संसारमा ईश्वर नाम भएकाहरू त धेरै छन् तर कोचाहिँ यस सम्पूर्ण सृष्टि र हामीलाई बनाउने ईश्वर हो भनी धेरैलाई प्रश्न हुन्छ। इस्राएलमा लगभग २,९०० वर्षअघि मानिसहरू यही कुराले दोधारमा परिरहेका थिए तर त्यहाँ एउटा यस्तो घटना घट्यो जसले इस्राएलका मानिहरूलाई को सत्य परमेश्वर हुनुहुँदोरहेछ भनी विश्वस्त पार्यो।
इस्राएल देश एकदमै ठूलो सङ्कष्टमा परेको थियो। इस्राएल देशलाई गरिबी, अनिकाल र मृत्युले ब्याकुल बनाएको थियो। मानिसहरूको जीवन ज्यादै कष्टकर बन्दै बाँच्न नै गाह्रो हुँदै गइरहेको थियो। त्यहाँका मानिसहरू शान्ति र आनन्दको अभिलाषामा भौतारी रहेका थिए तर तिनीहरूको जीवनमा भने शान्ति र आनन्दको अलावा खाली दु:ख र कष्ट बाहेक अरू केही थिएन।
यी मानिसहरूको जीवनमा एकातिर दु:ख कष्टले राज्य गरिरहेको थियो भने अर्कातिर एकजना ज्यादै दुष्ट राजाले अन्याय, अत्याचारमा उनीहरूको जीवनमा राज्य गरेर उनीहरूको जीवनलाई न मर्नु, न बाँच्नु तुल्याइरहेको थियो। यो राजाले बाइबलको परमेश्वरमा विश्वास गर्नेहरूलाई ज्यादै घृणा गर्थ्यो किनभने यो राजा आफै बाल भन्ने देवतालाई पूजा गर्ने गर्थ्यो र उसलाई बाइबलमा भएको एक मात्र सत्य परमेश्वर मन पर्दैनथ्यो। धेरै जसो राष्ट्रहरूमा मानिसहरू राजालाई पछ्याउने गर्दछन् अनि इस्राएलमा पनि त्यस्तै थियो। इस्राएल देशमा भएका धैरै जसो मानिसहरू बाल देवताको पूजा र सेवा गर्ने गर्दथे तर सत्य परमेश्वरले तिनीहरूलाई पहिल्यै तिनीहरूले सत्य परमेश्वरलाई बाहेक अरू कुनै मूर्ति र देवतालाई पूजा गर्नु हुदैँन भनेर भनिसक्नुभएको थियो। तर ती मानिसहरूले परमेश्वरको विरुद्धमा विद्रोह गरे र तिनीहरूले परमेश्वरको आज्ञालाई पालन नगरी आफूलाई मन परे अनुसार आफ्नै बाटोमा तिनीहरू बरालिएर गए र तिनीहरूले परमेश्वरलाई त्यागे।
यही कारण नै परमेश्वरले तीन वर्षसम्म इस्राएलमा वर्षा हुन दिनुभएन र त्यहाँ घोर अनिकाल भयो। परमेश्वरको न्याय ज्यादै कठोर भए तापनि उहाँको दया झन् प्रशस्त थियो। एक दिनको कुरा हो परमेश्वरले एकजना एलिया नाम गरेको भविष्यवक्त्तालाई इस्राएल देशको राजाकहाँ पठाउनुभयो। परमेश्वरले भन्नुभएअनुसार एलिया राजाकहाँ गए। राजासगँ नडराई साहससँग एलियाले भने, “राजा तपाईंहरूले सत्य परमेश्वरको आज्ञालाई पालन नगरी बाल देउतालाई पछ्याउनुभएको कारण आज तपाईंहरूमा यी सबै बिपत्तिहरू आइपरेका छन्।” अनि उनले राजालाई भने, “मैले इस्राएललाई कष्ट दिएको होइन, तर तपाईं र तपाईंको पिताको घरानाले कष्ट दिनुभएको छ; किनकि तपाईंहरूले परमप्रभुका आज्ञाहरूलाई त्याग्नुभएको छ, र तपाईंचाहिँ बाल देवताहरूको पछि लाग्नुभएको छ। यसकारण अब दूतहरू पठाउनुहोस्, र सारा इस्राएललाई, साथै इजेबेलको टेबलमा खाने त्यस बाल देवताका चार सय पचास भविष्यवक्त्ताहरू र त्यस अशेरा देवीका चार सय भविष्यवक्त्ताहरूलाई कर्मेल पहाडमा मकहाँ भेला गरउनुहोस्!” तब अहाबले सबै इस्राएलीहरूकहाँ पठाए, र ती भविष्यवक्त्ताहरूलाई कर्मेल पहाडमा भेला गरे।
अनि एलिया ती सबै मानिसहरूको नजिक आए, र भने: “तिमीहरू कहिलेसम्म दोधारमा अल्झिरहन्छौ? परमप्रभु परमरश्वर हुनुहुन्छ भने उहाँको पछि लाग तर बाल परमेश्वर हो भने त्यसको पछि लाग!” तर मानिसहरूले उनलाई एक शब्द पनि जवाफ दिएनन्। तब एलियाले ती मानिसहरूलाई भने: “परमेश्वरको भविष्यवक्त्ता ता म, म मात्र बाँकी रहेको छु; तर बाल देवताका भविष्यवक्त्तहरू चार सय पचासजना छन्। यसकारण मानिसहरूले हामीलाई दुईटा बहर दिऊन्; अनि एउटा बहरचाहिँ तिनीहरूले आफ्ना निम्ति छानून्, त्यसलाई काटेर टुक्रा-टुक्रा पारुन् र दाउरामाथि राखून्, तर त्यसमनि आगोचाहिँ नलगाऊन्! अनि अर्को बहरचाहिँ म तयार गर्नेछु, अनि दाउरमाथि राख्नेछु, र त्यसमुनि आगो लगाउनेछैनँ। अनि तिमीहरूले आफ्ना देवताहरूको नाम पुकार, र मचाहिँ परमप्रभुको नाम पुकार्नेछु; अनि जुन ईश्वरले आगोद्वारा जवाफ दिनुहुनेछ, त्यो ईश्वरनै परमेश्वर हुनुहुनेछ।” तब सबै मानिसहरूले जवाफ दिएर भने: “यो कुरा ठीक हो!” अनि एलियाले बाल देवताका भविष्यवक्त्तहरूलाई भने: “पहिले तिमीहरूले आफ्ना निम्ति एउटा बहर छानेर तयार गर; किनकि तिमीहरू धेरै छौं; अनि आफ्ना देवताहरूको नाम पुकार, तर त्यसमनि आगोचाहिँ नलगाओ!”
अनि तिनीहरूलाई दिइएको बहर तिनीहरूले लागे, त्यसलाई तयार गरे र बिहानदेखि मध्यदिनसम्म यसो भन्दै बाल देवताको नाम पुकारे: “हे बाल, हाम्रो विन्ती सुनिदेऊ!” तर त्यहाँ न कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो। तब तिनीहरू त्यस बनाइएको वेदीको वरिपरि उफ्रन लागे। अनि मध्यदिनमा यस्तो भयो – एलियाले तिनीहरूलाई ठट्टा गरेर भने: “ठूलो सोरले करायो: किनकि उनी ता देवता हुन्! उनी ध्यानमा बसेका होलान्, कतै गएका होलान्, वा यात्रामा पो छन् कि? हुन सक्छ, उनी सुतिरहेका छन्, र बिउँझाउनैपर्छ।” तब तिनीहरू ठूलो सोरले कराउन थाले, अनि आफूमाथि रगतको धारा नबगुन्जेल आफ्नो दस्तुरअनुसार तरवार र भालाहरूले आफू-आफूलाई काट्न-घोँच्ने लागे। अनि यस्तो भयो – मध्यदिन नाघेपछि तिनीहरूले बेलुकीको बलिदान चढाउने बेलासम्म भविष्यवाणी गरिरहे; र पनि त्यहाँ न ता कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो, न ता ध्यान दिने कोही थियो।
तब एलियाले सबै मानिसहरूलाई भने: “मेरो नजिक आओ!” अनि सबै मानिसहरू उनको नजिक गए। तब उनले परमप्रभुको देवी, जो भत्किएको थियो मर्मत गरे। अनि याकूबका छोराहरूका कुलहरूको सङख्याअनुसार एलियाले बाह्रओटा ढुङ्गाहरू लिए, जुन याकूबकहाँ ‘तिम्रो नाम इस्राएल हुनेछ’ भन्ने परमप्रभुको वचन आएको थियो।। अनि ती ढुङ्गहरू लिएर उनले परमप्रभुको नाममा एउटा देवी बनाए; अनि त्यस वेदीको वरिपरि दुई सआ (१४-१५ लिटर)जति बीउ अटाउने खाडल बनाए। अनि उनले दाउर मिलाए, त्यो बहर काटेर टुक्रा-टुक्रा पारे र दाउरमाथि राखे, अनि भने: “चार गाग्री पानी भर, र त्यस होमबलि र दाउरमाथि खन्याइदेओ!” फेरि उनले भने: दोस्रोपल्ट पनि त्यस्तै तर!” अनि तिनीहरूले दोस्रोपल्ट पनि त्यसै गरे। अनि उनले भने: “तेस्रोपल्ट पनि त्यस्तै गर!” अनि तिनीहरूले तेस्रोपल्ट पनि त्यसै गरे। अनि पानी वेदीको वरिपरि बग्यो; अनि उनले खाडल पनि पानीले भरिदिए।
अनि बेलुकीको बलिदान चढाउने बेला भएपछि यस्तो भयो – भविष्यवक्त्ता एलियाले नजिक गएर भने: “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं नै परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, अनि मैले यी सबै कुराहरू तपाईंको वचनअनुसार गरेको हुँ भनेर आज थाहा होस्! मेरो विन्ती सुनिदिनुहोस्, र तपाईं नै परमप्रभु परमेश्वर हुनुहुन्छ, र तपाईंले नै यिनीहरूको हृदयलाई फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून्!” तब परमप्रभुको आगो झर्यो, र त्यसले त्यो होमबलि, त्यो दाउरा, ती ढुङ्गहरू र त्यो माटो भस्म पारयो, अनि खाडलमा भएको पानी पनि चाटिदियो। (१ राजा १८:१८-३८)
त्यस समयदेखि कुनै पनि मानिसले भन्न सक्दैनथ्यो कि परमेश्वर एकजना मात्र हुनुहुन्छ तर उहाँलाई पूज्ने त्यहाँ धेरै बाटाहरू छन्। तिनीहरूले पूजा गर्दै आएका बाल देउता जिउँदो, शक्त्तिशाली र प्रार्थना सुन्ने ईश्वर होइन भन्ने कुरा तिनीहरूले स्पष्टसगँ देखे। अनि जब सबै मानिसहरूले त्यो देखे, तब उनीहरूले आफ्नो अनुहार भुइँमा टेकाएर यसो भने: “परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ!” (१ राजा १८ः३९)। त्यही दिन तिनीहरूले सत्य परमेश्वर र झूटा देउताको बीचमा भिन्नता देखे। त्यही दिन तिनीहरूले पूज्दै आएको ईश्वर (देउता) मरेको देउता हो जसले तिनीहरूको प्रार्थना न ता सुन्न न ता जवाफ दिन नै सक्छन् भन्ने कुराको महसुस गरे र तिनीहरू सत्य परमेश्वरतर्फ फर्के।
प्रिय मित्र, के तपाईं पनि यस्तै अवस्थामा हुनुहुन्छ? के तपाईंपनि भूलले सबै देउताहरू एउटै ईश्वर हुन् भनेर विश्वास गरिरहनु भएको छ कि? के तपाईं पनि प्रार्थना गर्नुहुन्छ अनि तपाईंको प्रार्थनाको केही जवाफ पाउनु भएको छैन कि? के तपाईंले धर्मकर्म, पूजापाठ गर्दा पनि तपाईंको हृदयमा केही शान्ति पाउनुभएको छैन कि? तपाईं आफैलाई मुक्त्ति पाएको छु जस्तो लाग्छ तर निश्चित रुपमा स्वर्ग पुग्छु कि पुग्दिनँ भन्ने पक्का निश्चयता छैन कि? के तपाईंको मृत्यु भयो भने तपाईंलाई म स्वर्ग पुग्छु भन्ने निश्चयता छ? कि तपाईं कहाँ पुग्नु हुन्छ तपाईंलाई थाहा छैन? यी प्रश्नहरू ज्यादै महत्वपूर्ण प्रश्नहरू हुन्। कसैले पनि यी प्रश्नहरूलाई वेवास्ता गर्न सक्दैन। हामी तपाईंलाई मुक्त्तिको र शान्तिको साँचो बाटो बताई सहायता गर्न तत्पर छौं। यसको लागि हामीलाई सम्पर्क गर्नुहोस् र साथै तपाईंले हामीसँग भएका अध्ययन पुस्तिकाहरू पनि अध्ययन गर्नुहोस् भनी अनुरोध गर्दछौँ।