा परमेश्‍वरले गर्नुभयो। किनकि परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ खतराको पूर्वसूचना दिनुहुन्छ। परमेश्‍वरले मानिसलाई पहिले भन्नुभएको थियो कि यदि मानिसले असल खराबको ज्ञान दिने रूखको फल खाएमा मर्नेछ, त्यस बेला परमेश्‍वर दुई किसिमका मृत्युको बारेमा बोलिरहनुभएको थियो। पहिलो चाहिँ मानिस आत्मिक रूपमा मर्नेछ। जसको अर्थ उसको आत्मा परमेश्‍वरबाट अलग पारिनेछ फेरि जिउँदो परमेश्‍वरसँग  पुनःसम्बन्ध जोड्नको लागि  मानिसलाई मुक्तिदाताको आवश्यकता पर्नेछ। अर्को चाहिँ परमेश्‍वरले यस अर्थमा भन्नुभयो कि मानिसको शरीर वृद्ध हुँदै जानेछ, अनि अन्त्यमा अवश्य नै मर्नेछ। आदम हव्वाले परमेश्‍वरको आज्ञा भंग गर्नुभन्दा अघि संसारमा मृत्यु थिएन। पछि संसारमा पापको प्रवेश भएपछि मृत्यु (दुवै आत्मिक शारीरिक) यस संसारमा आयो। अहिले पापको कारण सबै मानिसहरू आत्मिक शरीरिक दुवैको दण्डमुनि परेका छन्।

करतुस (नाटक)

(पश्‍चिमी नेपालको एक स्थान। मध्यान्ह। शिरशिरे चौतारीछेऊ।)

आमाः कताडि आउनुभो बाबु ?

कमलः कताबाट हुन्थ्यो आमा, अलिक परबाट। होइन के गर्न लाग्नुभयो, डोका बोकेर ?

आमाः क्यार्ने नि बाबु घाँसाँ नागई दुध खान पाइन्न नि क्यारे ? डिंगा नपाली अलिकति भएपनि मोइ खान पाइनन्। मोइ नखाई घाँसाँ जान पनि सकिन्न। फेरि मोल पनि चाहिगो। मोल नभई खेताँ जानै पर्दैन। बाबुलाई थाहा छँदै नि बाबु यस्तो कुरो ?

कमलः हो नि आमा। काम नगरी माम कहाँबाट पाइन्थ्यो ?

आमाः त्यही भन्या मैले। अचेलका नानीहरू अँ भन्दा अलंकार बुझ्छन्। आफू परियो उहिलेका। अनि बाबु यसपालि क्यारी जोडो बढेका ? खई यसपालिको जाडाँ लाउँला भनेर यो सुइटर किनेको यसले धान्नै गाह्रो पर्‍यो। जाडो भाहा भाहा। क्यार्नि हो यस्तो भासी ? सुइटर पनि किन्नै नसकिने महँगो छ। यसलाई मैले गोडा पानँसय ठ्याम्मै तिरं। एउटा भाले बेचेको पैसा जम्मै यसैमा गो। क्यार्नि हो बाबु यस्तो भासी ?

कमलः हो आमा हो। महँगीले डाँडाँ काटिसक्यो। बाँच्नै गाह्रो भो।

आमाः आँबोई समस्या पनि एक थरि हो बाबु ? घराँ राति ओड्नलाई सिरक छैन। एउटा नयाँ सिरक पुरेतलाई दान दिइयो आफूलाई यहाँ जे भएपनि बुढालाई परलोकमा न्यानो होस् भनेर। एउटा दुहुनो गाई पनि पुरेतलाई दान गरियो। नभए बुढाले बैतरिणी तर्नै नसक्ने। स्वर्गै जान नसक्ने। आफूले यहाँ जिउँदा मरेका दुवैलाई हेर्नु पर्‍याछ। मरिजानेलाई पो हाइसुख। त्यै भनेर मैले घरि घरि बुढालाई भन्थें, बुढा तपाईं भन्दा नै पहिला मर्नुपर्छ। तर के गर्नु कालको बात कल्ले पो बुझ्छ ? त्यो हाम्रो हाताँ छैन पो। यस्तै रेछ यो जिन्दकानी पनि। उही काललै ढुक्ने काम गरिराछु बाबु। होइन बाबु पनि कुरो सुन्दा सुन्दै के दङ्ग पर्नु भा भन्या ?

कमलः एउटा कुराले मलाई दङ्ग पारेको आमा। त्यो के हो भने मानिसलाई मुक्तिको लागि जीवनभर धर्मकर्म गर्न लगाइन्छ। तर जब धर्मकर्म गर्ने त्यो मानिसको मृत्यु हुन्छ तब उसले गरेका सारा धर्मकर्म व्यर्थ भएका छन् भने जस्तै उनको मुक्तिको लागि उनका नाता आफन्तलाई सारा गर्न लगाइन्छ। त्यसो किन धर्मकर्म गर्न लगाइन्छ ? यो कुरोमा दङ्ग परको छु आमा।

आमाः त्यसो शास्तरको कुरा कहाँ बुझ्दछु ? जसो जसो पुरेत बाजे उसो उसो स्वाहागर्ने परें। उनै पुरेत जान्दछ यस्तो शास्तरको कुरा। हामीले क्यार्न सउछ ? बुझ्नै सकिन्न यस्तो शास्तरको कुरा, क्या हो क्या हो बाबु।

कमलः यदि मृतकको लागि जिउँदाहरूले धर्म नगरी मुक्ति नपाउनु हो भने त्यो मरेर गएकाले गरेका सारा धर्मकर्म के काम लाग्यो नि आमा ?

आमाः अँ बल्ल कुरा बुझें बाबुको। यस्तो लाटी पो छु त। कुरै ढिलो बुझ्छु। मुक्तिको लागि जिउँदा छँदा गरिने सारा धर्मकर्म व्यर्थ हुने भासी किन जिउँदा छँदा धर्मकर्म गर्नुपर्‍यो। यदि व्यर्थ नहुने हो भने मरेकाहरूका लागि जिउँदाले धर्मकर्म नै गर्नु पर्दैन। कि कसो बाबु ?

कमलः ठीक कुरा हो आमा। धर्महरूमा मुक्ति नभएकोले यस्तो गरिएको हो।तिमी बाँचुञ्‍जेल धर्म गरी मुक्ति पाउने चेष्टा गर। अनि तिमी मरिसके पछि पनि हामी तिम्रो मुक्तिको लागि प्रयास गरदिनेछौँभन्ने भाव दिंदोरहेछ धर्महरूले।

आमाः आँबोइ यो बाबुले कस्तो चित्त बुझ्दो कुरो गर्नुभाको। हो नि धर्मले मुक्ति दिने भाभए बाँचुञ्‍ज्याली पनि धर्मकर्म, मरेसी नि धर्मकर्म, सधैं धर्मकर्म गर्नु नपर्ने नि। ईश्‍वरले अवश्यै यस्तो बाटो लाइदिहैन। यो मान्छे कै करतुस हो बाबु।

कमलः हो आमाले कुरा बुझ्नुभो। अवश्य ईश्‍वरले मुक्तिको बाटो देखाइदिनुभएको छ। त्यो पत्ता लगाउनुपर्छ तपाईं हामीले। मानिसले सृजेका यी धर्महरूले मुक्ति दिदैनन्।

आमाः अति वेश कुरा गर्नुभो। अब पनि यो कुरोमा चासो लिन्छु। ठूलो ज्ञान हालिदिनुभो बाबुले मेरो दिमाखमा। आउँदै गर्नुस् बाबु हाम्रो घरतिर पनि। घाँसा जान पर्‍यो। क्यार्ने अहिल्यै डिंगा कराउन थाल्छन्। लत बाबु हिंडें।

कमलः हस् आमा फेरि भेटौंला।

(नाटकको दोस्रो खण्ड तेस्रो पाठमा प्रस्तुत गरिनेछ।)

पाठ २ सिद्ध्याउनुभएकोमा धेरै-धेरै धन्यवाद। अब तपाईंले कार्यपत्र भर्न सक्नुहुन्छ र त्यसलाई बुझाउन सक्नुहुन्छ।
धन्यवाद

कार्यपत्र #२

आत्मिक प्राणीहरू, सृष्टि, मानिस
कृपया प्रश्नहरूको उत्तर दिनुहोस्ः
१. स्वर्गदूतहरू
२. शैतान र दुष्टआत्माहरूको शुरूवात
३. पृथ्वीको सृष्टि
४. मानिसको सृष्टि
५. अदनको बगैँचा