जीवनको साँचो लक्ष्य के हो ?

प्रभु येशूलाई विश्‍वास गर्ने विषयलाई धेरैले धर्मको रूपमा लिन्छन्। म यो विचारसँग सहमत छैन। परमेश्‍वरको महानताको अनुभव गरेको कुनै व्यक्तिले यो त धर्म होइन, वास्तविक जीवन हो भन्ने जानेका हुन्छन्।

चीनको मध्य भागको एक विद्वान परिवारमा म जन्मिएको थिएँ। मेरो बुवा एउटा विश्‍वविद्यालयको प्रोफेसर हुनुहुन्छ। व्यक्तिगत सङ्घर्षको धारणाद्वारा म पूर्ण गहिरो रूपमा प्रभावित भएको हुनाले म कामद्वारा आफ्‍नो मुल्याङ्कन गर्ने भन्ने विषयमा विश्‍वस्त थिएँ। सहयोगीहरूलाई ईश्‍वरको पनि सहयोग प्राप्त हुन्छ भन्ने कुरामा पनि म विश्‍वास गर्थें। त्यसैले म स्कूल पढ्दाखेरि नै लक्ष्यहरू बोकेर अघि बढेको व्यक्ति थिएँ। जेहेन्दार भएकोले म कलेजमा पनि अर्थशास्‍त्र सम्बन्धी कार्यक्रमहरूमा भाग लिने गर्थें र सधैं प्रथम हुन्थें। म धेरै कार्यहरूमा व्यस्त थिएँ। मैले कलेजको खेल प्रतियोगितामा १०० मिटरको दौड जितेको थिएँ। वादविवाद प्रतियोगिताहरूमा प्रथम हुन्थें। कलेजको विद्यार्थी सङ्गठनमा पनि म सहभागी थिएँ। मैले दोस्रो ऐच्छिक विषयको रूपमा कम्प्यूटर लिएको थिएँ र छानेर पढ्नुपर्ने सम्पूर्ण विषयहरू पूरा गरिसकेको थिएँ। कलेज जीवनको तेस्रो वर्षमा मैले विश्‍वविद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने व्यक्तिको रूपमा छात्रवृत्ति पाएँ। स्‍नातक तहसम्मको अध्ययन पूरा गरेपछि मैले एउटा प्रसिद्ध वैदेशिक कार्यलयमा काम पाएँ। मेरो व्यक्तिगत सङ्घर्षको कारण यो सफलता मिलेको सम्झेर म गौरवान्वित थिएँ। तर साँच्चै भन्ने हो भने मैले वास्तविक सन्तुष्टि पटक्कै पाएको थिइनँ। प्रत्येक रात म आफैलाई सोध्‍ने गर्थें, के यति नै सबै हो त? एक पछि अर्को लक्ष्यलाई पछ्याउनु, कोही पनि भाग्‍न नसक्‍ने मृत्युको नजिक पुग्‍नु नै मेरो जीवन हो त? जीवनको वास्तविक अर्थ के हो? हरेक समय म किन रित्तो अनुभव गरिरहेछु?

China

१९९९ को अगष्टमा म स्‍नातकोत्तर तहको अध्ययन गर्न शहरतिर लागें। त्यहाँ हुँदा एकपटक म प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरूको सभामा गएँ। म त्यस्तो सभामा गएको यो पहिलो पटक थियो। जब गीतहरू शुरू भए तब त्यो भवन भित्र पवित्रताको अनुभूति भयो। त्यतिबेला ख्रीष्टियानमतको विषयमा थोरै कुरा जानेको भए तापनि त्यस्तो पवित्रता पाएकोमा म छक्क परें। गीतका धेरै शब्दहरू नबुझे पनि म रून पुगें। के यो अचम्मै भएको होइन र? सृष्टिकर्ता परमेश्‍वरले त्यो दिनदेखि मेरो हृदयमा काम गर्न थाल्नुभएको रहेछ भन्ने कुरा मैले पछि थाह पाएँ।

त्यसपछि म प्रत्येक शुक्रबार साँझमा हुने बाइबल अध्ययन कार्यक्रममा सहभागी हुन थालें। मेरो कलेजको पढाइभन्दा बाइबल अध्ययन समूहमा हुँदा मैले मेरो हृदयमा शान्ति छाएको अनुभव गरें। तैपनि परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने विषयमा म दोधारमा नै परिरहेको थिएँ। मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको तपाईं भन्नुहुन्छ भने परमेश्‍वरलाई चाहिँ कसले सृष्टि गरेको त?

केही महिनापछि एउटी महिलाले परमेश्‍वरसँग सम्बन्धित कुराहरू गर्ने विषयमा मेरो इच्छा छ कि छैन भनेर मलाई सोधिन्। म मेरो अध्ययनमा व्यस्त भए तापनि उनको नम्र अनुरोधलाई मैले इन्कार गर्न सकिनँ। ती महिलाले मलाई सुसमाचार सुनाइन्। मलाई साह्रै चाख लाग्यो। आफूलाई पापी भनी स्वीकार गर्नलाई धेरैलाई गाह्रो पर्छ। तर मेरो लागि यो ठूलो समस्या भएन। सबै स्वार्थी छन् र म पनि स्वार्थी छु भनी म विश्‍वास गर्थें। कोही मानिसहरू आफ्‍नो स्वार्थ लुकाउन सिपालु भएको कारणले मात्र उनीहरू निस्वार्थी देखिएका थिए। स्वार्थी हुनु सबै मानिसको कमजोरी भएको कारण मलाई आफू स्वार्थी छु भन्न लाज लाग्दैनथ्यो। पापबाट नै मृत्यु आयो भन्ने मैले कहिल्यै चिताएको थिइनँ। जब मैले बाइबल सिक्दै गए हाम्रो पापको दण्ड मृत्यु हो र मृत्युबाट प्राप्त हुने मुक्तिलाई बेवास्ता गर्नाले नरकमा अनन्तको दण्ड भोग्‍नुपर्छ भन्ने मैले बाइबलबाट थाह पाएँ। मानिस जातिभित्र भएको पापबाट म आफैले छुटकारा पाउन सक्दिनँ भन्ने पनि मैले जानें। मुक्तिदाताको रूपमा मलाई परमेश्‍वरको खाँचो छ भनेर मैले जानेपछि मैले परमेश्‍वरको बारेमा निरन्तर धेरै कुराहरू सोचिरहें। परमेश्‍वर साँच्चै हुनुहुन्छ कि हुनुहुन्न भनेर मैले गम्भिरतापूर्वक गहण अध्ययन गर्न थालें। मैले परमेश्‍वरको बारेमा लेखेका लेखहरू पढ्न थालें। जति अध्ययन गरे त्यति नै परमेश्‍वर हुनुहुन्छ भन्ने यथार्थता प्रकट भइरह्‍यो। ओछ्यानबाट तल ओर्लेर मैले घुँडा टेकें अनि आत्मा र सत्यतामा सारा सृष्टिका मालिकलाई पुकारा गरें। मैले मेरो ईर्ष्या, घृणा, लोभ, अरूको न्याय गर्ने जस्ता पापहरू परमेश्‍वरको समक्ष स्वीकार गरें। यी पापहरूको कारणले मैले आफैलाई दुःखी सम्झी रहेको थिएँ।

परमेश्‍वरसँग मैले क्षमा मागें। परमेश्‍वरलाई धन्यवाद होस्, त्यस समयदेखि मैले उहाँसँग सम्बन्ध गाँसे। त्यसपछिका दिनहरू वर्णन गर्न म असक्षम छु। पूरै संसार मेरो निम्ति नयाँ भएको थियो। मलाई नयाँ काम चाहिएको थियो। अनि स्कूलको कामको पनि चाप उत्तिकै थियो। यद्यपि मलाई आकाश पहिलेभन्दा अति निलो अनि बादल पहिले भन्दा अति सेतो लाग्यो। पहिले कहिल्यै अनुभवै नगरेको सुन्दरता प्रत्येक वस्तुहरूमा देखिरहेको थिएँ मैले। म कुनै अद्‍भुत प्रेमले घेरिएको छु भन्ने लाग्यो। मैले भेटेको प्रत्येकलाई मैले पाएको त्यो शान्तिको विषयमा बताउन थालें। प्रतिदिन हृदयमा आनन्द र शान्तिको लहर बढ्न थाल्यो। ममा यस्तो धारणा जन्म्यो मैले संसारको सुखबाट सन्तुष्टि पाउन खोजे तर मेरो हृदय रित्तो पाएँ। त्यसपछि मैले प्रभु येशूलाई भेटें। परमेश्‍वरमा मैले विश्‍वास गरेको दुई वर्ष भन्दा बढी(यो गवाही दिँदा) भइसकेको छ। म हरेक समय उहाँको सत्यता र सामर्थ्यको अनुभव गरिरहेको छु। परमेश्‍वरसँग तपाईं जति नजिक हुनुहुन्छ त्यति नै उहाँको धार्मिकता, पवित्रता र महान् प्रेमको अनुभव गर्न सक्‍नुहुन्छ। प्रभु येशूप्रति विश्‍वास गर्ने विषयलाई धेरैले धर्मको रूपमा लिन्छन्। म यो विचारसँग सहमत छैन। परमेश्‍वरको महानताको अनुभव गरेको कुनै व्यक्तिले यो त धर्म होइन, वास्तविक जीवन हो भन्ने जानेका हुन्छन्। एउटा मानिसले सारा संसार हात पारेर पनि आफ्‍नो आत्माचाहिँ गुमायो भने त्यसलाई के लाभ हुन्छ र अथवा एउटा मानिसले आफ्‍नो आत्माको सट्टामा के दिन सक्छ र? परमेश्‍वरको अस्तित्वलाई स्वीकार नगर्ने मानिसले पनि विश्‍वका हरेक कुराहरू सृजने एकमात्र सत्य शक्तिशाली परमेश्‍वरमाथि विश्‍वास गर्न सक्छ।

यदि तपाईंको जीवनकथा यहाँ लेखिएको भए कस्तो हुनेथियो? के तपाईं यी व्यक्तिले जस्तै ‘मैले साँचो शान्ति पाएको छु’ भन्न सक्‍नुहुन्थ्यो? के तपाईंले आफ्नो जीवनको साँचो लक्ष्य भेटाउनुभएको छ?

Share via:

Similar Posts